काठमाडौँको नयाँ अपडेट – एक गर्भवतीसहित ३४ जनाको मृत्यु

असोज १२, काठमाडौँ : बिहीबार रातिदेखिको अविरल वर्षाले काठमाडौँ उपत्यकामा भीषण बाढीपहिरो निम्त्याएको छ, जसका कारण नौ महिने गर्भवतीसहित ३४ जनाको ज्यान गएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा ५ जनाको मृत्यु भएको पुष्टि गरेको छ। मृत्यु भएकामध्ये अहिले सम्म २७ जनाको सनाखत भएको छ भने बाँकी ७ जनाको […]

माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रमा कार्यरत ५ जनाको अवस्था अज्ञात, उद्धारको प्रयास जारी

माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रमा कार्यरत ५ जनाको अवस्था अज्ञात, उद्धारको प्रयास जारी असोज १२, दोलखा : माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रमा कार्यरत पाँच जनाको अवस्था पहिरोका कारण अज्ञात बनेको छ। केन्द्रका प्रमुख पूर्ण गोपाल रञ्जितले नेपाली सेनाको श्री गरुडदल गणलाई पत्र लेख्दै उनीहरूको अवस्थाबारे जानकारी गराएका छन्। विगु गाउँपालिका वडा नम्बर १, लामावगरस्थित बाँधस्थलको हेडवर्क्स कन्ट्रोल […]

काठमाडौं उपत्यकामा लगातारको वर्षाका कारण आएको बाढी, पहिरोका कारण अहिलेसम्म २३ को ज्यान गयो

असोज १२, काठमाडौं : काठमाडौं उपत्यकामा लगातारको वर्षाका कारण आएको बाढी, पहिरो, र डुबानले अहिलेसम्म २३ जनाको ज्यान गएको पुष्टि भएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयले दिएको विवरण अनुसार काठमाडौं, ललितपुर, र भक्तपुर जिल्लामा बाढी, पहिरो, र घर भत्कनाका कारण जनधनको क्षति भएको छ। काठमाडौंमा ९, ललितपुरमा ९, र भक्तपुरमा ५ जनाको मृत्यु भएको छ […]

बाढी, पहिरो पिडितको उद्धारमा सरकार गम्भिर भएर लागेको छ – गृहमन्त्री

असोज १२, काठमाडौं: गृहमन्त्री रमेश लेखकले निरन्तरको वर्षाका कारण उत्पन्न बाढी, पहिरो लगायतका प्राकृतिक विपद्को जोखिममा परेका नागरिकहरूको उद्दार, राहत, र घाइतेहरूको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएर लागेको बताएका छन्। सिंहदरबारस्थित गृहमन्त्रालयमा बसेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्रीले काठमाडौं उपत्यकामा मात्रै नेपाली सेना, नेपाल प्रहरी, र सशस्त्र प्रहरी बलको […]

कार्यालयमा बाढी पसेपछि एपीवान टेलिभिजनको प्रसारण बन्द

असोज १२,  काठमाडौं : लगातार परेको अविरल वर्षाका कारण एपीवान एचडी टेलिभिजनको प्रसारण बन्द भएको छ। अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको यो टेलिभिजनको कार्यालयमा बाढी पसेपछि आज बिहान ७ बजेबाट प्रशारण रोकिएको प्रधान सम्पादक दीपेन्द्र बान्तावाले जानकारी दिएका छन्। उनका अनुसार बाढीले कार्यालयभित्र विद्युत सेवा अवरुद्ध गराएको छ। साथै, गाडी, कम्युटर, ब्याकअप जस्ता महत्त्वपूर्ण सामाग्री डुबानमा परेकाले […]

च्यासल क्षेत्रमा बगेको ग्यास बुलेट ग्यारेजमा थन्किएको कवाडी भएको खुलेको छ : उद्योगी

अविरल वर्षाका कारण च्यासल क्षेत्रमा ग्यासको बुलेट बगेको देखिएको थियो। तर, यो बुलेट टेम्पोमा ग्यास भर्ने कारखानाको भएको र लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ। ग्यास उद्योग संघका महासचिव कृष्णभक्त श्रेष्ठले सामाजिक सञ्जालमा बुलेट बगेको दृश्य देखेपछि सोधखोज गर्दा यो कुनै पनि ग्यास उद्योगको नभएको स्पष्ट भएको बताए। उनले भने, ‘यो बुलेट कुनै पनि […]

अविरल वर्षाका कारण अखिल क्रान्तिकारीको तेस्रो दिनको बन्दसत्र स्थगित भएको छ

अविरल वर्षाका कारण अखिल क्रान्तिकारीको तेस्रो दिनको बन्दसत्र स्थगित भएको छ। लगातारको वर्षाले सम्मेलन स्थल आसपास जलमग्न भएपछि आजको कार्यक्रम स्थगित गरिएको हो। अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष नरेश रेग्मीले सामाजिक सञ्जालमार्फत २३औं राष्ट्रिय सम्मेलनको आज (असोज १२) का सबै कार्यक्रमहरू स्थगित गरिएको जानकारी दिएका छन्। रेग्मीले भनेका छन्, “अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको र […]

लगातारको वर्षापछि आएको पहिरोका कारण ललितपुरमा दुई जनाको ज्यान गएको छ

असोज १२, ललितपुर : लगातारको वर्षापछि आएको पहिरोका कारण ललितपुरको टाहाखेलमा दुई जनाको ज्यान गएको छ भने गोदावरी नगरपालिका-३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको छ। गोदावरी नगरपालिका-१० का वडाध्यक्ष शेखर न्यौपानेका अनुसार टाहाखेलमा पहिरोले पुरिएर ५० वर्षीया महिला र ८ वर्षीया बालिकाको मृत्यु भएको हो। त्यस्तै, गोदावरी नगरपालिका-३ का वडाध्यक्ष सानुराजा घिमिरेले […]

देशका अधिकांश स्थानमा मनसुनी प्रभाव, अझै वर्षा र जोखिम : सतर्कता अपनाउन मौसम विभागको आग्रह

देशका अधिकांश स्थानमा मनसुनी प्रभाव, वर्षा र जोखिम: सतर्कता अपनाउन मौसम विभागको आग्रह असोज ११, काठमाडौं : देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको र नेपालमा रहेको मौसमी गतिविधि अझै केही दिन कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उत्तरी मध्य महाराष्ट्रमा रहेको न्यून चापीय प्रणालीको असरले देशभर साधारणदेखि पूर्ण बदली छाएको छ। यसले गर्दा सबै […]

ग्यास लिकहुँदै गरेको अवस्थामा बाढीले बगायो ग्यास बुलेट, च्यासल क्षेत्रमा त्रास

असोज १२, काठमाडौं : निरन्तर परेको वर्षाका कारण आएको बाढीले शनिबार बिहान राजधानीमा एउटा ग्यास बुलेट बगाएको छ। भक्तपुरतर्फबाट आएको बुलेट हनुमन्ते नदीमा बगिरहेको अवस्थामा देखिएको हो। प्रत्यक्षदर्शीका अनुसार बुलेटबाट ग्यास चुहिँदै थियो, जसले गर्दा नदी किनार आसपासका स्थानीय त्रसित बनेका छन्। बुलेट च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकको पुलमा अड्किएको छ। बुलेटबाट निस्केको ग्यासको गन्ध […]