का.जि. प्र.का.द.नं. ५३८/०७९/ ०८०
पान नं. १३७०१२८२२
समाजवादी
पान नं. १३७०१२८२२

इ पत्रिका 

का.जि. प्र.का.द.नं. ५३८/०७९/ ०८०
पान नं. १३७०१२८२२
पान नं. १३७०१२८२२
बैचारिक पत्रिका

नेपालमा सकारात्मक परिवर्तन नहुनुका कारण तथा उपायहरु

१. प्रत्येक सरकारी वा अर्ध सरकारी संघ संस्थाका अधिकांश अधिकारी वा कर्मचारी द्वारा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा राजनीतिमा संलग्न  हुनु

– सरकारी वा अर्ध सरकारी संघ संस्थाका अधिकांश अधिकारी वा कर्मचारी द्वारा विभिन्न राजनैतिक दल निकटका ट्रेड युनियन खारेज गरी सम्पूर्ण कर्मचारीको एउटै युनियन हुनु आवश्यक, साथै राजनैतिक दल निकट विद्यार्थीहरूका विभिन्न भात्रृ संगठन खारेज गरी एउटै संगठन विद्ध्यार्थी संगठन हुनुपर्ने ।

२. आवश्यक भन्दा धेरै राजनीतिक दल हुनु, एउटै दलमा गुटबन्दी गर्नु वा गर्न लगाउनु र एउटै पदका लागि मरिहत्ते गर्नु

– राजनैतिक दल दर्ता गर्न पाउनु नागरिकको अधिकार भएता पनी नेपालको आवश्यकता अनुसार न्यूनतम २ र अधिकतम ४ भन्दा बढी राजनैतिक दल हुनु हुँदैन, साथै एउटै पदमा जीवन बिताउन खोज्नु पनि मुर्खता हो । एउटै दलमा २-३-४-५ जना सम्म अध्यक्ष हुनु वा हुने वातावरण बनाउनु अनुचित कार्य हो । यस्ता कार्य लाई तत्काल निरुत्साहित गर्नु जरुरी छ । अन्यथा पदकै लागि जस्तो सुकै निम्न स्तर को कार्य गर्न पनि पछी नहट्ने सङ्केत देखिन्छ ।

३. गैर कानुनी कृयाकलाप मा संलग्न भएर आर्थिक लाभ वा आय आर्जन मा बढी आकर्षित हुनु

– शक्तिको आड र पदको दुरुपयोग गरी तस्करी गर्ने/गराउने र मनग्गे धन आयआर्जन गर्ने जस्ता कृयाकलाप पूर्ण रुपमा निर्मूल गर्नु अतिआवश्यक छ, त्यसो नगर्दा तस्करीकै कारण राज्यलाई आर्थिक घाटा बेहोर्नु पर्ने र निश्चित समुह वा व्यक्ति धनी हुने जसको प्रभाव आम नागरिक माथि पर्न जान्छ।

४. आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूद्वारा राजनीतिमा प्रवेश गर्नु वा गराउनु

– जसरी कुनै सरकारी सेवा मा प्रवेश गर्दा चारित्रिक प्रमाण हेर्ने गरिन्छ सोही अनुरूप राजनीति गर्ने व्यक्ति वा समुह लाई पनि त्यो नियम लागू गर्नु जरुरी छ, वा कुनै पनि मुद्दा खेपेको समुह वा व्यक्ति छ भने सो व्यक्ति वा समुहलाई राजनीति प्रवेश मा रोक लगाउनु पर्दछ।

५. आधारभूत तह देखी विश्वविद्यालय जस्तो पवित्र क्षेत्र लाई राजनीति गर्ने थलो बनाइनु

– सामान्यत: स्कुल कलेज मा भोज भतेर गर्ने, पार्टीगत भेला हुने, राजनैतिक गतिविधि गर्ने जस्ता कार्य हुँदै गएका छन जो राम्रो होइन। विद्यालय परिसर भित्र वा ओरिपरि राजनैतिक गतिविधि गर्नु गराउनु हुँदैन

६. राजनीति मा प्रवेश गर्न कुनै पनि योग्यता निर्धारण गर्न नसक्नु

– राजनीति गर्न वा नेता हुन वा मन्त्री देखी सर्वोच्च पद सम्म पुग्न कुनै योग्यता निर्धारण गर्न नसक्नु निकै दुर्भाग्यपूर्ण हो तसर्थ योग्यता प्रणाली लागू गर्न आवश्यक देखिन्छ।  देशको कानुन बनाउने, निती निर्माण गर्ने, अन्तर्राष्ट्रिय स्तर मा आफ्नो पहुँच पुर्याउन र समय सापेक्ष प्रतिस्पर्धा को लागि सक्षमता को आवश्यक पर्दछ ।

७. आफ्नो सकारात्मक मौलिक परम्परा, असल इतिहास लाई बच्चाइ राख्न नसक्नु वा विकसित मुलुकहरूको नक्कल गर्नु वा बाह्य प्रभाव बढ्नु

– आफ्नै देशको सकारात्मक धार्मिक परम्परा, भाषा, भेष-भुषा, रहन सहन, इतिहास को संरक्षण गर्दै विकास गर्नु पर्दछ । विदेशी नकल गर्नु भनेको आफ्नो पहिचान गुमाउनु हो। हरेक देशको आफ्नै भिन्न पहिचान भएमा मात्रा विश्व सामु चिन्ने-चिनाउने अवसर मिल्दछ।

८. भ्रष्टाचार, देशद्रोह, बलात्कार, निती नियम को उलंघन गर्ने प्रती कठोर कारवाही नहुनु वा नातावाद, कृपावाद, लम्पसारवाद को हालिमुहाली हुनु

– आफ्नो लाई काखा अर्को लाई पाखा को निती राख्नु हुँदैन, दोषी जो सुकै भएता पनी कानुन को दायरा भित्र ल्याउनै पर्छ। न्यायिक निकाय वा कुनै पनि सरकारी निकायले सत्तापक्षको बोली बोल्नु हुँदैन र पक्षपात नगरि आफ्नो काम गर्नु आवश्यक हुन्छ। जुन सुकै निकाय भएता पनी राजनीति तर्फ को झुकाव नराखी संविधान तर्फ झुकाव हुनु आवश्यक । किन कि राजनीति जुनसुकै बेला पनि परिवर्तन हुन सक्छ तर सरकारी कर्मचारी भनेको स्थाई हुन्छ र देशको विकास उनिहरु माथि पनि भर पर्छ ।

९. कर छली मा हुने व्यापक भ्रष्टचार नियन्त्रण वा नियमन गर्न नसक्नु

– राज्य का जिम्मेवार निकाय ले अझै पनि कर छली गर्ने वा गर्न लगाउने माथि नियन्त्रण गर्न वा गराउन सकेको अवस्था छैन। कर छली हुँदा पनि मौन बस्नु वा बस्न लगाउनु पनि अपराध हो राज्यको ढुकुटी को चोरी हो । यसले राज्य लाई घाटा हुन जान्छ।

१०. स्रोत साधन को उचित पहिचान गरी उपयोग मा ल्याउन नसक्नु

– प्राकृतिक स्रोत साधनले नेपाल एउटा धनी देश भित्र पर्छ तर देशमा भएका स्रोत साधन को पहिचान पूर्णरुपमा हुन नसक्नु दुर्भाग्यपूर्ण हो । नेपाल जल स्रोत मा निकै धनी छ तसर्थ बिद्युत उत्पादन गर्ने र बिद्युतिय सवारी साधन प्रयोग मा ल्याउने , पर्यटन पर्वर्धन गर्ने, मत्स्य पालन मा आत्म निर्भर हुने, कृषि योजना अन्तर्गत सिंचाइ व्यवस्था गर्ने, जंगल का पुराना रुख विरुवा बाट काठ निकाल्ने र नयाँ बिरुवा रोप्ने, हिमाली जिल्ला मा स्याउ खेती गरी आफ्नै देशको स्याउ मा आत्मा निर्भर हुने, स्वच्छ हावापानी भएका कारण कृषि र पशुपालनमा धेरै विकास गर्न सकिने, नेपाल मा उपलब्ध जडिबुटी को सदुपयोग गर्ने जस्ता गतिविधि गर्नु वा गर्न लगाउनु आवश्यक छ ।

११. नेपाल मा के आवश्यक छ सो विषय को वास्ता नगरि अन्य मुलुक ले के गरेको छ सो को नक्कल गरिनु

– नेपालको आर्थिक-सामाजिक-भौतिक र प्राकृतिक स्रोत साधनले मागे अनुरूप योजना ल्याउनु पर्ने देखिन्छ। उदाहरणको लागि नेपालको सन्दर्भमा पानी जहाज र पानी जहाज मन्त्रालय को कुनै आवश्यक छ जस्तो लाग्दैन किनकी नेपालको भौगोलिक धरातल पानी जहाज दौडाउने अनुकुल छैन । बरु बिद्युत उत्पादन गरी बिद्धुतिय सवारी साधन वा हिमाल-पहाड-तराइ मा चल्ने वा चलाऊन सक्ने साना रेल गाडी उपयोग मा ल्याउन सकिन्छ जसले गर्दा अन्य मुलुक बाट इन्धन खरिद मा लाग्ने निकै ठुलो धन राशी आफ्नै देशको अन्य  क्षेत्रमा लगानी गर्न सकिन्छ ।

श्रोत:सिम्रिक आवाज

पढ्न छुटाउनु भयाे कि ?

चर्चित लोक गायक किरन बाबू पुनको नयाँ गित (प्रेम हैन र) दर्शकमाझ लोकप्रिय बन्दै

गोवामा हुने Film Bazar Festival 2023 मा चलचित्र बिकास बोर्ड सहभागी हुने

टिकटक बन्द निर्णय प्रति मेयर हर्क आक्रोसित जनताले नेता कुट्ने दिन आयो ?

भारत लजादै गरेका पाँच बालिकाको उद्धार

हत्यारालाई माफि दिने राष्ट्रपति पनि हत्यारा नै हो ? पिडित भारती |रिगल फेरि जेल जान सक्ने | १२

भारतिय गायिका संग पिपल बोट मुनि भेटिए किरण बाबू |राम्जी खाँण र करिष्माको भयो रोमान्स

गोवा पुगे चर्चित गायक राम्जी खाँण र प्रेम विवश घर्ती (आज 11 बजे देखि कार्यक्रम सुरु हुने

गोवा तिज धमाका 2080 मा चर्चित नौ कलाकारको उपस्थिति हुने| हुदैछ यस्तो तयारी|