भारी वर्षाको जोखिम बढेसँगै सरकारको निर्देशन — सबै कार्यालय प्रमुखहरू तत्काल जिम्मेवारीमा फर्कनुपर्ने

१८ असोज २०८२, काठमाडौं — देशभर सम्भावित भारी वर्षाको जोखिमलाई ध्यानमा राख्दै सरकारले सबै जिल्ला र स्थानीय तहका कार्यालय प्रमुखहरूलाई तत्काल कार्यस्थलमा हाजिर हुन निर्देशन दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो । जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको जानकारी गराएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त निर्देशनअनुसार मन्त्रालयले यो निर्णय लिएको हो । मन्त्रालयका अनुसार असोज १८ गतेसम्म सबै कार्यालय प्रमुखहरू अनिवार्य रूपमा आफ्नो कार्यस्थलमा उपस्थित हुनुपर्नेछ । विशेषगरी जिल्ला समन्वय अधिकारीहरू, प्रमुख जिल्ला अधिकारीहरू, र स्थानीय तहका प्रमुख प्रशासनिक अधिकृतहरूलाई उच्च सतर्कता अपनाउन र आपतकालीन तयारीमा जुट्न निर्देशन दिइएको छ ।

बिज्ञापन
No data was found

सङ्घीय मामिला मन्त्रालयका उपसचिव भुवनेश्वर लामिछानेद्वारा जारी सूचनामा भनिएको छ, “आगामी दिनहरूमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो, सडक अवरुद्धजस्ता जोखिम उत्पन्न हुनसक्छ । यस्ता विपद्‌को प्रभाव न्यूनिकरण गर्न अग्रिम तयारी र तत्कालीन प्रतिकार्यका कार्यहरूमा सक्रियता जरुरी छ ।” मन्त्रालयले सबै मातहतका कार्यालयहरूलाई विपद् व्यवस्थापन योजना तयारीमा राख्न, सूचना संकलन तथा प्रसारणको समन्वय गर्न, र जोखिम क्षेत्रका नागरिकलाई आवश्यक निर्देशन दिन आह्वान गरेको छ । सरकारले आम नागरिकहरूलाई पनि वर्षाका कारण उत्पन्न हुनसक्ने जोखिमबाट सतर्क रहन आग्रह गरेको छ । विशेषगरी पहाडी तथा तराई क्षेत्रका खोलानालाहरूमा बाढीको जोखिम उच्च रहेकाले सुरक्षित स्थानमा बस्न, अनावश्यक यात्रा नगर्न र सरकारी सूचनाको पालना गर्न अनुरोध गरिएको छ । मनसुन अझै केही दिन सक्रिय रहने मौसम विभागको पूर्वानुमान रहेकोले विपद् न्यूनीकरणका लागि प्रशासनिक संरचना पूर्ण रूपमा परिचालित रहनुपर्ने मन्त्रालयले स्पष्ट पारेको छ ।

बिज्ञापन

पढ्न छुटाउनु भयाे कि ?

दैलेखलगायत देशभर नेकपाको मसाल जुलुस सम्पन्न

सुकेधारामा झलनाथ–घनश्याम समूहको छुट्टै भेला, ८४ नेता सहभागी

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे

बागमती प्रदेश सरकारद्वारा ३ अर्बभन्दा बढी खर्च कटौती गर्ने निर्णय

नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक, डेटा सुरक्षित रहेको काउन्सिलको दाबी

राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभा अध्यक्ष दाहालको भेट, आईपीयू सम्मेलनबारे जानकारी

चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु, २ घाइते

वर्षातले बन्द भएको मेलम्चीको पानी पुनः काठमाडौँमा, तीन दिनको अन्तरमा पानी वितरण