दैलेखलगायत देशभर नेकपाको मसाल जुलुस सम्पन्न

दैलेख, १५ कात्तिक — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शुक्रबार साँझ दैलेखसहित देशभर मसाल जुलुस सम्पन्न गरेको छ। पार्टीले देशमा बढ्दो महँगी, भ्रष्टाचार, विदेशी हस्तक्षेप, बेरोजगारी र जनजीवनमा परेका कठिनाइविरुद्धको विरोधस्वरूप देशव्यापी रूपमा मसाल जुलुस आयोजना गरेको हो।

बिज्ञापन
No data was found

दैलेख स्थित शान्तिबजार  चोकवाट सुरु भएको जुलुस जम्बुकाँध बजार परिक्रमा गर्दै बसपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो। जुलुसमा पार्टीका नेता, कार्यकर्ता, विद्यार्थी, युवा र जनसंगठनका प्रतिनिधिहरूको ठूलो सहभागिता थियो। सहभागीहरूले सर्वपक्षिय अन्तरिम सरकार गठन गर “जनताको अधिकारको रक्षा गर”, “महँगी र भ्रष्टाचार बन्द गर”, “विदेशी हस्तक्षेप होसियार”, “स्वाधीनता र जनसत्ता कायम गर” जस्ता नाराहरू लगाएका थिए।

बिज्ञापन

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा दैलेखका इञ्चार्ज कलम  सी र नेकपाका केन्द्रिय सदस्य बिक्रम सी ले वर्तमान सरकार जनताका वास्तविक मुद्दा छोडी सत्ताको स्वार्थमा लिप्त भएको आरोप लगाएका छन। उनले भने, “जनताको दुःख बुझ्ने र त्यसको समाधान गर्ने सरकार छैन, त्यसैले हामी सडकमा निस्कन बाध्य भएका हौं।” नेताद्धयका अनुसार नेकपाको यो आन्दोलन देशभर जनस्तरमा राजनीतिक चेतना र प्रतिरोधको लहर फैलाउने उद्देश्यले गरिएको हो।

बिज्ञापन
Oplus_131072

त्यस्तै नेकपा निकट युवा संगठनका प्रतिनिधिले सरकारले शिक्षित युवालाई रोजगारी दिन असफल भएको, किसानका समस्या नसम्झिएको र जनतामाथि करभार बढाएको भन्दै तीव्र आलोचना गरे। उनले भने, “जनताको दुःख र पीडा सरकारले सुन्ने अवस्था छैन, त्यसैले अब प्रतिरोधकै बाटो हाम्रो विकल्प हो।”

Oplus_131072

मसाल जुलुसका क्रममा सुरक्षाकर्मीको कडा निगरानी रहेको भए पनि कार्यक्रम शान्तिपूर्ण ढंगले सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

नेकपाका अनुसार दैलेखसँगै काठमाडौ‌ं, बाँके, कैलाली, बुटवल, चितवन, पोखरा, धरान, विराटनगर, हेटौंडा लगायत देशका प्रमुख शहरहरूमा पनि मसाल जुलुस सम्पन्न भएका छन्। देशभरका कार्यक्रमहरूमा हजारौं कार्यकर्ताको सहभागिता रहेको पार्टीले जनाएको छ।

Oplus_131072

पार्टी प्रवक्ताका अनुसार यो कार्यक्रम नेकपाको देशव्यापी आन्दोलनको पहिलो चरण हो, र आगामी दिनहरूमा सरकारका जनविरोधी नीतिविरुद्ध अझ व्यापक जनसङ्गठन र संघर्ष कार्यक्रम अघि बढाइनेछ। उनले भने, “यो सुरुवात मात्र हो, अब जनताको अधिकारका लागि सडकदेखि सदनसम्म संघर्ष तीव्र बनाइनेछ।”

मसाल जुलुसपछि पार्टीले जनतालाई सचेत रहन, एकताबद्ध भएर देशको सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षा गर्न आह्वान गरेको छ।

Oplus_131072

पढ्न छुटाउनु भयाे कि ?

गोरूझैँ जोतिएर देशको सेवा गर्ने चाहना छ : विप्लव सी 

जेन–जेड आन्दोलनको मागमा विप्लव सीको समर्थन : राजनीतिक संकटको निकास सर्वपक्षीय सरकार

जेनजी आन्दोलनको नाममा आगजनी गर्नेहरूमाथि कारबाही माग

कम्युनिष्ट आन्दोलन समाप्त पार्ने साम्राज्यवादी योजना सक्रिय रहेको विप्लव सीको दावी

रोसिङटनको शतकसँगै पोखराको दोस्रो जित, कर्णाली प्लेअफबाट बाहिर

सुकेधारामा झलनाथ–घनश्याम समूहको छुट्टै भेला, ८४ नेता सहभागी

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे

बागमती प्रदेश सरकारद्वारा ३ अर्बभन्दा बढी खर्च कटौती गर्ने निर्णय