कम्युनिष्ट आन्दोलन समाप्त पार्ने साम्राज्यवादी योजना सक्रिय रहेको विप्लव सीको दावी

काठमाडौं, २६ मंसिर – नेकपा (माओवादी)का महासचिव विप्लव सीले नेपालमा कम्युनिष्ट आन्दोलन कमजोर पार्ने उद्देश्यले साम्राज्यवादी शक्तिहरूले सुनियोजित रूपमा हस्तक्षेप गरिरहेको आरोप लगाएका छन्।

बिज्ञापन
No data was found

बागमती प्रदेशस्तरीय वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनपछि देखिएको विभाजन, सैद्धान्तिक विचलन र पार्टीभित्रको भागदौडमा विदेशी शक्ति केन्द्रहरूको प्रभाव गहिरो रूपमा परेको दाबी गरे।
विप्लवले अमेरिकी तथा भारतीय साम्राज्यवादले “नेपालका कम्युनिष्टहरूलाई विचारविहीन बनाउँदै समाप्त पार्ने” रणनीति चलाइरहेको आरोप लगाउँदै भने, “प्रचण्डले सिद्धान्त परित्याग गरेर पार्टी एकता गर्दा साम्राज्यवादीहरू खुसी भए। अहिले कम्युनिष्ट नाम र रातो झण्डा हटाउनसम्मको दबाब छ।”
उनका अनुसार यस्तो हस्तक्षेप रोक्ने प्रस्ताव र क्षमता नेपालमा केवल नेकपा (माओवादी)सँग मात्रै छ। उनले जेनजी आन्दोलनका मुद्दा न्यायोचित भए पनि साम्राज्यवादी घुसपैठका कारण आन्दोलन हाइज्याक भएको दाबी गरे।
विप्लवले माओवादीले उठाउँदै आएको—५००/१००० रुपैयाँका नोट बन्द गर्ने, सर्वपक्षीय सरकार गठन, संविधान संशोधन, पुनर्संरचना र उच्चस्तरीय छानबिन आयोग गठन—जस्ता प्रस्तावहरू अहिले जेनजीहरूले पनि उठाउन थालेको बताए।
आगामी निर्वाचनमा सहभागिताको तयारी भइसकेको उल्लेख गर्दै उनले जनताले माओवादीलाई जीत दिलाउने विश्वास व्यक्त गरे। साथै, स्पष्ट विचार र सिद्धान्तविना कुनै पार्टीसँग एकता असम्भव भएको जिकिर गर्दै, “नयाँ कम्युनिस्ट केन्द्र निर्माण र वैज्ञानिक समाजवादको दिशामा जाने शर्तमा मात्र एकताको सम्भावना खुला छ,” भने।
उनको दाबी अनुसार भविष्यमा नेपालमा तीन प्रकारका राजनीतिक दल मात्र टिक्न सक्नेछन्—एनजीओधारित, सरकारी स्रोतमा निर्भर, र उत्पादन तथा श्रमबाट चल्ने। उनले उत्पादनमुखी माओवादी पार्टी मात्र जनताको पक्षमा सच्चा रूपमा लड्ने पार्टी भएको दाबी गरे।
कार्यक्रम बागमती प्रदेश इन्चार्ज तथा पार्टी प्रवक्ता प्रकाण्ड सीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रम सुरू हुनु अघि महासचिव विप्लवलाई केन्द्रीय नेताहरूले स्वागत गरेका थिए।

बिज्ञापन

पढ्न छुटाउनु भयाे कि ?

गोरूझैँ जोतिएर देशको सेवा गर्ने चाहना छ : विप्लव सी 

जेन–जेड आन्दोलनको मागमा विप्लव सीको समर्थन : राजनीतिक संकटको निकास सर्वपक्षीय सरकार

जेनजी आन्दोलनको नाममा आगजनी गर्नेहरूमाथि कारबाही माग

रोसिङटनको शतकसँगै पोखराको दोस्रो जित, कर्णाली प्लेअफबाट बाहिर

दैलेखलगायत देशभर नेकपाको मसाल जुलुस सम्पन्न

सुकेधारामा झलनाथ–घनश्याम समूहको छुट्टै भेला, ८४ नेता सहभागी

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे

बागमती प्रदेश सरकारद्वारा ३ अर्बभन्दा बढी खर्च कटौती गर्ने निर्णय