जेनजी आन्दोलनको नाममा आगजनी गर्नेहरूमाथि कारबाही माग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आफ्नै निवासमा आगजनी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार उपचारपछि स्वदेश फर्किएकी छन्। उनी सोमबार साँझ काठमाडौं आइपुगेकी हुन्।
आगजनीमा परेपछि चित्रकारको सुरुमा कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गरिएको थियो। उपचारकै क्रममा उनलाई ज्वरो र निमोनियाको समस्या देखिएपछि थप उपचारका लागि भारत लगिएको थियो। भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार हुँदै गर्दा उनको बायाँ हात काट्नुपरेको चिकित्सकहरूले बताएका छन्। साथै आगलागीका क्रममा फोक्सोमा अत्यधिक धुवाँ प्रवेश गर्दा गम्भीर असर पुगेको थियो।
स्वदेश फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै चित्रकारले राज्यसँग व्यक्तिगत कुनै गुनासो वा माग नरहेको बताइन्। तर जेनजी आन्दोलनको नाममा देशमा विध्वंश मच्चाउन खोज्नेहरूमाथि सरकारले कडा कारबाही गर्नुपर्ने आवश्यकता औँल्याइन्।
उनले भनिन्, “भाइबहिनीहरूको अबोधपनको आवरण ओढेर जसले देशलाई नष्ट पार्न खोजेका छन्, तिनीहरूलाई सरकारले खोजी–खोजी कारबाही गर्नुपर्छ भन्ने मेरो अपेक्षा हो।”
उनको भनाइले आन्दोलनको नाममा हुने हिंसा र आगजनीप्रति राज्य गम्भीर बन्नुपर्ने सन्देश दिएको छ।

बिज्ञापन
No data was found

पढ्न छुटाउनु भयाे कि ?

गोरूझैँ जोतिएर देशको सेवा गर्ने चाहना छ : विप्लव सी 

जेन–जेड आन्दोलनको मागमा विप्लव सीको समर्थन : राजनीतिक संकटको निकास सर्वपक्षीय सरकार

कम्युनिष्ट आन्दोलन समाप्त पार्ने साम्राज्यवादी योजना सक्रिय रहेको विप्लव सीको दावी

रोसिङटनको शतकसँगै पोखराको दोस्रो जित, कर्णाली प्लेअफबाट बाहिर

दैलेखलगायत देशभर नेकपाको मसाल जुलुस सम्पन्न

सुकेधारामा झलनाथ–घनश्याम समूहको छुट्टै भेला, ८४ नेता सहभागी

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे

बागमती प्रदेश सरकारद्वारा ३ अर्बभन्दा बढी खर्च कटौती गर्ने निर्णय