कम्युनिस्ट एकताको मुख्य आधार समाजवाद – प्रकाण्ड सी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवम् बागमती प्रदेशका इन्चार्ज प्रकाण्ड सीले कम्युनिस्ट एकताको मुख्य आधार समाजवाद हुने बताएका छन् । नेकपा भक्तपुरको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उक्त बैठकमा प्रवक्ता प्रकाण्ड सीले कम्युनिस्टहरुको एकता र तिव्र ध्रुविकर भईरहेको र यसले हाम्रो पार्टीलाई जनतामा स्थापीत गर्न र सकारात्मक प्रभाव पार्ने सहयोग पुग्ने बताएका छन । भक्तपुर जिल्ला पार्टीले सक्रियता वढाईरहेको जस्ले विद्यमान संकटको निकासका लागि जिल्लाको महत्वपूर्ण भूमिका हुने र आफ्नो सक्रियतालाई तिव्रतामा लिन समेत बताए ।
यसैगरी पुँजीपति वर्गले आफ्नो सक्ती सुदृढ गर्ने र कम्युनिस्टहरुलाई फुटाउने हतियारको रुपमा चुनावलाई प्रयोग गर्दै आएकाले त्यसलाई निस्तेज पार्न पार्टीले २०८४ को चुनावी मोर्चाको सामना गर्ने नीति अगाडि सारेको बताए । उनले देश र जनतालाई वर्तमान संकटबाट मुक्त गर्न नेपाली विशेषताको समाजवाद निर्विकल्प व्यवस्था भएकोले यो असल कम्युनिस्टहरुको एकतावाट जन्मिने वताउदै त्यसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गर्ने बताए ।
प्रवक्ता प्रकाण्ड सीले अमेरिकी साम्राज्यवादले आफ्नो स्वार्थ कालागि नेपाली जनताका विरुद्ध फाँसीवाद लाध्न खेजेको र त्यसको प्रतिरोध गर्ने बताए । उनले नेपाल कम्युनिस्ट पार्टी र नेपाली जनता हुँदासम्म अमेरिकी रणनीति नेपालमा सफल नहुने बताउदै देशलाई वर्तमान संकटबाट मुक्त गर्न भक्तपुर जिल्ला पार्टीलाई दिलोज्यानले काम गर्न निर्देशन समेत दिए ।
उक्त बैठकको अध्यक्षता सेक्रेटरी अपार सीले गरेका थिए । बैठक जिल्लाको योजना निर्माण गर्दै सम्पन्न भएको एक सहभागिले समाजवादी सन्देशलाई बताए ।

 

बिज्ञापन
No data was found

 

बिज्ञापन

पढ्न छुटाउनु भयाे कि ?

दैलेखलगायत देशभर नेकपाको मसाल जुलुस सम्पन्न

सुकेधारामा झलनाथ–घनश्याम समूहको छुट्टै भेला, ८४ नेता सहभागी

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे

बागमती प्रदेश सरकारद्वारा ३ अर्बभन्दा बढी खर्च कटौती गर्ने निर्णय

नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक, डेटा सुरक्षित रहेको काउन्सिलको दाबी

राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभा अध्यक्ष दाहालको भेट, आईपीयू सम्मेलनबारे जानकारी

चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु, २ घाइते

वर्षातले बन्द भएको मेलम्चीको पानी पुनः काठमाडौँमा, तीन दिनको अन्तरमा पानी वितरण