फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपालले सुखद् सुरुवात गरेको छ

२ भदौ, काठमाडौं । आजदेखि सुरु यू २० पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपालले सुखद् सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले श्रीलङ्कालाई १–० गोलअन्तरले पराजित गर्दै सुखद् सुरुवात गरेको हो । जितसँगै नेपालले तीन अङ्क जोडेको छ ।
आजको खेलमा तुलनात्मकरूपमा बल पोजिसनमा नेपालको पक्ष राम्रो देखिए पनि फिनिसिङ राम्रो नहुँदा नेपालले कैयौँ अवसर गुमाएको थियो ।
नेपालको जितमा निराजन धामी नायक बने । उनले खेलको २४औँ मिनेटमा गोल गरेका थिए ।
च्याम्पियनसिपको समूह ‘ए’मा नेपाल, श्रीलङ्का र बङ्गलादेश छन् भने समूह ‘बी’मा भारत, माल्दिभ्स र भुटान छन् । समूह ‘ए’को खेलमा श्रीलङ्का बङ्गलादेशसँग पराजित भएमा नेपाल एक खेल अगाबै सेमिफाइनल पुग्नेछ ।
प्रतियोगिता अन्तर्गत भोलि समूह ‘बी’मा रहेको भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो ३ बजेदेखि हुनेछ ।

बिज्ञापन

पढ्न छुटाउनु भयाे कि ?

आमाको नामबाट नागरिकता पाउन दशकदेखि संघर्ष, अदालतकै आदेश पनि सुनुवाइबिहीन

गभर्नर नियुक्तिमा योग्यता होइन, ओली–देउवा सहमति मुख्य आधार

सभामुख र सरकारका प्रवक्ताका विवादास्पद अभिव्यक्तिले आन्दोलनरत शिक्षक थप निराश

आईपीएल २०२५: आज वाङ्खेडे स्टेडियममा मुम्बई र हैदराबाद आमनेसामने

२४ घण्टादेखि विद्युत अवरुद्ध, धनुषा, महोत्तरी र सर्लाहीका बासिन्दा समस्यामा

मन्त्रिपरिषद्को निर्णय: वैशाख १२ गते संसद् अधिवेशन आह्वानको सिफारिस

२५ करोड बराबरको विदेशी मुद्रा बरामद प्रकरण: ट्रक चालक र मालिकविरुद्ध मुद्दा दायर

ललितपुरमा दाइद्वारा बहिनीको हत्या, शव पानीको ट्यांकीमा फेला