कविता : बहुलवादी समाज र स्वार्थको परिणाम

कविता : बहुलवादी समाज र स्वार्थको परिणाम

बिज्ञापन

नेम बहादुर शाही

मिलेर ब्यक्ति निश्चित भूगोलमा बस्ने छ कस्तो रहर

राखेर साझा लक्ष्य र उदेश्य बन्दछ सामाजिक शहर ।

हुन्छन् क्रियाशिल समाजमा राख्छन् स्वतन्त्र विचार

गर्छन् माया बोलेर भाषा मिठो हुर्काउछन् सदाचार ।।

गरेर पालन रिति थिति सबै राखेर सद्भाव मनमा

बचाई राख्नु इज्जत आफ्नो अर्काले हेर्ने आंखामा।

बांचौ हामी एक गठ भैइ हुनु छ सबै आजाद

गरेर छलफल मिलेर सामूहिक साम्य हुन्छ विवाद ।।

पढ्छन् कोही बाइबल महाभारत रामायण र गीता

गछर्न पुजा धर्म कर्मको सम्झनछन् माता पिता।

पढ्छन् कोही कुरान त्रिपिटक मुन्धुम र नमाज

यही हो विविधता मिलेको विश्व गाउँ र समाज।।

जाग्नु पर्छ युवा पुस्ता जोगाउन भाषा संस्कृति

बहुलजाती बहुलधर्म सदा हाम्रो समाजको प्रकृती।

बन्छ संगठन मिलेर ब्यक्तिहरु समाज निर्माणको आधार

हुन्छ सुधार गाउँ टोल छिमेक गरेर मित्रवत व्यबहार ।।

नभड्काउ समाज बहुलवादी  राखेर स्वार्थ मनमा

फैलियो भने साम्प्रदायिक दंगा  हुन्छ रक्तपात जनमा।

देउ सु-बुद्धि मनमा हर्ष बरु  ज्ञानको दियो बालेर

रुपान्तरण भैइ संगै बसौं बरु  रुढीवादलाई फालेर ।।

महाबु-४, दैलेख

पढ्न छुटाउनु भयाे कि ?

प्रधानमन्त्री ओलीविरुद्धको अदालत अवहेलनासम्बन्धी रिटको सुनुवाइ आज

समाजवादका लागि संविधान संशोधन आवश्यक: महासचिव विप्लव

वेलुन पड्कदा घाइते भएका अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

पश्चिम नेपालमा वर्षा र हिमपात, काठमाडौंमा के होला?

शोरुमबाट चोरी भएको गाडी : पेट्रोल हाल्दै गर्दा पक्राउ

ट्रम्प प्रशासनको आप्रवासन नीति: अमेरिकाबाट थप २० नेपाली डिपोर्

अक्षरारम्भ र बाल मनोविज्ञान: सिकाइको पहिलो पाइला कसरी सकारात्मक बनाउने?

समाजवादी मोर्चाद्वारा चैत्र २४ गते काठमाडौंमा वृहत् आमसभाको घोषणा