समाजवाद असल कम्युनिस्टको एकतावाट जन्मिन्छ – सुशील सी

बाँके । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य  सुशिल सीले  समाजवाद असल कम्युनिस्टको एकतावाट जन्मिने ठोकुवा गरेका छन् ।
कोहलपुरामा सल्यान –बाँके समाजवादी सम्पर्क मञ्चको प्रथम भेलालाई आईतवार सम्वोधन गर्दै नेकपाका स्थायी समिति सदस्य सुशिल सीले अहिलेको दलाल संसदिय व्यवस्थाले पैदागरेका संकटहरू बैज्ञानिक समाजवादले हल गर्ने ठोकुवा गरेका हुन् ।
उनले भने वैज्ञानिकसमाजवाद संसदिय व्यवस्थाको अग्रगामी विकल्प हो, हामीले नेपाली विशेषताको समाजवाद भनेका छौ,यो व्यवस्था असल कम्युनिस्टहरुको एकतावाट जन्मिन्छ । उनले कांग्रेस एमालेको गठबन्धन दलाल संसदीय व्यवस्था वचाउन भएको जुन असफल हुने टिप्पणी गरे । उनले कुनै पनि वाहनामा असफल संसदीय व्यवस्था टिक्न नसक्ने जिकिर गर्दै समाजवादका लागि सबै कम्युनिस्टहरु एकताबद्ध हुनुको विकल्प नभएको बताए ।
कार्यक्रममा नेकपाका पि वी एम आधार सी, बन्धु सी, रक्तिम सी, केन्द्रीय सदस्यहरु क. विराट ,क.रणदिप लगायतका नेताहरुले बोल्दै समाजवाद अहिलेको अपरिहार्य व्यवस्था भएको र सवै कम्युनिस्टहरु एकढिक्का हुनुपर्ने बताएका थिए । भेलाले महेन्द्र चन्दको नेतृत्वमा ११ सदसीय समाजवादी सम्पर्क मञ्च गठन समेत गरेको छ । भेला भव्यरुपमा सम्पन्न भएको खवर पिबिएम रक्तिम सीले जानकारी दिएका छन ।

बिज्ञापन
No data was found

पढ्न छुटाउनु भयाे कि ?

गोरूझैँ जोतिएर देशको सेवा गर्ने चाहना छ : विप्लव सी 

जेन–जेड आन्दोलनको मागमा विप्लव सीको समर्थन : राजनीतिक संकटको निकास सर्वपक्षीय सरकार

जेनजी आन्दोलनको नाममा आगजनी गर्नेहरूमाथि कारबाही माग

कम्युनिष्ट आन्दोलन समाप्त पार्ने साम्राज्यवादी योजना सक्रिय रहेको विप्लव सीको दावी

रोसिङटनको शतकसँगै पोखराको दोस्रो जित, कर्णाली प्लेअफबाट बाहिर

दैलेखलगायत देशभर नेकपाको मसाल जुलुस सम्पन्न

सुकेधारामा झलनाथ–घनश्याम समूहको छुट्टै भेला, ८४ नेता सहभागी

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे