समाजवाद असल कम्युनिस्टको एकतावाट जन्मिन्छ – सुशील सी

बाँके । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य  सुशिल सीले  समाजवाद असल कम्युनिस्टको एकतावाट जन्मिने ठोकुवा गरेका छन् ।
कोहलपुरामा सल्यान –बाँके समाजवादी सम्पर्क मञ्चको प्रथम भेलालाई आईतवार सम्वोधन गर्दै नेकपाका स्थायी समिति सदस्य सुशिल सीले अहिलेको दलाल संसदिय व्यवस्थाले पैदागरेका संकटहरू बैज्ञानिक समाजवादले हल गर्ने ठोकुवा गरेका हुन् ।
उनले भने वैज्ञानिकसमाजवाद संसदिय व्यवस्थाको अग्रगामी विकल्प हो, हामीले नेपाली विशेषताको समाजवाद भनेका छौ,यो व्यवस्था असल कम्युनिस्टहरुको एकतावाट जन्मिन्छ । उनले कांग्रेस एमालेको गठबन्धन दलाल संसदीय व्यवस्था वचाउन भएको जुन असफल हुने टिप्पणी गरे । उनले कुनै पनि वाहनामा असफल संसदीय व्यवस्था टिक्न नसक्ने जिकिर गर्दै समाजवादका लागि सबै कम्युनिस्टहरु एकताबद्ध हुनुको विकल्प नभएको बताए ।
कार्यक्रममा नेकपाका पि वी एम आधार सी, बन्धु सी, रक्तिम सी, केन्द्रीय सदस्यहरु क. विराट ,क.रणदिप लगायतका नेताहरुले बोल्दै समाजवाद अहिलेको अपरिहार्य व्यवस्था भएको र सवै कम्युनिस्टहरु एकढिक्का हुनुपर्ने बताएका थिए । भेलाले महेन्द्र चन्दको नेतृत्वमा ११ सदसीय समाजवादी सम्पर्क मञ्च गठन समेत गरेको छ । भेला भव्यरुपमा सम्पन्न भएको खवर पिबिएम रक्तिम सीले जानकारी दिएका छन ।

बिज्ञापन

पढ्न छुटाउनु भयाे कि ?

आमाको नामबाट नागरिकता पाउन दशकदेखि संघर्ष, अदालतकै आदेश पनि सुनुवाइबिहीन

गभर्नर नियुक्तिमा योग्यता होइन, ओली–देउवा सहमति मुख्य आधार

सभामुख र सरकारका प्रवक्ताका विवादास्पद अभिव्यक्तिले आन्दोलनरत शिक्षक थप निराश

आईपीएल २०२५: आज वाङ्खेडे स्टेडियममा मुम्बई र हैदराबाद आमनेसामने

२४ घण्टादेखि विद्युत अवरुद्ध, धनुषा, महोत्तरी र सर्लाहीका बासिन्दा समस्यामा

मन्त्रिपरिषद्को निर्णय: वैशाख १२ गते संसद् अधिवेशन आह्वानको सिफारिस

२५ करोड बराबरको विदेशी मुद्रा बरामद प्रकरण: ट्रक चालक र मालिकविरुद्ध मुद्दा दायर

ललितपुरमा दाइद्वारा बहिनीको हत्या, शव पानीको ट्यांकीमा फेला