काठमाडौंमा गाईजात्राको पर्व हर्षकासाथ मनाईयो

फोटोफिचर विक्रम

बिज्ञापन

भदौ ४, २०८१ काठमाण्डौ : काठमाण्डौमा गाईजात्रा प्रत्यक वर्ष भदौ कृण्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन सम्म मनाईने गरिन्छ । यो परम्परागत सांस्कृतिक पर्वको रुममा विशेष गरि जनैपुर्णिमाको पछिल्लो दिन आज विभिन्न कार्यक्रमको आयोजना गरि देशभर मनाईन्छ । विशेषगरि काठमाडौ,ललितपुर र भक्तपुरमा आजकै दिनवाट भव्य मनाउने प्रचलन छ । राजा प्रताव मल्लले आफ्नी पुत्रशोकमा परेकी रानीलाई दुनियाँले यस्तै शोक मनाउनु पर्छ भन्ने देखाउन जनतालाई आआफ्नो घरमा मरेका व्यक्तिका नाममा गाई जात्रा निकाली सहर परिक्रमा गराउनु भनि आदेश दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहाँसिक कथन छ । यसवाट पनि रानिको मन सान्त हुन नसके पछि विभिन्न प्रकारका नाचगान, प्रहशन तथा हास्यव्यांग्या गर्ने समेत प्रचलन रहेको पाईन्छ । प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमान ढोका स्थित राजप्रसाद (राजदरवार) भएर जाने प्रथा अहिले पनि कायमै छ । गाईजात्रा देशका विभिन्न स्थानमा मनाईने भएपनि उपत्यकामा यसको विशेष रांैनक देखिने गर्छ । यो पर्वमा गित गाउने,दोहोरी गाउने । पश्चिम र पुर्व तिर ठाडीभाका र दोहारी गाउने, प्रचलन छ । मंगलवार गाईजात्रा पर्व काठमाडौं उपत्यका लगाएत भक्तपुर,वनेपा,पनौती, ,वाह्रविसे,त्रिशुली, दोलखा, खोटांग, भोजपुर, चैनपुर, दैलेख, इलाम, धरान, विराटनगर, विरगन्ज, हेटौडा, र पोखरामा धुमधाम मनाउने प्रचलन छ । सरकारले आज सार्वजनिक विदा दिएको छ ।

पढ्न छुटाउनु भयाे कि ?

प्रधानमन्त्री ओलीविरुद्धको अदालत अवहेलनासम्बन्धी रिटको सुनुवाइ आज

समाजवादका लागि संविधान संशोधन आवश्यक: महासचिव विप्लव

वेलुन पड्कदा घाइते भएका अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

पश्चिम नेपालमा वर्षा र हिमपात, काठमाडौंमा के होला?

शोरुमबाट चोरी भएको गाडी : पेट्रोल हाल्दै गर्दा पक्राउ

ट्रम्प प्रशासनको आप्रवासन नीति: अमेरिकाबाट थप २० नेपाली डिपोर्

अक्षरारम्भ र बाल मनोविज्ञान: सिकाइको पहिलो पाइला कसरी सकारात्मक बनाउने?

समाजवादी मोर्चाद्वारा चैत्र २४ गते काठमाडौंमा वृहत् आमसभाको घोषणा