साम्राज्यवाद या पुँजीवादले धर्म संस्कृतीलाई आफ्नो सत्ता र स्वार्थ पुरा गर्नका लागि प्रयोग गर्दै आईरहेका छन । विश्वभरीका देशहरु जहाँ पूँजीवाद स्थापीत भएका देशहरुमा पूँजीवादलाई वलियो वनाउन र पूँजीवाद स्थापित नभएका देशहरुमा पूँजीवाद आफ्नो औपनिवेश खडा गर्न मरिमेटी लागेको छ । पूँजीवादले आदर्शवादी दर्शनलाई विश्वभरि फैलाउने नभएको स्वर्ग नर्गको कल्पनामा मानिसको जीवनलाई कैद गरिदिने काम गरिरहेकोछ । जुन आजको नयाँ घटना तिर लिन चाहान्छु वर्ष अठार जतिको लाग्ने एउटा कुईरेले आज वसन्तपुरमा वाटो छेकेर एक्सक्युज मी ! भन्यो मैले यास भने, उसले भन्यो तोते नेपालीमा थपाईलाई नेपाली भाषा आउँछ सोध्यो, मैले सेवर भने र उसले हातमा श्री कृष्ण लेखेको मोटो किताव र लड्डु देखाएर यो मन्दिर वनाउनको लागि हो । की किताव, की लडुडु किनेर सहयोग गरिदिन भन्यो मैले उसलाई टारेर प्रति प्रश्न गरिहाले तपाई कुनदेशवाट आउनु भो ? भने उसले यु. एस.वाट भन्यो, यहाँ मन्दिर वनाउने कस्ले भन्यो भनि प्रश्न थपे उसले वाहानावाजी गर्यो र मैले फेरी सोधे तिम्रो देशमा मन्दिरहरु छ की छैन ? सोधे उसले छैन भन्ने जवाफ दियो । अनि मैले भने,तपाईले नेपालमा मन्दिर वनाउनु पर्दैन बरु तपाईको देशको जस्तै आईटी कम्पनि वनाउन पहल गरम न मैले भने तर उसले जय श्री राम ! भनेर मवाट छुट्टियो मेरो मनमा धेरै प्रश्नहरु उठे तर ति प्रश्नहरु मैले गाई जात्राको रमाईलो सँग साटे यो सव हेदा पुँजीवादीले धर्मका नाममा सिङ्गो मानव जातिलाई एथार्तको धरातलवाट अलगथलग पारेको छ । वास्तविक विज्ञान र सत्यवाट गलत र भ्रममा वाच्न विवस बनाएको छ । सम्पुर्ण मानवजातीलाई पूँजीनियत्रित एउटा वस्तुमा रुपान्तरण गरेको छ । महिलाहरुलाई मनोरञ्जनको साधनको रुपमा लगेको छ । आफ्नो वर्गकोलागि संस्कारलाई भरपुर प्रयोग गरेको छ । आफ्नो सत्तास्वार्थको लागि अनैतिक अमानवीय कार्य गर्दै आईरहेको छ । पूँजीवाद र उसको राजनिति स्थापीत गर्न मान्छेलाई जस्तोसुकै अनैतिक,छाडा,अस्लिल क्रुरुर र हिंस्रक वन्न तयार भएर आएको छ । मुलत यो सैने,प्रविधि,आर्थिक,राजनितिक,भौगोलिक सवै हिसावमा आएको छ । हाम्रो देशमा पनि जवरजस्त धार्मीक र साँस्कृतिक रुपमा आएको छ । साम्राज्यवाद र पूँजीवादी सँस्कारमा समानता,स्वतन्त्रता,सामुहिकता,मानवियता भन्ने विषयहरु यसमा वेकार र अर्थहिन छन । पूँजीवादले सारा सँस्कृतिलाई एक अम्खराको पानी जस्तै वनाएको छ । यी र यस्ता तमाम विषयमा हामीले यो लेखमा चर्चा गर्नेछौ ।
भूमण्डलीकृत पुँजीवादले आफ्नो सत्ता र प्रभूत्वलाई संस्कृतिमा बदल्ने कार्य गर्दै आएकोछ । उसले आफ्नो संम्रीदि हैकमका लागि गरीब देशहरुमा धर्म, अन्धविश्वास, रुढिवादलाई पुँजीको बलमा फिजाइ रहेको छ । यसका पछाडि केही गंभीर षड्यन्त्र छिपेका छन् । पूँजीवादले धर्मसँस्कृतिद्धारा विश्वका साना देश र त्यहाँका जनताहरुमा तल दिएका स्वार्थहरु पुर्ति गर्दै आएकोछ ।
जनतालाई क्रान्तिकारी विचारवाट विमुख गराउँछ
धर्म सँस्कृतिको नाममा पूँजीपति वर्गले उत्पीडित वर्ग, जाति र समुदायलाई वर्ग संघर्षको क्रान्तिकारी विचार र मार्गबाट विमुख गरी उत्पीडित हुनुको कारण सत्ता हैन,आफ्नै भाग्य र पुर्व जुनीको पाप र दैवीक कारण हो भन्छ । यो नै घोर प्रतिक्रियावादी विज्ञानविरोधी सोच हो । जनतालाई यथार्त ज्ञानवाट परको संसारमा पूराउने आफ्नो लुटको संसार वचाउने प्रपञ्च हो यसलाई जनताहरुमा स्पस्ट गर्नु पर्दछ । पूँजीवादले भारतिय च्यानलहरु खुल्ला गरेर शिव पूँजा कसरी गर्ने,कुन पूँजामा कुन फेसनका कपडा लगाउँने, कस्ता गहना लगाउँने,श्रीमानसँग के के माग गर्ने, श्रीमानको खूट्टामा ढोक्ने,पैतलाको पानि खान सिकाउछ यसरी TV च्यानलहरुवाट पनि नेपालको सँस्कृतिमा नाङ्गो हस्तक्षेप गरेको छ । यो धर्म सँस्कारले महिलाहरुलाई वोक्सीको आरोपमा दिसा खुवाउने, हत्या गर्न प्रेरित गर्ने, उत्पिडित तथा श्रमिक समुदायलाई छुवाछुत गर्ने, तल्लो माथिल्लो जात भनेर हेप्ने काम गरिरहेकोछ । महान गुरु माक्र्सले धर्म अफिम हो भन्नु भएको छ । जुनसुकै धर्म आदर्शवादी दृष्टिकोण र पूँजीवादले नेतृत्व गरेको हुन्छ । नेपालमा नेपालीहरुलाई हिन्दू धर्म छोड्न लगाएर कृश्चियन धर्ममा प्रवेशगर्न लगायकाछन । त्यो भनेको गाँजाको सट्टा हिरोईन खान लगाए जस्तै हो । नेपालीहरुलाई आफ्नो धर्मपरिवर्तन गर्न लगाएर धमाधम कृश्चियन वनाउदै छन । ठुलठुला चर्च,गुम्वा वनाएकाछन । ति धर्मालयहरु न त नेपालमा दर्ता गरेकाछन न त नेपाल सरकारसँग कुनै स्वीकृति लिन नै जरुरी ठान्दछन । यस्ता विदेशी धर्मसँस्कार सँस्कृति वेरोकटोक साँडेजस्तै मनपरि गरिरहेका छन । त्यो चर्च,गुम्वा,मन्दीर या मश्जित मा के काम गर्छन भन्ने सरकारलाई कुनै जानकारी नै हुदैन । यी सस्थाहरु नेपाल सरकारको कानुन सँग मेल खान्छन की खादैनन या यो नेपालको आवश्यक्ता हो की होईन सरकार पुरै वेखवर छ । धर्म गुरुहरुले नेपाली जनताहरुलाई हेपीरहेका छन यो सवै उदारिकरण र पूँजीवादी व्यवस्थाको मलजल गर्न खोलिएका संस्थाहरु हुन । यसको रेखदेख गर्ने काम पूँजीवादले गरेकोछ । यी सवै धर्मलयहरु नेपालवाट लखेट्नु पर्दछ । विहान वेलुका जय श्रीराम !, हरेराम,प्रमेश्वर,ओम मानेपेमे या अल्हा भन्न लगाउँने धनि र गरिवहुनु वर्गस्वषणको कारण हो भन्ने चेतनावाट विमुख गराएर सवै जनताहरुलाई क्रान्तिकारी विचारवाट च्युत गर्न यो साम्राज्यवाद तथ दलाल पूँजीवाद धर्मको नाममा आफ्नो काममा लागि परेकोछन । कम्युनिस्टहरुले यो सवै खारेज गर्नुपर्दछ ।क्रान्तिकारीहरुलाई पार्टीबाट फर्काउने षणेन्त्र गर्छ
पूँजीवादले वैधानिक अवैधानिक व्यस्यालयहरु खोलेको छ महिलाहरुलाई सुन्दरी प्रतियोगिता गर्न लगाउँछ । महिलाहरुलाई विशालवबजारमा विक्रि गर्न राखिएको सामान जस्तो विज्ञापन वोर्डमा प्रयोग गरिरहेकोछ । महिलाहरुलाई नंग्याएर सडकमा राखेको छ मोल तोल गरिरहेको छ । एउटा मानवलाई मनोरञ्जनको साधन वनाएको छ । पैसा तिरेपछि मनोरञ्जन लिनपाउने संस्कार वनाएको छ । ठाउँठाउँमा डिस्को डान्सवार,दोहोरी साँझ,मसाज सेन्टर,जुवातास पैसाहुनेले जेपनि गर्न पाउने सँस्कारले क्रान्तिमा लागेका नेताहरुसमेत पैसा हातमा परेपछि त्यतैतिर लम्कीने खतारा वढार्ईदिएको छ । अहिले हिजो जनयुद्धमा लागेका साथिहरुसमेत पैसा कमाउन मरिहत्य गरिरहेका छन । कीनकी त्यो पूँजीवादी सँस्कारको लाभको भुतले उहाहरुलाई समेत तानिरहेकोेछ । धेरै कम्युनिस्ट नेताहरु समेत यो सँस्कारवाट अछुतो छैनन । पँजीवादी सँस्कारको मुख्य उदेश्य नै यहि हो सवै क्रान्तिकारी नेताहरुलाई समेत यो सँस्कारको मातमा डुवायर लट्ठ वनाउने र विचार राजनिति र आदर्शवाट च्युत वनाएर पूँजीवाद नै आदर्श व्यवस्था हो भन्न लगाउने गराउँछ । अहिले नेपालमा पूँजीवादी धर्मसंस्कारको नाममा श्रमिक जनतालाई क्रान्तिकारी राजनीति र क्रान्तिकारी पार्टीबाट फर्काएर धर्मको अन्धतातिर धकेल्ने प्रयत्न गरिरहेको छ र सहिकुरामा पर्दा हालेर गलत सँस्कारले लपेटीरहेको छ यो नै तिक्रियावादी,साम्राज्यवादी, दलाल पूँजीवादी सत्ताको संरक्षण गर्ने खेल हो । नेपालमा धेरै कम्युनिस्ट नेताहरु जीवन भरि वर्गसँघर्षमा भाग लिएर मर्नेवेलामा काँग्रेस भएर मर्न वाध्य भएकाछन । हुन त अरु कारण पनि होलान मुख्य गरि यो पनि पूँजीवादी धर्म सँस्कारको सिकार भएको मान्नु पर्छ
धर्मद्धारा साम्राज्यवादी प्रवेश ।
सम्राज्यवादले धर्मसँस्कार र सँस्कृतिको वाहानामा आफुभन्दा साना देशहरुमा राजनिति घुसाउने प्रयत्न गर्दछ । सक्रीय पूजिवाद स्थापीत गर्ने, नसकिए आफ्नो उपनिवेश कायम गर्ने, साना देशहरुमा साम्राज्यवादी राजनीति प्रवेश गराउने र धार्मिक राजनीतिद्वारा नियन्त्रण गर्ने अनि श्रमिक जनतालाई नै साम्राज्यवादीको दास बनाउने साम्राज्यवादीहरुको योजना छ । त्यसका लागि देशको राजनितिमा नै हस्तक्षेप गर्ने यो निकै खतरनाक खेल हो जुन अमेरिकाले साना देशहरुमा निरन्तर प्रयत्न गरिरहेकोछ । नेपालमा क्रिश्चियन धर्मको व्यापक विस्तार गरि नेपाल परिवार दल नै खोलेर साम्सद नै वनाएको हामीले वुझेकै कुरा भयो, कहिले उज्वल थापा,कहिले रविन्द्र मिश्र यीनीहरुवाट पनि काम नभएपछि अहिले रविलामीछानेको पार्टी नै वनाएर अगाडि वढाएको छ यस्लेपनि नपुगेर स्वर्णिम वाक्ले र गगनहरुलाई मिलाउने प्रयत्न गरिरहेको छ । अमेरिकन गुप्तचर सँस्था सी आई ए को निर्देशनमा साम्रज्यवादी देश अमेरिकाले नेपालको सुन भन्दा चार सय गुणा महंगो युरोनियम अणवीक तत्त्व लिनकालागि mcc हुँदै प्रबेस गरिरहेको छ । यो धर्मसँस्कार र संस्कृतिको नाममा साम्राज्यवादी देशले आफ्नो पूँजीवादी व्यवस्थालाई वलियो वनाउन,आफु भन्दा साना देशहरुको प्राकृतिक स्रोतसाधन कव्जा गर्न लागी पर्दछ यदि यो धर्मसस्कारवाट भएन भने प्रत्यक्ष सैने हस्तक्षेप गरेर कव्जा गर्दछ । यो इराक र अफगानस्थानमा तेल कव्जा गर्न र कंगोमा हिरा कव्जा गर्न गरेको सैने आक्रमण हेर्दा सहजै वुझ्न सकिन्छ ।
निष्कर्श
साम्राज्यवादी देशले पूँजीवादी व्यवस्थालाई विश्व भरि स्थापित गरि श्रमिक जनतालाई दास वनाउन र आफ्नो लुटको संसार वचाउन धर्म सँस्कार र सँस्कृति मार्फत आईरहेको छ । महिलाहरुलाई मनोरन्जनको साधन वनाएको छ र चौवाटोमा नग्याएको छ । युवाहरुलाई नसा सेवन गरि डान्सवार,दोहोरीसाँझमा कैद गरिदिएकोछ । क्रान्तिकारी जनतालाई यथार्त ज्ञानवाट च्युत गरि पुँजापाठमा,धार्मीक अन्धविश्वासमा कैद गरेर विद्रोही चेताना मेटाई दिएको छ । धर्मको नामवाट राजनितिक हस्तक्षेप गरेको छ ।
जनतालाई भ्रमित वनाउने यो पूँजीवादी धर्म,सँस्कार सँस्कृति जमीन मुनि गड्नु पर्छ त्यसका विरुद्ध हामीले अनुसन्धान गरेको सी समाजको संस्कार सँस्कृति लागु गर्नु पर्दछ । सी समाजले समाजमा भएका सवै पूँजीवादी सँस्कार सँस्कृति खारेज गर्नु पर्दछ र अहिले हामीले जन्म,विवाहा र मृत्यु सँस्कार तयार गरिसकेका छौ यसको व्यपक प्रचार र हामी आफैले कडाई पुर्वक कार्यन्वयन गर्नु पर्दछ । थप सँस्कार र सँस्कृतिको हामीले विकास गरि लागु गर्न लगाउनु पर्दछ । त्यसपछि मात्र यो दलाल पूँजीवादी धर्म,सँस्कार,सँस्कृति सदाको लागि यो धर्तिवाट खारेज हुनेछ । तवमात्र साम्राज्यवादको आदर्स ब्यबस्थ भनियको जनबिरोधी दलाल पूँजीवादको अन्त्य गरि वैज्ञानिक समाजवाद लागु गर्न सक्नेछौ ।
धन्यवाद ।