समाजवाद स्थापनाको लागि सवै कम्युनिस्टहरु एक हुनुपर्छ – सम्पादकीय

समाजवाद स्थापनाको लागि सवै कम्युनिस्टहरु एक हुनुपर्छ
नेपालको अन्तरविरोध परिवर्तन भएको छ । नेपालमा पहिला भारतिय साम्राज्यवादको प्रत्यक्ष हस्तक्षेप थियो भने अमेरीकाले आफ्ना प्रतिनिधिहरु मार्फत अप्रत्यक्ष हस्तक्षेप गरिरहेकोमा अहिले त्यो परिवर्तन भएर अमेरिका प्रत्यक्ष हस्तक्षेपमा उत्रेको छ आफ्ना सेना र एमसीसी प्रोजेक्ट लिएर आएको छ । संसारका प्राकृतिक स्रोतसाधन सवै कव्जा गर्ने उसको हेपाहा दृष्टिकोण छ । नेपालमा अहिले एकपार्टीले मात्र लडेर अन्तरविरोधको समाधान दिन सकीने अवस्था छैन । नेपालमा अहिलेको अन्तरविरोधको हल गर्न कम्युनिस्ट,समाजवादी,लोकतान्त्रिक गणतन्त्रवादी र देशभक्त शक्तिहरुको वलियो एकता चाहिएको छ । यो एकताले मात्र अहिलेको अमेरिकी साम्राज्यवादको हस्तक्षेपका विरुद्ध प्रतिरोध गर्न सकिनेछ ।
अहिले देश निकै गंभीर अवस्थामा छ । पुँजीवादी त्तत्वहरु मुख्यतः भूमण्डलीकृत अमेरिकी साम्राज्यवाद–युरोपियन साम्राज्यवाद–भारतीय साम्राज्यवाद र नेपालका दलाल पुँजीवादी शक्तिहरु नेपालमा दलाल पुँजीवादको असफलता र संकटलाई दलाल पुँजीवादी सत्ता सुदृढकै लागि प्रयोग गर्ने षड्यन्त्रमा लागिरहेका छन । त्यसका लागि उनीहरुले सत्ता संकटलाई पुराना संसद्वादी पार्टी र पात्रहरुको असफलता बताउँदै, नयाँ पुँजीवादी संसदवादी दल र पात्रहरुलाई अगाडि ल्याउने, गैरकम्युनिस्ट जनमत भत्काएर कम्युनिस्ट मत वृद्धि गर्ने, पुराना गठबन्धन भत्काएर नयाँ गठबन्धन सृजना गर्ने, पुराना दलालहरुको ठाउँमा नयाँ दलालहरु खडा गर्ने र जनतालाई भ्रमित गरेर क्रान्तिलाई अबरोध गर्ने चाल प्रयोग गरिरहेका छन् । पछिल्लो समय उदय भएका नयाँ पार्टीहरु र सत्ताको लागि उनिहरुले गरिरहेको वार्गेनिङ् अथवा सरकारमा भएको सहभागिताले पुरानो पार्टी काग्रेसमा भएको रुवाबासी विरोधको नाममा गरेका विरोधले यही तथ्य उजागर गर्दछ ।
संसदिए व्यवस्था प्रति जनता असन्तुष्ट बनिरहेको तर क्रान्तिद्धारा समाजवाद नआईसकेको अवस्थामा प्ुँजीवादी संसदिय व्यवस्थामा नै जनताले चित्त वुझाउनु पर्ने अवस्था छ । तर त्यस्तो विकल्पले जनतालाई अन्ततः सन्तुष्ट बनाउन नसक्ने र क्रान्तिकारी विकल्पमा केन्द्रित हुन आइपुग्ने परिस्थिति बन्ने निश्चित छ । रवि लामिछानेले “व्यवस्था होइन अवस्था फेर्ने” भनेर दिएको अभिव्यक्तिले स्पष्ट गर्दछ कि उनीहरु देशको राजनैतिक एवं दीर्घकालिक विकल्पमा जाने सम्भावना त कमै देख्रिन्छ तर समाजवाद ल्याउँ भन्दा फर्की हाल्ने अवस्था छैन । उनिहरुको परिपक्क राजनितिक धरातल छैन केवल शहरीया युवा पुस्ताको गतिशील चाहना र हुटहुटीको अस्थायी परिणाम मात्र हुन, अन्तिममा सवैमा यो संसदिय व्यवस्था नै संकटको मूल कारण भएको चेतना बन्न पुग्नेछ, र सवै समाजवादको निर्वीकल्प यात्रामा अनिवार्य जानुपर्ने अवस्था आउँदै छ ।
विश्वमा चलिरहेका युद्धका कारण बढ्दै गएको आर्थिक मन्दी र नेपालमा दलाल पुँजीवादी सत्ताको परनिर्भर अर्थसम्बनधका कारण नेपाली अर्थतन्त्र संकटतिर धकेलिरहेको छ । अत्यधिक आयात, व्यापार घाटा, चल पुँजीको अभाव, उत्पादनमा कमी, निगम एवं दलाल पूँजीको अतिक्रमण जस्ता कारणले साधारण नागरिक मात्र होइन उद्योग व्यवसायी, व्यापारी वर्ग पनि छट्पटाउन थालेका छन् । यसले राजनैतिक क्षेत्रमा समेत चरम अस्थिरता ल्याउने अवस्था बनिरहेको छ । देशको अर्थराजनैतिक वस्तुस्थितिले केही गंभीर चुनौंति ल्याउने छ भने केही अवसर पनि प्राप्त हुनेछन् । चुनौति दुईवटा देखिन्छन् भने अवसर पनि त्यतिकै छन् । पहिलो चुनौंति विदेशी साम्राज्यवादी, पुँजीवादीहरुको हस्तक्षेप, चलखेल र अतिक्रम बढेकोछ, दोस्रो देशभित्र लेनदेन, साँठगाँठ, भ्रष्टाचार, यथास्थिति, अराजकता, स्वयच्छाचारिता, दलालीकरण बढेकोछ । दुवै समस्यालाई क्रान्तिकारी शक्तिले नरोक्ने हो भने देश झन धेरै नवऔपशीकरण बन्ने, आर्थिक रुपले टाटपल्टिने, अराजकता र असुरक्षा बढ्ने खतरा छ । यसको सहि समाधान दिन पनि क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वमा राष्ट्रिय एकता आजको आव्यश्यक्ता टट्कारो वनिरहेको छ र समाजवाद नै आजका तमाम समस्याहरुको सहि समाधान दिने अचुक व्यवस्था हो भन्ने सवै पक्षेमा अनिवार्य परेको छ जुन समाजवादीहरुको लागि यो सकारात्मक कुरा हो ।
हरेक संकटले संघसँगै अवसर पनि वोकेर आएको ह्ुन्छ अहिलेको संकटले ल्याएका अवसर पनि निकै महत्वपूर्ण छन् । पहिलोमा जनतालाई संसदीय व्यवस्थाको विरुद्ध अग्रगमन, परिवर्तनतिर डो¥याउन सहज हुनेछ, दोस्रो राष्ट्रिय स्वाधीनताको पक्षमा देशका प्रगतिशील, वामपन्थी, देशभक्त शक्तिहरुलाई विगतमाभन्दा फराकिला मोर्चामा आबद्ध गर्ने संभावना बढेर गएकोछ । क्रान्तिकारीहरुले चुनौतिहरुलाई गंभीरप्रकारले लिदै अवसरहरुलाई सफलतामा बदल्न जोड दिनु पर्दछ र नेपालको हकमा कम्युनिस्टहरु आजको दिनसम्म सफल नै देखिन्छन ।
आजको विश्व परिस्थिति विस्फोटक अन्तर्विरोधहरु, तनाव र युद्धबाट गुज्रिरहेको छ । बहुशक्ति केन्द्रहरु आ–आफ्नो शक्ति सुदृढ गर्न र धु्रव बलियो बनाउन तल्लिन छन् । रुसले निरन्तर अमेरिकी एकधु्रवीयताका विरुद्ध कडा अभिव्यक्तिका साथ सङ्घर्ष गरिरहेको छ, चीनले अमेरिकी एकधु्रवीय प्रवृत्ति र संरक्षणवादका विरुद्ध सङ्घर्ष चलाइरहेको छ भने व्रिटेन, युरोप, भारत, टर्की, इरानआदिले आ–आफ्ना धारणाहरुसहित सङघर्ष गरिरहेका छन् । युक्रेन युद्ध नयाँ चरणमा प्रवेश गरेको छ, ताइवान तनाव चर्किदो छ, चीन र भारतबिचका पनि सङ्घर्ष कायमै छ । युद्ध, तनावको कारण विश्व अर्थतन्त्रमा मन्दी देखा परिरहेको छ । आर्थिक मन्दी बढ्दै गएमा नेपाल जस्ता गरिब देशहरुले राजनैतिक र आर्थिक क्षेत्रमा अपूर्व संकट र विपत्तिहरु भोग्नु पर्ने वाध्यकारी अवस्था पैदा हुँदैछ ।
साम्राज्यवादी शक्तिहरुबिचका सङ्घर्ष र युद्धले साना देशहरुका राजनैतिक अस्तित्व संकटमा पर्ने खतरा छ भने आर्थिक रुपले टाट्पल्टिने चुनौंति छ । सारमा साना तथा गरिब देशहरुले नवउपनिवेशको खतरा खेप्नुपर्ने हुन सक्छ । यदि विश्वका कम्युनिस्टहरुले आ–आफ्ना देशका विशिष्टतालाई वस्तुवादी प्रकारले पकडेर क्रान्तिको तयारी गर्न सके विश्वमा साम्राज्यवाद–दलाल पूँजीवादको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना गर्ने राम्रो संभावना छ । कम्युनिस्टहरुले विश्वको यो विशेषतालाई नेपाली क्रान्तिमा बदल्न निरन्तर लाग्नु पर्दछ । अहिले नेपालका सवै कम्युनिस्ट,वामपन्थी,लोकतन्त्रवादी र देशभक्त शक्तिहरु एक हुने अवस्था आएको छ । नेपालवाट संसदिय व्यवस्था फालेर समाजवादी व्यवस्था सथापना गर्ने नेपालका कम्युनिस्टहरुका विचमा एक सुनौलो अवसरका रुपमा आएको छ । यतिवेला हामीले एकता नगरे आम्रो अवसर पुरै पूँजीवादीहरुले लुट्नेछन र जनताको चाहानामा कुठाराघात हुने छ । अहिले सवै कम्युनिस्ट पार्टीहरुका सानातिना कम्जोरिहरुलाई माफि दिएर सवै एक हुन जरुरी छ । व्याक्तिगत दोष थुपारेर एकअर्कामा वैमनस्यता प्रगर्ट गर्ने होईन की हामीसवै एक भएर समाजवाद स्थापना गर्यौं भने हामी कम्युनिस्ट भएको अर्थ रहेने छ र नेपालमा निकट भविश्यमा समाजवादी व्यवस्था स्थापना हुन कसैले रोख्न सक्ने छैन । समाजवादका लागि कम्युनिस्ट एकता आजको आवश्यक्ता हो र यसलाई नेपालका सवै कम्युनिस्टहरुले मनन गर्नुपर्छ ।

बिज्ञापन
No data was found

 

बिज्ञापन

पढ्न छुटाउनु भयाे कि ?

गोरूझैँ जोतिएर देशको सेवा गर्ने चाहना छ : विप्लव सी 

जेन–जेड आन्दोलनको मागमा विप्लव सीको समर्थन : राजनीतिक संकटको निकास सर्वपक्षीय सरकार

जेनजी आन्दोलनको नाममा आगजनी गर्नेहरूमाथि कारबाही माग

कम्युनिष्ट आन्दोलन समाप्त पार्ने साम्राज्यवादी योजना सक्रिय रहेको विप्लव सीको दावी

रोसिङटनको शतकसँगै पोखराको दोस्रो जित, कर्णाली प्लेअफबाट बाहिर

दैलेखलगायत देशभर नेकपाको मसाल जुलुस सम्पन्न

सुकेधारामा झलनाथ–घनश्याम समूहको छुट्टै भेला, ८४ नेता सहभागी

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे