Search
Close this search box.

सी संस्कृति भित्रको जन्म,विवाह र मृत्यु संस्कार यस्तो छ

भदौ ५काठमाडौं -: सी संस्कृतिमा विकास गरेको जन्म,विवाह र मृत्यु संस्कारलाई सवैले लागु गरौं
नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेसनवाट सी जातीको विकास गरेर लिने निर्णय एकमतले पारित भएर निरन्तर लागु भईरहेको छ । सी जातीकोवारेमा हामीले यो समाजवादी सन्देशको त्रैमासिक अंकमा व्यापक जानकारी दिएका छौं र यो ई-पेपरमा हामीले सी जातीले विकास गरेको सी सस्कारको वारेमा विशेषगरि जन्म मृत्यु र विवाहा संस्कृति के हुने भनेर विशेष जानकारी दिनेछौं । आध्यात्मवादीहरुले विकास गरेका जन्म,विवाहा र मृत्यु संस्कारहरु आआफ्नै जातजाती र धर्मअनुरुप छन । हिन्दुहरुको संस्कार र मुस्लीमहरुको संस्कारमा ठिक उल्टो नै छ । भने केही जातजातीका केही संस्कारहरु मील्न पनि जान्छन । जेहोस यो इश्वरीय चिन्तनमा आधारित सवै संस्कारहरु पूरै अव्यावहारिक, अवैज्ञानिक र मानव जातीको विरुद्धमा छन । संस्कार संस्कृतिले मानव जातीलाई वैज्ञानिक चेतनाले भरिपुर्ण वनाउने,आनन्द पैदागर्ने र सिंगो मानवसमाजको निरनतर सेवागर्ने संस्कृति हुनु पर्छ तर आदर्शवादी दृष्ट्रिकोणवाट सञ्चालित सवै धर्म संस्कार संकृतिहरु विकृत भए । जसले मानवीय सद्भाव भन्दा पनि छुवाछुत जस्तो मानवअपराध नै गर्ने आलको वातावारण तयार पार्यो । हामीले भाषण गरेर यो जातिय उत्पिडन अन्त्य नहुने भएपछि यो समाजलाई नै एउटा जातको रुममा विकास गर्नुपर्छ त्यो भनेको सी जाती हो र सवै कम्युनिस्टहरुका पछाडी सी लेखेर जानुपर्छ भन्यौं र कार्यन्वयन गरेर गयौं । आज एतिले मात्र नपुग्ने भएपछि हामीले आफ्नै संस्कार निर्माण गनुपर्ने भएपछि कम्युनिस्ट सँस्कृति सुस्पष्ट, ठोस, सरल र व्यवहारिक हुनुपर्दछ भन्नेमा हामीभित्र निकै राम्रो बहस भएको छ । हामीले नयाँ संश्लेषण पनि गरेकाछौ सी जातिको जन्म विवाहा र मृत्यु छुट्टै संस्कार निमार्ण गरि लागु गर्दै आएका छौं र हाम्रो संश्लेषणको नयाँ प्रभावहरु व्यापक बन्दै गएका पनि छन् । तथापि हामीले संस्कारकोक्षेत्रमा हामीले धेरै कामहरु गर्न बाकि छन् । कम्युनिस्ट जीवन पद्दति, अध्ययन एवं श्रमकार्य, निजी, पारिवारिक एवं सामाजिक कामहरु, राजनैतिक एवं सङ्गठनात्मक कार्यहरु सबै हाम्रा सँस्कृतिभित्र पर्दछन् । हामीले यी सबै क्षेत्रमा कस्ता नीति र व्यवहारहरु प्रस्तुत गर्ने ठोस गर्दै बढ्न जरुरी छ । र हाम्रो पार्टि निरन्तर अगाडि वढिहरेको छ ।
समाजमा राजनैतिक लडाइभन्दा साँस्कृतिक लडाइ कठिन हुन्छ । वर्ग सङ्घर्षभन्दा साँस्कृतिक सङ्घर्ष पेचिलो हुन्छ । राजनैतिक लडाइमा सहज एवं खुशीका साथ सहयोग गर्ने परिवार र समाजले पनि साँस्कृतिक लडाइमा त्यति सहज साथ दिने अवस्था हुँदैन । राजनैतिक लडाइले समाजलाई जति तिखो प्रभाव पार्दछ साँस्कृतिक लडाइले परिवारलाई समेत प्रभाव पार्दछ । तसर्थ हामी कम्युनिस्टहरुले पुराना सँस्कृतिहरुको विरोध मात्र गर्ने नगरी पुरानाको विकल्प नयाँ के हो ठोसरुपले दिनुपर्छ । हामीले दिने नयाँ सस्कृतिको विकल्प पुरानोभन्दा अग्रगामी, असल र सरल हुनुपर्दछ । साँस्कृतिक लडाइ सयौं बर्षसम्म चलाउनु पर्नेछ र यो लडाई हाम्रो सुरुवात मात्रै हो । जीत्न त वाकी नै छ ।
विचारलाई भौतिकवादी एवं वैज्ञानिक बनाउनु, जीवनलाई अध्ययन र श्रममा जोड्नु, राजनैतिक कार्यलाई उत्पादन कार्यमा जोड्नु, निजी जीवनलाई सामाजिक जीवनसँग जोड्नु, पुरानो जातिलाई नयाँ सी जातिमा रुपान्तरण गर्नु र पुरा सँस्कृतिलाई नयाँ जनसँस्कृतिमा बदल्नु साँस्कृतिक कार्यका क्षेत्र हुन । पार्टीले नवौंमहाधिवेशनमा पास गरि तेस्रो केसको पुर्णवैठेकवाट नीतिमा ढाल्ने एक एैतिहासीक काम गर्यो र सँस्कृतिमा हामी कम्युनिस्टको जन्म, विवाह र मृत्यु सँस्कृति कस्तो बनाउँदा बढी वैज्ञानिक, व्यवहारिक, सरल र प्रभावकारी होला भन्ने वहस चलाएर सी जातिले शिसु जन्मिदा खुसियालीमा बधाई दिने कार्यक्रम गर्ने, छ महिनामा सुस्वास्थ्य र शुभकामना प्रदान कार्यक्रम गर्ने । विवाह गर्दा सबै सी जाति जुटेर खुसियाली मनाउने र शुभकामना आदानप्रदान कार्यक्रम गर्ने पृतिकोष निर्माण गर्ने सरल सहज प्रकारको गर्ने । सी जातिका सदस्य या आफन्तको मृत्यु हुँदा पहिलो दिन शोक सभा आयोजना गर्ने, असाहेहरुलाई सहयोग गर्ने, दोस्रो दिन त्रीरोपण (एउटा फुल, एउटा फल र एउटा जडीबुटीको बरुवारो यण) गर्ने, तेस्रो दिन गरिव असहायहरुलाई सहयोग वितरण कार्यक्रम गर्ने, चौथो दिन कोष खडा गर्ने र पाँचौं दिन श्रद्धाञ्जली सभा कार्यक्रम गर्ने नीति वन्यो । सी जातिका सबै मृतक आफ्न्तहरुको संझनामा असोज २५ गते देशभरी नै विभिन्न रचनात्मक कार्यक्रम गरेर स्मृति सभा आयोजना गरि मृतकहरुका सम्झना गर्ने कार्य गर्ने नीति वनेर लागु भईरहेको छ ।
सी संस्कार लागु भईरहेको छ । यसले नयाँ तरंग पैदा गरेको छ । यो सी लेख्नेकाम पार्टी भित्रका सवैकार्यकर्ताहरुले लागु गर्ने गरेका छन । हाम्रो सी संस्कार लोकप्रीय पनि वन्दै गईरहेको छ जुन सामान्य जनताले पनि यो संकृति मनाइरहेका छन । पूँजीवादी भड्कीलो संस्कारवाट आजित,धेरै दाइजो दिनुपर्ने, संस्कार गलत भएको र यो सी संस्कार राम्रो भएको प्रतिक्रीया आम नागरिकवाट प्राप्त भएको छ । धेरै जनताहरुको सकारात्मक सहभागिता हाम्रो तिनवटै संस्करमा उत्साहासाथ सहभागि भएकाटन । सी संस्कृति आम जनताको आदर्श संस्कृति वन्ने निकै सम्भावना छ । यो संकृति अहिले नेपाली समाजमा एक वहसको विषय वनेको छ । यसले नेपाली जनतालाई सहज र सरल तरिकाले जोडेर लिने राम्रो सम्भावना दिेखिएको छ । नेकपाका हरेक कार्यकर्ता सुभचिन्तक, र आफन्तहरुले सजिलै सी संकारलाई आत्मसाथ गरेर उत्साहाजनक सहभागि भईरहेका छन । (संकलक समाजवादी सन्देश सम्वाददाता )

बिज्ञापन

पढ्न छुटाउनु भयाे कि ?

नेकपा नेतृत्वको ध्रुवीकरण जनताको पक्षमा छ: विप्लव सी

सरकारको आयु धेरै छैन : प्रचण्ड

गगन र विश्वप्रकाशको सत्ता मोह : युवा भए पनि चेतना बुढो

थारू समुदाय माघीको तयारीमा व्यस्त

जलवायु परिवर्तन र व्यापार दीगोपन: साझा पहलमा सम्मेलन सम्पन्न

रवि लामिछाने ६५ लाख धरौटीमा छुटे अदालतको आदेशले: कसुरदार नरहेको प्रमाण देखेन

संसदीय समितिमा प्रेम सुवाल र राजकिशोर यादवबीच विवाद

विध्यालय मर्ज गर्ने नीति विश्व बैंकको शिक्षा सुधार कार्यक्रमसँग जोडिएको छ , जुन असफल सिद्ध भएको छ