एमाले कांग्रेस मिलेर सरकार बनाउनु गलत भएको :- बामदेव गौतम

भदौ ७, काठमाडौं :- राष्ट्रियसभा सदस्य बामदेव गौतमले नेकपा एमाले पार्टीले कांग्रेससँग मिलेर सरकार वनाउनु गलत भएको बताएका छन् ।
बिहीबार राष्ट्रियसभामा बोल्दै उनले शासन सत्ता हातमा लिनकै लागि जथाभावी गर्न नहुने धारणा राखेका हुन् । कांग्रेस र कम्युनिस्ट पार्टीको छुट्टाछुट्टै सिद्धान्त र मूल्य मान्यता रहेको भन्दै केवल सत्ताका लागि जथाभावी गर्न नहुने वताएका छन ।
‘तपाईं जुन मूल्य मान्यता अगाडि सारेर, जुन योजना बनाएर आउनुभएको छ त्यही बाटोमा हिँड्नुपर्छ, लतारेर ल्याउनुहुन्न, एक छिनको सुख शान्ति लिने, नेतृत्व लिने, नेता बन्ने, प्रधानमन्त्री बन्ने, राष्ट्रपति बन्ने शासन आफ्नो हातमा ल्याउन जे पनि गर्ने ’ नेता गौतमले भने ।
विगतमा निरंकुश राजतन्त्र अन्त्य गर्न र संविधानसभाबाट संविधान बनाउन कांग्रेस र कम्युनिस्ट मिल्नु ठीक भए पनि सरकार चलाउन मिल्नु उपयुक्त नहुने उनले बताए ।
‘जसबेला मिल्नुपर्ने थियो, त्यसबेला हामी मिल्यौँ । निरंकुश राजतन्त्रको अन्त्य गर्नका लागि हामी मिल्यौँ । संविधान सभाको आयोजना गर्नका लागि हामी मिल्यौँ । एकदम सही छ । निर्वाचनमा जाँदा पनि मिलेको छ, सरकार चलाउँदा पनि मिलेको छ । चुनाव घोषणापत्र छुट्टाछुट्टै ल्याएको छ । जनताले कसरी जाँच्ने ’ गौतमले सोधे ।
कांग्रेससँग मिल्नुपर्छ भनेर कम्युनिस्टको कुनै सिद्धान्तमा भनेको भए आफूलाई देखाइदिन पनि उनले आग्रह गरे । ‘कम्युनिस्ट पार्टीको सिद्धान्त छ, हिँड्दा पनि, बोल्दा पनि, काम गर्दा पनि सिद्धान्त अनुरुप हुनुुपर्छ’, नेता गौतम केपीशर्मा वलिलाई इंकीत गर्दै भने । कम्युनिस्ट भएपछि आफ्नो शिद्धान्तमा वस्नु पर्ने उनको तर्क छ ।

बिज्ञापन

 

बिज्ञापन

पढ्न छुटाउनु भयाे कि ?

आमाको नामबाट नागरिकता पाउन दशकदेखि संघर्ष, अदालतकै आदेश पनि सुनुवाइबिहीन

गभर्नर नियुक्तिमा योग्यता होइन, ओली–देउवा सहमति मुख्य आधार

सभामुख र सरकारका प्रवक्ताका विवादास्पद अभिव्यक्तिले आन्दोलनरत शिक्षक थप निराश

आईपीएल २०२५: आज वाङ्खेडे स्टेडियममा मुम्बई र हैदराबाद आमनेसामने

२४ घण्टादेखि विद्युत अवरुद्ध, धनुषा, महोत्तरी र सर्लाहीका बासिन्दा समस्यामा

मन्त्रिपरिषद्को निर्णय: वैशाख १२ गते संसद् अधिवेशन आह्वानको सिफारिस

२५ करोड बराबरको विदेशी मुद्रा बरामद प्रकरण: ट्रक चालक र मालिकविरुद्ध मुद्दा दायर

ललितपुरमा दाइद्वारा बहिनीको हत्या, शव पानीको ट्यांकीमा फेला