सुख्खा पहिरो खसेपछि बाटो अवरुद्ध

भदौ ८, पाल्पा । सिद्धार्थ राजमार्गको पाल्पा– बुटवल सडक खण्डमा सुख्खा पहिरो गएपछि वाटो अवरुद्ध भएको छ । शनिवार दिउँसो पाल्पाको सिद्धबाबामा खसेको सुख्खा पहिरोले पाल्पा–बुटवल सडक अवरुद्ध भएको हो ।
सुख्खा पहिरोमा पुरै वाटो छेक्ने गरि ठुला  ढुंगाहरु असेकोले वाटो पन्स्याउन नसक्दा वाटो अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका हवल्दार नवीन भण्डारीले जानकारी दिएका छन ।
दुईवटा ठुला जेसीवी मेसिनले पहिरो हटाउन सुरु गरे पनि ठूला ढुंगासहितको पहिरो भएकाले बाटाे सुचारु गर्न दिन भरिनै लाग्ने भण्डारीले बताए,अहिले पनि ढुङ्गासहितको पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो सफा गर्न समस्या भईरहेको स्थानिय प्रहरीले जानकारी दिएका छन ।

बिज्ञापन

पढ्न छुटाउनु भयाे कि ?

“एनपीएल: सुदूरपश्चिमको लगातार दोस्रो जित”

उपनिर्वाचनमा माओवादी जनमत वढेको संकेत

 क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन : विद्रोहको कार्यदिशा पारित 

माओवादी नेता नारायणकाजी श्रेष्ठको चीन भ्रमण: दक्षिण एसियाली मुद्दामा छलफल गर्ने तयारी

रवि र छविका विरुद्ध पर्सामा पक्राउ पुर्जी

दक्षिण कोरियामा ६ घण्टा पनि टिकेन सैनिक शासन

उपनिर्वाचन नतिजापछि एमालेमा निराशा, माओवादीको प्रगति

प्रधानमन्त्री ओलीको चीन भ्रमण: नेपाल-चीनबीच भएका ९ प्रमुख सहमति र समझदारी