सर्पले टोक्दा कैलालीकी काजलको मृत्यु

भदौ ८, धनगढी । सर्पले टोक्दा कैलालीमा एकै घरका दुई बालिकाको मृत्यु भएको छ आज दिउँसो गौरीगंगा नगरपालिका–७ महुलिया बस्ने स्थान घर्तीमगरकी छोरीहरु ७ वर्षकी काजल घर्ती मगर र ४ वर्षकी नीता घर्तीमगरको मृत्यु भएको हो ।                  सर्पदंश
भुइँतलाको खाटमा सुतेका काजल र उनकी वहिनीलाई सर्पले टोकेको थियो । सर्पले टोक्नावित्तिकै सेती प्रादेशिक अस्पताल लगेर उनीहरुको उपचार गर्दा गर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर विष्टले जानकारी दिए । उनका अनुसार सर्पको टोकाईबाट बालिकाकी हजुरआमा ५५ वर्षकी रिजु घर्तीमगर घाइते भएकी छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचारका भइरहेको छ ।
कैलालीमै सर्पदंशवाट अरु ३ जना पनि घाइते
शनिबार सर्पकै टोकाइबाट कैलालीमा अरु तीन जना पनि घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–१ बस्ने १३ वर्षीय उपेन्द्र केसी, गौरीगंगा नगरपालिका– ५ का १४ वर्षीय हेम बोहरा र जोशीपुर गाउँपालिका–३ कि ३४ वर्षीया उर्मिला कठरिया घाइते भएकीहुन ।
उनीहरूमध्ये केसी र बोहराको सेती प्रादेशिक अस्पतालमा र कठरीयाको मसुरियास्थित सर्पदंश उपचार केन्द्रमा उपचार भइरहेको छ । गर्मी संघसगै वर्षा परिरहेकोले सर्पदंशको धेरै सम्भावना रहेकोे र तराईमा वस्ने सवैलाई सुरक्षित रहनकालागि एसपी विष्टले सवैलाई अनुरोध गरेका छन ।

बिज्ञापन
No data was found

पढ्न छुटाउनु भयाे कि ?

दैलेखलगायत देशभर नेकपाको मसाल जुलुस सम्पन्न

सुकेधारामा झलनाथ–घनश्याम समूहको छुट्टै भेला, ८४ नेता सहभागी

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे

बागमती प्रदेश सरकारद्वारा ३ अर्बभन्दा बढी खर्च कटौती गर्ने निर्णय

नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक, डेटा सुरक्षित रहेको काउन्सिलको दाबी

राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभा अध्यक्ष दाहालको भेट, आईपीयू सम्मेलनबारे जानकारी

चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु, २ घाइते

वर्षातले बन्द भएको मेलम्चीको पानी पुनः काठमाडौँमा, तीन दिनको अन्तरमा पानी वितरण