भदौ ८, दैलेख : दैलेखी युवा विशाल श्रेष्ठले लोकसेवा आयोगले लिएको परीक्षामा एकैवर्षमा ६ पदमा नाम निकाल्न सफल भएका छन् ।
नारायण नगरपालिका पुरानोबजार निवासी श्रेष्ठले विभिन्न पदको परीक्षामा एकैवर्षमा ६ पदमा नाम निकाल्न सफल भएका छन । उनले वाग्मती प्रदेशअन्तर्गत इन्जिनियर प्राविधिक सातौं, संघीय सिभिल इन्जिनियर (रा.प तृतीय), संघीय बिल्डिङ एण्ड आर्किटेक्ट इन्जिनियर (रा. प तृतीय), नेपाली सेनाको उपसेनानी (प्राविधिक इन्जिनियर), नेपाल प्र
हरीको प्रहरी निरीक्षक (प्राविधिक इन्जिनियर), वाग्मती प्रदेशमा सब इन्जिनियरमा नाम निकालेका हुन् ।
हाल उनी काडमाडौं महानगरको वडा २६ मा कार्यरत छन् । विशाल भन्छन्, ‘वैशाखदेखि नजिता आउन सुरु भएको थियो म कुनै परिक्षामा फेल भएको छैन उनले भने ।’
बिज्ञापन