बालबच्चामा हुने व्यवहार तथा स्वभावका समस्याहरु (Behavioural Disorders in Children)
डा असीम श्रेष्द एमडि (पिडियाट्रिक न्यूरोलोजिष्ट)
बाल्यकाल देखि वयस्क सम्म विभिन्त स्वभाव र व्यवहारका समस्याहरु देखिन सभछन्। यी सामाजिक तनाब, वातावरण तथा विकासक्रमको संकेत पनि हुन सक्छन्। प्रायः बालबच्चामा यी समस्याहरु अस्थायी हुन्छन। तर समयमानै पहिचान र निक्र्योल गरिएन भने यसले परिवारमा नकारात्मक र दीर्घकालीन असर पार्न सक्छ । साधारणतया बालबच्चामा देखिने व्यवहार तथा स्वभावका समस्याहरु निम्न हुतः
१. औला चुस्ने (Thumb Sucking)
बाल्यकालमा यो सामान्य समस्या हो। तर यसले गर्दा दाँतको पक्तिबद्धता (Alignment) मा असर पर्न सक्छ। यो बानी कतिपयमा बिस्तारै आफै कम हुँदै जान्छ। कम नभएमा गालि गर्नुको सट्टा बच्चालाई सम्झाउने/बुझाउने र बिस्तारै कम भएको अवस्थामा प्रोत्साहन (Positive reinforcement) गरेमा फाइदा हुन्छ। तनावको बेला औला चुस्ने बानी बढी हुने भएकोले ती कारक तत्वको पहिचान गरी निराकरण गर्न तिर लाग्नुपर्छ।
२. नङ टोक्ने र हातका औलाहरु चुस्ने (Nall Biting and Finger Sucking)
स्कूल जाने बालबालिकामा यो समस्या बढि देखिन्छ। वयस्क हुने बेला सम्म यो बानी बिस्तारै कम हुदै जान्छ। यसले गर्दा दाँतमा, चपाउन र बोलीमा अप्ठेरोका साथै औला र नङमा विकृती आउन सक्छ। यो व्यवहार पनि तनावपूर्ण स्थितिलाई सहजीकरण गर्ने उपाय अवलम्वन गरे कम हुँदै जान्छ। दण्डित र गाली गरेर यसको निराकरण हुदैन । नङ र औला टोक्ने हुनाले यसको सरसफाईमा ध्यान दिनुपर्ने हुन्छ। बच्चालाई सम्झाउने बुझाउने तर्फ लाग्नुपर्छ तर वयस्कसम्म पनि यो अवस्था रहेमा बानी उल्ट्याउने प्रक्रिया (Habit Reversal Procedure) गर्न सकिन्छ ।
३. रीसको आवेश एवम् मनोवृत्ति (Temper Tantrums)
विशेषगरी १२ महिना देखि ३ वर्षका बालबालिकामा यो समस्या देखिन्छ । बच्चाले आफुले इच्छाएको कुरा नभएमा/नपाएमा चिच्याएर रुने, साँस रोक्ने, अरुलाई हिर्काउने, टाउको ठोक्ने आदि गर्न सक्छ। बोलेर आफ्नो इच्छा व्यक्त गर्न नसक्ने भएको हुनाले यी बच्चाहरु चिडिने गर्छन । बिरामी परेको, थाकेको, भोक लागेको बेलामा यो समस्या अरु बढी हुने गर्छ। यस्तो बेलामा गाली गर्नु, पिट्नुको साटो सद्भाव र परिस्थितिलाई सहज बनाउने, सम्झाउने
प्रयास गर्नुपर्छ । कहिलेकाही बच्चा सुरक्षित ठाउँमा छ भने यो बानीलाई वास्ता नगर्ने र आफु अर्को कोठामा गएर बस्नाले केही हदसम्म रीस (Temper tantrum) मा कमी आउँछ।
४. खाने सम्बन्धी विकार (Eating Disorder/Pica)
बारम्बार गैरपोषण खानेकुरा खाने स्वभाव २ वर्ष मनिका बालबालिकामा देखिन सक्छ । तर माटो, प्लास्टर, कोइला, पेन्ट खाने बानी २ वर्ष नाघे पछि पनि देखिएमा आइरनको कमी (con deficiency), जुका (worm), सिसा विषाक्तता (Lead poisoning) तथा पारिवारिक दुर्व्यवहारको सम्भावना बारे जांच गर्नुपर्ने रुन्छ। भोक, तनाव, हिंसा, मातृ अभाव, अटिजमका बच्चाहरुमा पनि यो समस्या देखिन सक्छ । यी गैरपोषण चिजहरुलाई बालबालिकाले नभेट्ने ठाउँमा राख्नुपर्ने हुन्छ वा यी चिजका वैकाचक विषाक्तरहित सामानको प्रयोग गर्नुपर्छ। नभएमा औषधिको प्रयोग गर्न सकिन्छ ।
५. आत्म सन्तुष्टि विकार (Gratification Disorder)
तीन महिना देखि ५ वर्षको बालबच्चामा देखिन सक्ने समस्या हो यो। यसमा बालबालिकाले खुट्टा सीधा र कडा बनाएर गुप्ताङ्ग विन्ने र त्यसैमा रमाउने गर्छन् । साथसाथमा अनुहारको रंग फेरिने वा आवाज निकाल्ने पनि हुनसक्छ। यसलाई छारे रोग वा पेट दुखाईको लक्षण भनेर गलत अर्थ लगाउन सकिन्छ। यौनदुर्व्यवहार, गुप्ताङ्गको समस्या, मानसिक तनावले पनि यो समस्या हुन सक्छ । यसका लागि व्यवहारिक (Behavioural) तथा विकर्षण (Distraction) उपचार गर्नुपर्ने हुन्छ। यसले भएन भने औषधिको पनि प्रयोग गर्न सकिन्छ । विभिन्न तथ्याङ्कले यस्ता बच्चाहरुमा पछि गएर ADHD (Attention Deficit Hyperactivity Disorder) को समस्या हुन सक्ने देखाएको छ ।
६. टिक्स (Tics)
यसमा गैर लयबद्ध पाराले टाउको, आंखा, मुख, घोटी, कम ईत्यादिको अनियन्त्रित चाल हुने गर्दछ । साथमा कहिलेकांती मुखबाट आवाज पनि निस्कन्छ । यस्तो चालमा बच्चाको कुनै नियन्त्रण हुँदैन। तनाव भएको बेलामा यी समस्या झन् बढी हुन्छ । समस्या बारम्बार भएमा वा बच्चाले दिनहु गर्ने काममा अप्ठेरो परेमा डाक्टरको सल्लाह लिनुपर्छ। त्यसले मानसिक तनाव, अनावश्यक रिस र आफूलाई हानी गर्ने बानी (Self harm) निम्त्याउन सक्छ । यसमा पनि व्यवहार चिकित्सा (Behavioural Therapy) बानी उल्टाउने उपचार (Habit Reversal Therapy) गर्न सकिन्छ र यसले नभएमा औषधीको प्रयोग पनि गर्न सकिन्छ।
७. Motor Stereotypes
यसमा बारम्बार शरिरको कुनै अंगको अनियन्त्रित चाल (Movement) हुने गर्दछ। जिउ हल्लाइराख्ने, कपाल चलाइराख्ने, ताली पिट्ने, दात किट्ने, टाउको हल्लाउने/ठोक्ने, औला चलाईराख्ने, आफैलाई टोक्ने यसका विभिन्न उदाहरणहरु हुन्। यो अटिजम (Autism) को लक्षण पनि हुन सक्छ। यसमा व्यवहार चिकित्सा (Behavioural therapy) ले फाईदा हुन्छ।
८. अटिजम (Autism)
बच्चाले आँखामा आँखा नजुधाउने, आफ्नो उमेरका साथीभाई संग मिलेर नखेल्ने, एक्लै खेल्न रुचाउने, दोहोरो नबोल्ने, शब्द काम दोहोऱ्याई राख्ने, आफ्नै सुरमा खेलिराख्ने आदि अटिजमका केहि लक्षणहरु हुन् । हरेक बच्चाको लक्षण फरक हुन सक्छ। समय पुग्नु अघि नै जन्मेका, जन्म तौल कम भएका, जन्मिदा ढिला रोएका वा मस्तिष्क संक्रमण भएका, आमा बुवाको उमेर धेरै नाघेका तथा अनुवांशिक (Genetics) कारणले यस्तो लक्षण देखिन सक्छ। यसको बेलामानै पहिचान र उपचार अत्यन्त जरुरी छ। यसमा विभिन्न थेरापीहरु जस्तै-बिहेवियर (Behavioural), स्पीच (Speech), अकुपेसनल (Occupational therapy with sensory integration), पेरेन्ट-चाईल्ड (Parent-child) थेरापी गर्नु पर्ने हुन्छ ।
९. ADHD (Attention Deficit Hyperactivity Disorder)
बच्चा धेरै नै चकचक गर्ने, शान्त भएर बस्न नसक्ने, आफ्नो पालो कुर्न नसक्ने, पढाईमा ध्यान नदिने, बारम्बार उही गल्ती र लापरवाही दोहऱ्याई राख्ने, उत्तेजित भई हाल्ने आदि ADHD का लक्षणहरु हुन् । यसले गर्दा पढाईमा कमजोरी पनि देखिन सक्छ र अभिभावकलाई बच्चा सम्हाल्न धेरै नै कठिन हुने गर्छ । यसमा बिहेवियरल थेरापी (Behavioural therapy) तथा विभिन्न औषधीको प्रयोग गर्न सकिन्छ ।
१०. भकभकाउने (Stuttering/Stammering)
बोल्दा खेरी भकभकाउने समस्या, पाँच प्रतिशत बच्चाहरुमा देखिन्छ । यसले बच्चाको आत्मबल (Self-confidence) मा नस आउने गर्दछ । बोल्दा खेरि बिस्तारै बोल्ने, उसको कुरा हामीले धैर्यतापुर्वक सुनिदिने, कसरी बोलेको छ भन्दा पनि के भन्न खोजेको छ भनेर ध्यान दिएर सुनिदिनाले उसमा आत्मविश्वास बढ्छ। गाली भन्दा माया र ममताले तथा उमेर बढ्दै गएपछि विस्तारै आफै ठिक हुँदै जाने समस्या हो यो। नभए Speech therapist को मद्दतले धेरै हदसम्म बोलीमा सुधार ल्याउन सकिन्छ।
११. Anxiety Disorder
विशेषगरी वयस्कहरुमा तनावका बेला विभिन्न रुपमा प्रकटिकरण हुन्छ यो समस्या। बेहोस हुने, हात गोडा काम्ने, चिच्याउने, टाउको दुख्ने, पेट दुख्ने, जिउ गल्ने/पोल्ने, निदाउन नसक्ने इत्यादि यसका लक्षण हन। यसको बेलामानै पहिचान र उपचार अत्यन्त जरुरी छ । सही परामर्श (Counselling), कोग्निटिव बिहेवियरल थेरापी (Congnitive behavioural therapy) तथा जरुरत परेमा औषधी सेवनले फाइदा हुन्छ। कहिलेकाही मस्तिष्क वा मेरुदण्डको नसा खुइलिने (Demyelination) समस्याले गर्दा पनि Anxiety का लक्षणहरु देखिन सक्छन् । त्यसो भएमा उपचारको विधि फरक हुन्छ ।
१२. Sleep Problems
दिर्घरोगी (मुटु, फोक्सो, पेट को समस्याबाट ग्रसित, अटिजम (Autism), छारे रोग (Epilepsy), ध्यान कम चचलता वढी हुने (ADHD), पढाईमा कमजोरी (Learning disability) हुने बालबालिकाहरुमा निद्राको समस्या पनि बढी हुने गर्दछ। निदाउन निकै समय लाग्ने, व्युझिराख्ने, घुर्ने, दात किट्ने, ओछ्यानमा पिसाब फुस्किने जस्ता समस्याहरु देखिन सक्छन्। यसको कारक तत्व पत्ता लगाएर निदान गर्नु उपयुक्त हुन्छ। निद्रामा डराउने, बोल्ने, हिड्नेलाई प्यारासोम्निया (Parasomnia) भनिन्छ। यो प्रायः विस्तारै उमेर बढ्दै गएपछि आफै ठिक हुँदै जान्छ। चार प्रतिशत बालबालिकामा यो समस्या किशोरावस्था सम्म पनि रहिरहन सक्छ ।
यी माथि लेखिएका बालबालिकामा साधारणतया देखिने केहि व्यवहार एवम् स्वभावका समस्याहरु हुन् । यसको बेलैमा निदान र उपचार गर्नु आवश्यक हुन्छ ।