भदौ १०, काठमाडौं : नेकपा (एमाले) केन्द्रीय सदस्य शिला यादव बिप्लवको हातबाट टीका ग्रहण गरेर नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छन् । शिला सहिद अजवलाल यादवकी जीवनसाथी तथा पूर्व सांसदसमेत हुन । आज बिहान नेकपा महासचिव विप्लवले आफ्नो निवास हरिसिद्धीमा उनलाई पार्टीमा स्वागत गरेका हुन्।






ध्रुवीकरण मन्तव्य राख्दै शिलाले एमाले पार्टीमा सहिदको अपमान भएपछि पार्टी छोडेको बताउदै अब क्रान्तिकारी पार्टीमा प्रवेश गरेको बताईन । अब क्रान्तिकारी पार्टीमा भएपछि मृत्यु पनि सन्तोषजनक हुनेछ’ उनले भनिन।मन्तव्यको क्रममा उनको आँखावाट पीडा र गर्वका आँशु झरेका थिय र वातावरण भावमय भएको थियो ।कार्यक्रममा महासचिव बिप्लव लगाएत अन्य नेताहरुको उपस्थिति थियो ।



पछिल्लो एक हप्तामा नेकपामा धुुर्वीकरणको लहर चलेको छ । देशभरीबाट विभिन्न पार्टी परित्याग गरि नेकपामा दर्जनौ नेताकार्यकर्तहरु प्रवेश गरिसकेका छन ।