भ्रष्टाचार मुद्दामा हदम्याद मान्य हुँदैन : अध्यक्ष सिंह

माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी)ले भ्रष्टाचार मुद्दामा हदम्यादको कुरा मान्य नहुने चेतावनी दिएको छ ।
अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले सोमबार एक विज्ञप्ति जारी गर्दै भ्रष्टाचारीलाई संरक्षण गर्ने उदेश्यले ल्याउन लागेको हदम्यादको विषय हामीलाई मान्य नहुने बताएकी छन ।
कांग्रेस र एमालेको गठबन्धनले भ्रष्टाचारीलाई वचाउन र संरक्षण गर्ने उदेश्यले हदम्यादको विषय उठाएको ठोकुवा गरेकी छन ।
‘भ्रष्टाचारी जो सुकै भए पनि चाँडो वा ढिलो कानुनी कठघरामा उभिनै पर्छ र उनीहरु छानबिनको दायरामा आउनैपर्छ’ सिंहले बताएकी छन् ।
‘भ्रष्टाचार निवारणसम्बन्धी ऐन २०५९ को प्रावधान संशोधन गरेर हदम्याद राख्न सरकारले अघि बढाएको विधेयक र तयारीले यो कुरा स्पष्ट संकेत गरेको अखिल (क्रान्तिकारी)ले जनाएको छ । भ्रष्टाचार गरेर अकुत सम्पती आर्जन गरेका निकटस्थहरुलाई कानुनी रुपमै उन्मुक्ति दिने उद्देश्यले आएको प्रस्ताव र तयारीप्रति अखिल (क्रान्तिकारी)ले खेद प्रकट गर्दै एक खारेज गर्न माग गरेको छ ।
विज्ञाप्तीको पुरा अंश

बिज्ञापन

बिज्ञापन

पढ्न छुटाउनु भयाे कि ?

ट्रम्प–पुटिन फोन वार्ताले युक्रेन युद्ध रोक्न सकेन

राष्ट्र बैंक गभर्नर नियुक्ति नजिकिँदा नेप्से परिसूचकमा तेजी

अर्थविद् विश्व पौडेललाई राष्ट्र बैंकको गभर्नर बनाउने प्रस्ताव कांग्रेसले ओली सरकारमा राख्यो

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममा वन क्षेत्रलाई राजस्व र समृद्धिको मुख्य आधार बनाउने नीति

नेपाली बजारमा सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

कपिलवस्तु शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी पक्राउ

कालिमाटीमा बिक्रीका लागि ल्याइएको धनियाँमा अत्यधिक विषादी भेटियो

देशभर आंशिकदेखि साधारण बदली, मेघगर्जनसहित वर्षाको सम्भावना