वैचारिक श्रेष्ठता बिना क्रान्ति सम्पन्न गर्न सकिदैन – भेषराज सी

भदौ १४, दाङ : नेपाल कम्युनिस्ट पार्टीका पिबिएम तथा स्कुलिङ विभाग प्रमुख भेषराज सीले वैचारिक श्रेष्ठता बिना क्रान्ति सम्पन्न गर्न नसकिने वताएकाछन । भदौ ५ गतेदेखि १३ गतेसम्म सञ्चालन भएको नेकपा राप्ती क्षेत्रको माध्यामिक तहको स्कुलिङकार्यक्रमा उनले वताएका हुन । समापन कार्यक्रमा वोल्दै एकीकृत जनक्रान्तिको स्कुल विश्व कम्युनिस्ट आन्दोलनको नयाँ स्कुल भएको र यो स्कुलको महत्व दूरगामी एवम महत्वपूर्ण छ । विचारमा परिपक्वता भएन भने क्रान्ति जटिल बनिदिन्छ । विचारमा एकरुपता भएन भने योजनामा एकरुपता हुँदैन, योजनामा एकरुपता भएन भने कार्यक्रममा एकरुपता हुँदैन । त्यसैले कम्युनिस्ट पार्टीमा स्कुलिङ महत्वपूर्ण पाटो हो, यसलाई गम्भीर बोध गर्नुपर्दछ ।’

बिज्ञापन

एकीकृत जनक्रान्तिको स्कुल विश्व कम्युनिस्ट आन्दोलनको नयाँ स्कुल हो यो स्कुलको महत्व दूरगामी एवम महत्वपूर्ण छ । विचारमा परिपक्वता भएन भने क्रान्ति जटिल बनिदिन्छ । विचारमा एकरुपता भएन भने योजनामा एकरुपता हुँदैन, योजनामा एकरुपता भएन भने कार्यक्रममा एकरुपता हुँदैन । त्यसैले कम्युनिस्ट पार्टीमा स्कुलिङ महत्वपूर्ण पाटो हो, यसलाई गम्भीर बोध गर्नुपर्दछ ।’

 

बिज्ञापन

बिज्ञापन

नेता भेषराज सीले पार्टीले चलाएको कम्युनिस्ट स्कुलिङले संगठनमा गति पैदा भएपछि मात्रै सफल भएको मानिने बताए ।
एक अर्को प्रसंगमा बोल्दै नेता भेषराज सीले नेकपाका महासचिव विप्लव सीका कारणले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड सुरक्षित रहेको बताएका हुन् ।आजभोलि प्रचण्डलाई आक्रमण गर्दा विप्लवले बोलिदिनु परेको छ । संसदमा माओवादीलाई हिंसावादी भनिरहँदा प्रचण्डका कार्यकर्ताहरु चुपचाप छन् । प्रचण्डलाई मुद्दा लाग्दा हामीले खबरदारी गरिरहेका छौँ तर उनकै कार्यकर्ता बोल्न सक्दैनन् । यो जे भइरहेको छ क्रान्ति पूरा नहुनुको परिणाम हो , क्रान्ति प्रतिक्रान्तिमा बदलिनुको मुख्य कारण हो । आज प्रचण्डहरु सुरक्षित छन् भने हाम्रो कारणले छन् । हामीले प्रचण्डका विरुद्ध नबोल भनेर खबरदारी गरिरहेका छौँ तर उनका मान्छे वोलेका छैनन ।’
खरानीमा फालेको झण्डालाई विप्लवले उठाएका छन्, त्यो गर्वको बिषय हो, उनले भने, ‘ विप्लवले रक्षात्मक अवस्थामा पुगेको विश्व कम्युनिस्ट आन्दोलनलाई नयाँ एकीकृत जनक्रान्तिको स्कुलले प्रज्वलित गरिरहेका छौं ।, यो बिषय गौरवको बिषय हो ’उनले थपेका छन ।

नेकपा राप्ती क्षेत्रको माध्यामिक तहको स्कुलिङ भदौ ५ गतेदेखि १३ गतेसम्म सञ्चालन भएको हो । बिहीबार पार्टीका पिबिएम आदर्श सीको अध्यक्षता एवम पार्टीका पिबिएम एवम स्कुलिङ विभाग प्रमुख भेषराज सीको प्रमुख आतिथ्यतामा स्कुलिङ सम्पन्न भएको छ । पार्टीका पिबिएम असल सी, पार्टीका केन्द्रीय सदस्यद्वय प्रयास सी, तिर्थ सी लगाएतको आतिथ्यता रहेको थियो भने पार्टीका राप्ती क्षेत्र अन्तर्गतका केन्द्रीय सदस्यहरुको समेत आतिथ्यता रहेको थियो । समापन कार्यक्रममा प्रशिक्षकहरुलाई बधाई मन्तव्य पार्टीका केन्द्रीय सल्लाहकार सुन्दर सीले व्यक्त गरेका थिए । सोही अवसरमा स्कुलिङका प्रशिक्षकहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।
पार्टीको ५ दिने स्कुलिङमा दर्शनशास्त्र, भौतिक विज्ञान, समाज विज्ञान, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका विषयमा करिब ५० जना जिल्ला स्तरका माथिल्लो तहका नेताकार्यकर्तालाई प्रशिक्षित गरिएको थियो । माध्यामिक तह स्कुलिङ कार्यक्रमको समापन सत्रको सञ्चालन पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले गरेका थिए ।

पढ्न छुटाउनु भयाे कि ?

आमाको नामबाट नागरिकता पाउन दशकदेखि संघर्ष, अदालतकै आदेश पनि सुनुवाइबिहीन

गभर्नर नियुक्तिमा योग्यता होइन, ओली–देउवा सहमति मुख्य आधार

सभामुख र सरकारका प्रवक्ताका विवादास्पद अभिव्यक्तिले आन्दोलनरत शिक्षक थप निराश

आईपीएल २०२५: आज वाङ्खेडे स्टेडियममा मुम्बई र हैदराबाद आमनेसामने

२४ घण्टादेखि विद्युत अवरुद्ध, धनुषा, महोत्तरी र सर्लाहीका बासिन्दा समस्यामा

मन्त्रिपरिषद्को निर्णय: वैशाख १२ गते संसद् अधिवेशन आह्वानको सिफारिस

२५ करोड बराबरको विदेशी मुद्रा बरामद प्रकरण: ट्रक चालक र मालिकविरुद्ध मुद्दा दायर

ललितपुरमा दाइद्वारा बहिनीको हत्या, शव पानीको ट्यांकीमा फेला