भाद्र १४ काठमाडौं ः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले दुई तिहाइको घमण्ड नगर्न चेतावनी दिएका छन । यदि यसरी दम्भ गरेर जनवीरोधि हर्कत गरिरहे आफुहरु सडकमा जाने चेतावनी दिएका छन् । हामी सडकमा गए तिम्रो हालत शेख हसिनाको वनाईदिने धक्की दिएका छन ।
पार्टीको सुदूरपश्चिमस्तरीय परामर्श बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले दुई तिहाइको घमण्ड नगर्न आग्रह गरेका हुन् । सरकारको सुरुवाती दिन हेर्दा राम्रो संकेत नदेखेपछि आफूले संसदबाट बंगलादेश र श्रीलंका सम्झिन आग्रह गरेको भन्दै उनले भने, ‘अलि बढी गर्नुभयो भने सडकमा आउँछौं ।’
भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा आफ्नो नेतृत्वको सरकारले गरेको काम कारबाही नरोक्न माग गर्दै सडकमा आउने उनले बताए ।
उनले संविधान संशोधन गर्ने कांग्रेस र एमालेको सहमतिमाथि समेत प्रश्न गरेका छन् । यदि जनविरोधि हर्कत गर्छौ भने तिम्रो हालत शेख हसिना वनाउन सक्छौ उनले भनेका छन