निजामति ऐन नहुँदा सरकारको मनपरि चौथो वरीयताबाट मुख्यसचिव बनाउँदाको असर : सचिव भट्टराईले पनि दिए राजीनामा

भदौ १५, काठमाडौँ  : २०६५ जेष्ठ १५ गते नेमालमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भयो तर नेपालसरकारले असहले सम्म पनि निजामती ऐन वनाउन सकेको छैन । संघिय गणतन्त्र नेपाल स्थापना भएको १६ वर्ष भयो तर कर्मचारीहरुको ऐन अहिले सम्म नबन्दा त्यसको प्रत्यक्ष असर नेपालको कर्मचारी वढुवा प्रक्रियामा परेको छ । कर्मचारी वढुवाको निश्चित मापदण्ड हुन्छ तर नेपालमा राजाको पालाजस्तै आफ्नो मनपर्ने व्याक्तिलाई वढुवा गर्ने प्रचलन अहिलेपनि छ । अहिले काग्रेश एमाले सरकारले चौथो वरीयताका एकनारायण अर्याललाई मुख्य सचिव नियुक्ति गरेपछि अन्य सचिवहरूले धमाधम राजीनामा दिन थालेका छन् ।
नियुक्ति प्रक्रियामा असन्तुष्टि जनाउँदै महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव दिनेश भट्टराईले पनि राजीनामा दिएका मन्त्रालय स्रोतले जनाएको छ ।
यसअघि योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले पनि राजीनामा दिएका थिए ।
भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले चौथो वरियतामा रहेका एकनारायण अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको थियो । ज्ञवाली पहिलो र भट्टराई दोस्रो वरियतामा थिए । यसरी एकातिर कर्मचारी ऐन नवनाउनु र अर्को तिर सरकारले कर्मचरी नियुक्तिमा तलमाथि गर्दा इमान्दार राष्ट्रसेवक कर्मचारीहरु मर्कामा पर्ने निश्चित छ, त्यसैले सरकारले वेलैमा निजामति ऐन वनाएर कर्मचारिहरुलाई न्याय देवस ।

बिज्ञापन

 

बिज्ञापन

पढ्न छुटाउनु भयाे कि ?

आमाको नामबाट नागरिकता पाउन दशकदेखि संघर्ष, अदालतकै आदेश पनि सुनुवाइबिहीन

गभर्नर नियुक्तिमा योग्यता होइन, ओली–देउवा सहमति मुख्य आधार

सभामुख र सरकारका प्रवक्ताका विवादास्पद अभिव्यक्तिले आन्दोलनरत शिक्षक थप निराश

आईपीएल २०२५: आज वाङ्खेडे स्टेडियममा मुम्बई र हैदराबाद आमनेसामने

२४ घण्टादेखि विद्युत अवरुद्ध, धनुषा, महोत्तरी र सर्लाहीका बासिन्दा समस्यामा

मन्त्रिपरिषद्को निर्णय: वैशाख १२ गते संसद् अधिवेशन आह्वानको सिफारिस

२५ करोड बराबरको विदेशी मुद्रा बरामद प्रकरण: ट्रक चालक र मालिकविरुद्ध मुद्दा दायर

ललितपुरमा दाइद्वारा बहिनीको हत्या, शव पानीको ट्यांकीमा फेला