नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले मोबाइल बैंकिङ्गमार्फत पाँच लाखसम्मको कर्जा दिने

भदौ १६,काठमाडौं : नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको मोबाइल बैंकिङ्गमार्फत पाँच लाखसम्मको कर्जा दिने योजना ल्याएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले मोबाइल बैंकिङ्ग एपमा ‘एनआईएमबी स्मार्ट लोन’ को सुविधा सुरु गरेको छ । यो सुविधा मार्फत, बैंकका योग्य ग्राहकहरुले एपबाटै रु पाँच लाखसम्मको कर्जा बिना कुनै धितो, कागजी प्रक्रिया वा बैंकमा उपस्थित नभई सजिलै लिन सक्नेछन् ।
बैंकले सो कर्जाको सहज भुक्तानीको लागि विभिन्न समय अवधिमा आफ्नो कर्जा तिर्ने विकल्पहरु समेत प्रदान गरेको छ । यसमा ग्राहकहरुले १ महिनाभित्र वा बढीमा ३६ महिनासम्मको सरल किस्ताबन्दीको आधारमा पनि कर्जा भुक्तानी गर्न सक्नेछन् ।

बिज्ञापन
No data was found

साथै आफ्नो कर्जा रकम चाहेको समयमा एकैचोटी तिर्न चाहने ग्राहकहरूका लागि पूर्व भुक्तानीको समेत व्यवस्था मिलाइएको बैंकले जनाएको छ । ग्राहकहरूले आफ्नो एपमार्फत इमेल भेरिफिकेसन गरी सजिलै लोनका लागि आवेदन दिन सक्नेछन् ।
यसमा योग्य हुनका लागि बैंकले तोकेका विभिन्न मापदण्डहरु भने पुरा गर्नुपर्दछ । जस्तै तलब खाता, नियमित कारोबार, अन्य चुक्ता हुन बाँकी कर्जा नभएको र कर्जाको प्रयोग तथा चुक्ता विवरण आदि चाहिने वैंकले जानकारी दिएको छ ।

बिज्ञापन

पढ्न छुटाउनु भयाे कि ?

गोरूझैँ जोतिएर देशको सेवा गर्ने चाहना छ : विप्लव सी 

जेन–जेड आन्दोलनको मागमा विप्लव सीको समर्थन : राजनीतिक संकटको निकास सर्वपक्षीय सरकार

जेनजी आन्दोलनको नाममा आगजनी गर्नेहरूमाथि कारबाही माग

कम्युनिष्ट आन्दोलन समाप्त पार्ने साम्राज्यवादी योजना सक्रिय रहेको विप्लव सीको दावी

रोसिङटनको शतकसँगै पोखराको दोस्रो जित, कर्णाली प्लेअफबाट बाहिर

दैलेखलगायत देशभर नेकपाको मसाल जुलुस सम्पन्न

सुकेधारामा झलनाथ–घनश्याम समूहको छुट्टै भेला, ८४ नेता सहभागी

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे