धनगढीदेखि पहलमानपुरसम्मको यात्रा ः मनमा उब्जिएका केही प्रश्नहरू

साँझ करिब ५ बजेको थियो।यो मान्छेहरूको चहलपहल अलि बढी नै हुने समय पनि हो । दिनभर आ–आफ्नो काम सकेर बेलुकापख मानिसहरू घर फर्किने भएकोले पनि यतिबेला सार्वजनिक यातायातमा अलि घुइँचो नै हुने गर्छ । भदौ१८ गते धनगढीमा नेकपा सुदुरपश्चिम प्रदेशले आयोजना गरेको ञविज्ञानको विकास, विचार र क्षेत्रीय समस्या विषयकझ बौद्धिक अन्तरक्रिया कार्यक्रम सहभागी भएर फर्कदै थिए । मेरो श्रवणशक्तिले राम्रो काम नगरेतापनि कार्यक्रममा देखिएको जनसहभागिता, श्रोताहरुको उत्सुकता र वक्ताहरुको विषयप्रतिको प्रस्तुति, गम्भीरता र उच्चताका हिसाबले अन्तर्कृया सानदार भएको अनुभूति भयो ।

बिज्ञापन

कार्यक्रम समापन भैसकेपछि कोठातिर जानका लागि सहिद गेट आइपुगे । पुग्ने बित्तिकै हाइसमा बसियो । हाइस खाली थियो । करिब १५ मिनेटको प्रतिक्षा पश्चात् यात्रुको खोजीमा धनगढी चौराह हुँदै बसपार्क सम्म ३ चक्कर लगाएपछि तीन जना यात्रु जम्मा भयौं । हामी सवार हाइस फेरि सहिद गेट नजिकै आएर रोकियो । मलाई हतार थियो, किनकी डेरामा पुग्नलाई जङ्गलको बाटो थियो, अनि नदी पनि तर्नु पर्थ्यो । त्यसैले त्यो हायसबाट झरे र अर्को नगर बस समातेर अत्तरिया आएपछि फेरी उक्त हायसबाट पनि झरे । म अत्तरिया पुगिसकेपछी छिटोछिटो जान अर्को गाडीको पर्खाइमा थिए ।चौराहको पूर्वी रोडमा अर्को हायस यात्रुको पर्खाइमा थियो, त्यो पनि लगभग खाली नै थियो । सिटमा बसेको करिब दस मिनेट पछि धनगढीको जस्तै फेरी उहि नियति दोहोरियो । यात्रुबाहक गाडी छन् तर यात्रु छैनन् । महेन्द्रनगर रोड र बसपार्क सम्म झन्डै ३ चक्कर लगाए पश्चात् जम्म जम्मी ६÷७ जना यात्रु जम्मा भयौं । करिब साढे ७ बजे त्यहाँ बाट यात्रा शुरु भयो । पौने ९ बजे पहलमानपुर पुग्दा म एक्लै थिएँ र बेलुका सवा नौ बजे रत्तिपुरस्थित मेरो डेरा आइपुगेँ ।

बिज्ञापन

अधिकतम दुई घण्टाको दुरीको यात्रामा त्यो दिन लगभग पौने चार घण्टा लाग्यो । म बर्षौदेखि धनगढीबाट लम्की सम्मको यात्रा यही समयमा गर्दै आएको छु । मान्छेको चहलपहल कम हुँदैगएको अनुभूति गर्दै आएको भए पनि त्यो दिनको भोगाइ अरु दिनको भन्दा बेग्लै, अलिकति बढी सोचनीय र चिन्तनीय रहन गयो । राति खाना खाए पश्चात् सामाजिक संजालमा जोडिए । यसो हेर्छु त राज्य संचालकहरुप्रति आक्रोश, घृणा, तिरस्कार, आरोपप्रत्यारोपले सामाजिक सञ्जाल भाइरल भएको पाए । एकपटक सोच्न बाध्य बनायो कि यो नियोजित हो वा वस्तुगत ? उत्तर खोज्ने जिज्ञासा जाग्यो । त्यो साँझको यात्रा स्मरण गरे, केही दिन अगाडि बाजुरा यात्राको अनुभुती सम्झे । गाडीहरू प्राय यात्रुविहिन, क्याम्पसहरु विद्यार्थीबिहिन, सटर क्रमशः बन्द हुँदै, व्यापार व्यापार चौपट, आधारभूत बिधालयमा समेत विद्यार्थी कम हुँदा मर्ज हुदै गएका, होटलहरु ग्राहकविहिन हुँदै गएका, शहर र गाउँहरु युवाविहिन हुँदै गएका, खेतबारी क्रमश जंगलमा परिणत हुँदै गएर गाउँ निर्जन, उजाड र निराश बन्दै गएको महसुस भयो ।

बिज्ञापन

यी सबै तथ्य र स्थिति हेर्दा सामाजिक संजालमा देखिएका घृणा, आक्रोश र नीतिनिर्माता र शासकप्रशासकहरुप्रति व्यक्त तिरस्कार स्वभाविक र वस्तुवादी हुन भन्ने ठम्याए । देशमा श्रमशक्ति खाली हुँदैछ । दलाल लुटेराहरुले चलाएको विद्यमान पुँजीवादी सत्ताका स्वार्थी, लोभीपापी, आफू र आफ्ना केन्द्रित, श्रमचोर, भ्रष्ट शासकहरुले के हाम्रो युवा श्रमशक्ति पलायनतालाई रोक्न सक्छन् ? किमार्थ सक्दैनन् । यिनीलाई देशका युवा पलायनतालाई रोक्न न चिन्ता छ, न चासो छ न फुर्सद छ न सहि भिजन छ न कुनै नीति छ न त कार्ययोजना नै !

शासकहरु कसरी शक्ति केन्द्रलाई खुसी पार्ने र रिण अनुदानको पासोमा नेपालीलाई डुबाउने र देशलाई शक्तिकेन्द्रको रणमैदान बनाउने, कसरी अधिकतम श्रमशक्ति विदेश पलायन गराएर प्राप्त रेमिटेन्सबाट आफ्नो लुटको स्वर्ग बचाइराख्ने भन्ने ध्याउन्नमा व्यस्त र लिप्त छन् । उनीहरुलाई देश, युवा, र समाजको सोधिखोजी गर्ने कुनै चासो मात्रै हुन्थ्यो भने संभवत मुलुकले यस्तो बेथितिको दुष्परिणाम भोग्नु पर्दैन थियो होला । त्यसैले अब ढिला नगरी समस्याको समाधान हुने विकल्प खोज्ने बेला आयो ।

हामीले दैनिक जीवनमा भोग्ने समस्याको जरो देशको राजनीति र आर्थिक प्रणालीसङ्ग अनिवार्य जोडिएकै हुन्छ । समस्यालाई प्रणालीगत र संरचनागत परिपाटीबाट अलग राखेर हेर्न मिल्दैन।हामीले हाम्रा दैनिकी, पीडा, दुःख, अभाव, गरिबी, बेरोजगारी लगायत आमजनजीवनको अवस्था बदल्न का लागि नयाँ र सामाजिक न्यायसहितको समाज र व्यवस्थाको परिकल्पनासहित इतिहासमा धेरै पटक लडाइ लड्यौँ । बलिदान ग¥यौं । त्यसले सरकार र शक्तिसमीकरणमा अलिकति हेरफेर हुँदै पनि आयो तर यसप्रकारका खुद्रे परिवर्तनले हामी भुइँतहका नागरिकलाई छुन सकेन । हुन त हाम्रोमा मात्रै होइन, संसारभरी जहाँ जहाँ पुँजीवाद छ, संसदीय राजनीति प्रणाली छ, ती देशका नागरिकको जीवन पनि आखिर उस्तै र यस्तै छ । विकसित भनिएका तथाकथित सभ्य र अमेरिका युरोपका देशहरूमा पनि निरपेक्ष गरिबीमा बाच्ने, एकछाक खान र आधारभूत जीवन जीउन नसक्ने करोडौं नागरिकहरु छन् नि !

त्यसैले अब नेपालमा पनि समस्याको समग्र र दिगो विकल्प खोजौं । विकल्पको रूपमा नेपाली मौलिकता एवम् स्वाभिमानी अर्थराजनीतिक विशेषता बोकेको नेपाली विशेषताको समाजवाद यतिबेला बहस र चर्चामा छ । बरु त्यो समाजवाद कसरी आउँछ होला ? त्यसको नेपाली मोडेल के हुन्छ होला ? साच्चिकै समाजवादले अहिलेको भन्दा राम्रो विकल्प कसरी सुनिश्चित गर्छ होला त्यसबारे सोचौँ र अब साझा मुद्दा र साझा भविष्यका लागि सहकार्यका हातहरु अघि बढाऔं ।

भदौ २०, कैलाली

पढ्न छुटाउनु भयाे कि ?

ट्रम्प–पुटिन फोन वार्ताले युक्रेन युद्ध रोक्न सकेन

राष्ट्र बैंक गभर्नर नियुक्ति नजिकिँदा नेप्से परिसूचकमा तेजी

अर्थविद् विश्व पौडेललाई राष्ट्र बैंकको गभर्नर बनाउने प्रस्ताव कांग्रेसले ओली सरकारमा राख्यो

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममा वन क्षेत्रलाई राजस्व र समृद्धिको मुख्य आधार बनाउने नीति

नेपाली बजारमा सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

कपिलवस्तु शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी पक्राउ

कालिमाटीमा बिक्रीका लागि ल्याइएको धनियाँमा अत्यधिक विषादी भेटियो

देशभर आंशिकदेखि साधारण बदली, मेघगर्जनसहित वर्षाको सम्भावना