बाढीले मोटरसाइकल बगाउँदा वान्द्रेका अर्जुन रअवेसिकको मृत्यु, एक बेपत्ता

भदौ २१,बागलुङ : बागलुङ नगरपालिका– ४ बान्द्रे खोलामा गएराति आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको हो ।
मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ –४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र सोही ठाउँका २२ वर्षीय अवेशिक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो ।
बाढीमा परी सोही गाउँका २० वर्षीय कमल सापकोटा बेपत्ता भएको प्रहरी निरीक्षक पौडेलको भनाइ छ । सापकोटा र रेग्मीको शव करिब दुई सय मिटर तल फेलापरेको थियो ।
ती शव परीक्षणका लागि धौलागिरि अस्पताल बागलुङमा लगिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो । बेपत्ता कमलको खोजी भइरहेको छ । अहिले पनि वर्षा भइरहेको
हुँदा खोजीमा समस्या भएको जनाइएको छ ।

बिज्ञापन
No data was found

पढ्न छुटाउनु भयाे कि ?

दैलेखलगायत देशभर नेकपाको मसाल जुलुस सम्पन्न

सुकेधारामा झलनाथ–घनश्याम समूहको छुट्टै भेला, ८४ नेता सहभागी

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे

बागमती प्रदेश सरकारद्वारा ३ अर्बभन्दा बढी खर्च कटौती गर्ने निर्णय

नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक, डेटा सुरक्षित रहेको काउन्सिलको दाबी

राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभा अध्यक्ष दाहालको भेट, आईपीयू सम्मेलनबारे जानकारी

चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु, २ घाइते

वर्षातले बन्द भएको मेलम्चीको पानी पुनः काठमाडौँमा, तीन दिनको अन्तरमा पानी वितरण