भक्तपुरमा आगलागि ६० हजार वरावरको क्षति

भदौ २१,भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ४ नारायणटारमा लामखुट्टे धपाउन भन्दै बालेको कोइलाबाट घर र गोठमा आगलागी भएको छ । आगलागीबाट करिब ६० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
प्रहरीले गोपनीयताका लागि भन्दै आगलागी भएको घर र गोठ धनीको नाम भने खुलाएको छैन ।
आज बिहान २ः४० बजेको समयमा घरमा आगो लागेको र त्यो आगो सँगैको गोठमा पनि सल्किएको प्रहरीको भनाइ छ । प्रहरी टोली, दमकल र स्थानीय बासिहरुको सहयोगमा बिहान पौने चार बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।
आगलागीबाट अन्दाजी ५० हजार रुपैयाँ बराबरको एउटा जर्सी गाई र अन्दाजी १० हजार मूल्य बराबरको एउटा बाख्रो मर्दा जम्मा ६० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवम् डीएसपी मोहनमणि अधिकारीले बताए ।

बिज्ञापन

पढ्न छुटाउनु भयाे कि ?

आमाको नामबाट नागरिकता पाउन दशकदेखि संघर्ष, अदालतकै आदेश पनि सुनुवाइबिहीन

गभर्नर नियुक्तिमा योग्यता होइन, ओली–देउवा सहमति मुख्य आधार

सभामुख र सरकारका प्रवक्ताका विवादास्पद अभिव्यक्तिले आन्दोलनरत शिक्षक थप निराश

आईपीएल २०२५: आज वाङ्खेडे स्टेडियममा मुम्बई र हैदराबाद आमनेसामने

२४ घण्टादेखि विद्युत अवरुद्ध, धनुषा, महोत्तरी र सर्लाहीका बासिन्दा समस्यामा

मन्त्रिपरिषद्को निर्णय: वैशाख १२ गते संसद् अधिवेशन आह्वानको सिफारिस

२५ करोड बराबरको विदेशी मुद्रा बरामद प्रकरण: ट्रक चालक र मालिकविरुद्ध मुद्दा दायर

ललितपुरमा दाइद्वारा बहिनीको हत्या, शव पानीको ट्यांकीमा फेला