भदौ २१, धादिङ : अविरल वर्षाका कारण पहिरो जादा पृथ्वी राजमागको महादेवबेसी गजुरी सडक खण्ड अवरुद्ध भएको छ ।
बिहानदेखी निरन्तर परेको वर्षाले सिम्ले बजार नजिकै चट्टान सहतिको पहिरो खस्दा सो सडक अबरुद्ध भएको हो । पहिरोका कारण अवरुद्ध सडक खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएपछी राजधानी प्रवेशका लागी आएका र राजधानीबाट बाहिरिएका सबै सवारीका साधनहरु ठप्प छन् ।
यसैगरी चितवनको ईच्छाकामना गाउँपालिकास्थित बडा नम्वर ४ मा पर्ने घेप्टेभीरमा पनि पहिरोका कारण सडक बन्द भएको छ ।
बिज्ञापन



सो स्थानमा पनि वर्षाका कारण सडक अवरुद्ध भएपछि नौविसे– मुग्लिन सडकखण्ड समेत ठप्प भएको छ । दुवै स्थानमा खसेको पहिरो हटाउने प्रयास भईरहेको प्रहरीले जानकारी दिएको छ ।
बिज्ञापन


