तीजको रौनक, पशुपतिनाथमन्दिर परिसरमा
भदौ २१,काठमाडौं : भाद्र महिनाको तीजको रौनक पशुपति मन्दिर परिसरमा हिन्दु धर्मावलम्बी महिला शुक्रबार उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी मनाउँदैछन्। भाद्र शुक्ल तृतीयाका दिन बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा छ।
सत्ययुगमा हिमालय र मेनकाकी पुत्री पार्वतीले निराहार व्रत बसी कठिन तपस्या गरेको र महादेव पति पाएको पौराणिक भनाई छ । त्यसैले विधिपूर्वक व्रत बस्दा मनोकांक्षा सिद्ध हुने विश्वास गरेर महिलाहरु बर्तवस्ने,नाचगान गर्ने परम्परा छ ।
तीजको अवसरमा पशुपतिनाथलगायत शिवालयमा श्रद्धालु महिलाको घुइँचो लागेको छ। आज देशभर मन्दिरमा पुजाआजा र नाचगान गर्ने प्रचलन छ । बिहानै पशुपति परिसरमा जे देखियो तस्विरमा ।
बिज्ञापन
No data was found