कम्युनिस्ट सिध्याउने पुँजीवादी खेल एमाले–माओवादी विचमा दुरी वढायो कम्युनिस्टहरु कहिले सम्म पुँजीवादिको रमिते वन्ने ?

एस.एस.सम्वाददाता

बिज्ञापन
No data was found

माओमादीले सरकारलाई घेराबन्दी गर्न खोजिरहेको भन्दै सचेतता अपनाउन पोलिटब्युरो बैठकमा ओलीले निर्देशन गरे लगतै संविधान संशोधनबाट मुलुकलाई प्रतिगमनतर्फ फर्काउन खोजिएको दाबी गर्दै आन्दोलनका लागि तयार रहन माओवादीको सर्कुलर भएको कुरा वाहीर आउनु कम्युनिस्टहरुका विचमा पुँजीवादी षणेन्त्र वढेको स्पस्ट देखिन्छ । यो षणेन्त्र एमाले माकेले वुझ्नु पर्दछ ।

भदौ २२ , काठमाडौँ  : पुँजीवादीहरुले मिल्न पर्ने कम्युनिस्टहरुलाई जवरजस्त विवादमा तानेका छन । शिद्धान्तमा एकहुनु पर्ने एमाले माओवादी एकअर्कामा छिनाझपडी गर्नु नकारात्मक कुरा हो यो सवै कम्युनिस्टहरुले वुझ्न पर्दछ । अहिले सत्ताको नेतृत्व गरिरहेको एमाले र प्रतिपक्षी दल माओवादीबीचको विवाद सडकदेखि सदनसम्म देखिएको छ । दुवै दलका नेताहरूले संसदमा मात्र नभई सार्वजनिक मञ्चबाट समेत एकअर्कालाई आरोपप्रत्यारोप लगाउनु समाजवाद ल्याउनेहरुका लागि नकारात्मक कुरा हो । पार्टीका बैठकमा दुवै दलले एकअर्काका अभिव्यक्ति र गतिविधिलाई लक्ष्य गरेर आलोचना गर्नुका साथै निर्देशन र सर्कुलरसमेत जारी गरेको भन्ने खवरले सवै कम्युनिस्टहरुलाई चिन्तित वनाएको छ ।
एमाले–माओवादी आरोपप्रत्यारोपमा गर्नु हुदैन मिल्नु पर्दछ

माओवादीका अध्यक्ष पुष्पकमल दाहालका पछिल्ला अभिव्यक्तिले ‘अराजकतालाई मलजल गर्ने, सरकारलाई बदनाम गर्ने’ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाएका छन । शुक्रबार शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नेबारे नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराईको ज्ञापनपत्र बुझ्दै ओलीले संसदमा दाहालले ‘असंसदीय, असभ्य र लाञ्छनायुक्त अभिव्यक्ति दिएको’ भन्दै आपत्ति जनाएका हुन ।
ओलीले आफू प्रधानमन्त्री भएसम्म अराजक गतिविधि हुन नसक्ने दाबी गरे । ‘अहिले कुनै अराजकताले ठाउँ पाउने वा सत्ता समीकरणमा यताउता हुने सम्भावना छैन,’ उनले भने, ‘कम्तीमा म प्रधानमन्त्री र एमालेको अध्यक्ष रहुन्जेल अहिले चर्चामा ल्याइएजस्तो नेपालमा बंगलादेश वा श्रीलंकामा भएका जस्ता घटना हुने स्थिति हुँदैन ।’ काठमाडौंको टुँडिखेलमा केही दिनअघि गौरापर्वमा सहभागी भएका बेला ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको घटनालाई ओलीले गम्भीर रूपमा लिएका छन । त्यहाँ देखिएको असन्तुष्टि अरु ठाउँमा फैलन सक्ने भन्दै ओलीले सरकारी सुरक्षा निकाय र पार्टीलाई सचेत गराएको निकट स्रोतले जनाएको छ ।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दाहालको अभिव्यक्तिलाई पोलिटब्युरोले गम्भीर रूपमा लिनुको दीर्घकालीन अर्थ रहेको बताउँछन । ‘माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भने माओवादीले देश र जनताको पक्षमा आवाज उठाउँदा मुलुकमा अराजकता सृजना गर्ने आरोप कुनै तर्कसंगत नभएको बताउँछन । ‘हामी देश र जनताको हितमा आवाज उठाउँछौं । जनताको जायज आन्दोलनलाई समर्थन गर्छौं,’ उनले भने, ‘हाम्रो पार्टीले उठाएका जायज मुद्दालाई सरकारको आँखाले अराजक देख्नु दृष्टिभ्रम हो ।’ उनले भन्नेका छन यो आरोप प्रत्यारोप हेर्दा हामी सजिलै वुझ्न सकिन्छ की पुँजीवादीहरु अहिले कम्युनिस्टहरुको विचमा विवाद सृजना गराउन सफल भएका छन । यसमा फुटाउ र राज गर पुँजीवादी खेल त स्पस्टै देखिन्छ । त्यसमा दिग्गज भनियका कम्युनिस्ट नेताहरु पनि भ्रममा पर्नु असाध्यै नराम्रो कुरा हुन जान्छ । सैद्धान्तिक रुपमा एकता हुने भनेको नै कम्युनिस्टहरुका विचमा हो पुँजीवादीहरुसँग कम्युनिस्टहरु केही स्वर्थको रुपमा क्षणिक गठवन्धन भएपनि यो सैद्धान्तिक रुपमा नै नमिल्ने स्पस्ट हुँदाहुदै यसरी आरोपप्रत्यारोमा उत्रिनु सिंगो कम्युनिस्ट आन्दोलनको लागि नै घाटा हो ।

कांग्रेसले केन्द्रिय समितिमा गरेको एमाले गठवन्धन नगर्ने र आफु एक्लै निर्वाचनमा लड्ने निर्णय गर्नु ठिक सकारात्मक कुरा हो यो सैद्धान्तिक कुरापनि हो कम्युनिस्ट र काँग्रेस विजातीय हुन र यीनिहरुका विचमा एकता सम्भव छैन । यो कुरा एमालेका नेताहरुले पनि समयमै वुझेर समाजवादका लागि सवै कम्युनिस्टहरुलाई एक वनाउने र समाजवादको वाटोमा अगाडि वढ्न जरुरी देखिन्छ ।
एमाले पोलिटब्युरो वैठकले सत्तापक्ष र प्रतिपक्ष दलबीच देखिएको द्वन्द्वको फाइदा उठाएर सामाजिक एकतालाई कमजोर पार्ने प्रवृत्ति रोक्न आग्रह गरेको छ । ‘समाजमा अस्वस्थता, तिक्तता र नैराश्य भरिदिने एवं सामाजिक सद्भाव तथा एकतालाई कमजोर पार्ने प्रवृत्तिहरू देखापरेका छन्,’ पोलिटब्युरो बैठकले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘विभिन्न विचार, मत र दृष्टिकोणबीच रचनात्मक बहस हुने, राजनीतिक दलहरूबीच स्वस्थ प्रतिस्पर्धा हुने एवं असहमति र विरोधलाई मर्यादित, संयमित एवं सभ्य ढंगमा प्रस्तुत गर्ने र उचित विषयलाई राज्यले सम्बोधन गर्ने कुरा लोकतन्त्रका आधारभूत विशेषताहरू हुन । अराजकता लोकतन्त्र होइन र असहिष्णुता सभ्यता होइन ।’ भनि निर्णय गर्नु सहि हो । यो निर्णयले पुँजीवादीहरुलाई कमजोर र समाजवादीहरुलाई वलियो वनाउने संकेत देखिन्छ । कम्युनिस्टहरु लडाउने र रमिता हेर्ने पुँजीवादी खेलको सिकार कम्युनिस्टहरु कहिले सम्म भईरहने अवत विचार गर्ने हो की ।

पढ्न छुटाउनु भयाे कि ?

पुण्य गौतममाथि रड प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ पक्राउ पर्नेमा एक नगरिक बचाउ महाअभियानका संयोजक रहेको खुलासा

जनकपुर उड्न तयारी गरिरहेको बुद्ध एयरको एटीआर विमानमा एक यात्रुले आपतकालीन ढोका खोल्दा भयो हंगामा

कुवेतबाट काठमाडौं आएको कुवेत एयरलाइन्सको विमानले यात्रुको लगेज छुटाएपछि यात्रु मर्कामा

भारतिय उद्योगपती रतन टाटाको निधन, राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

नेकपा एमालेको सचिवालय बैठक वस्दै

मातृत्व,पुरुषत्व र पसुत्व बारे विप्लव भन्नुहुन्छ

देशभर बाढी, पहिरो र डुबानका कारण हालसम्म १७० जनाको मृत्यु भएको छ भने ४२ जना बेपत्ता छन- गृह मन्त्रालय

महिला सुरक्षाका चुनौती र समाधान विषयक अन्तरक्रिया सम्पन्न