अहिलेको संसद र सरकार बकवास झगडा र लुछाचुँडी गर्ने अखडा बनेको छ यसको खारेज गरि समाजवाद स्थापना गर्नुपर्छ, महासचिव विप्लव

 

सत्ताले जनताको आधारभूत समस्यालाई समाधान गर्न सकेको छैन । सरकारमा झगडाबाहेक केही छैन । वर्षैपिच्छे सरकार बनाउने र ढलाउने खेल भइरहेको छ । अर्बौं राजस्व स्वाहा पार्नेबाहेक केही भएको छैन । संसद दैनिक झगडाको थलो बनेको छ । लेनिनले गफ गर्ने अखडा भन्नुभएको थियो । यहाँ त बकवास झगडा र लुछाचुँडी गर्ने अखडा बनेको छ । यसबाट जनता दिक्क भएका छन् । जनताका वास्तविक प्रतिनिधि त्यहाँ जान पाइराखेका छैनन् । यसले गर्दा एउटा क्रान्ति आवश्यक छ । एउटा संविधानलाई पूरै परिवर्तन गरेर होस् या जनताले अहिलेसम्म नपाएको जनमत संग्रह गरेर होस् या क्रान्ति गरेर होस् यो व्यवस्थामा परिवर्तन आवश्यक छ । समाजवाद आवश्यक छ । त्यहाँ पुग्नु नै अहिलेको विकल्प हो ।

पछिल्लो पटक प्रचण्ड नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा केही राम्रो काम गर्दागर्दै कांग्रेस–एमाले नेतृत्वको गठबन्धनले षड्यन्त्र गरी सत्ताबाट हटाइएको माओवादी नेताहरूको तर्क छ । दुई ठुला दल कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि भावी राजनीतिको कोर्स कता जान्छ भन्नेमा अन्योल देखिएको छ ।
माओवादीले कांग्रेस–एमाले नेतृत्वको गठबन्धनबाट प्रतिगमनको खतरा देखिरहँदा सत्ताबाट टाढा रहेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अब देश अग्रगमनतर्फ जाने दाबी गरेका छन् ।
बिहीबार आफ्नै निवास हरिसिद्धिमा रातोपाटीका सम्वाददाता गणेश पाण्डेसँग विप्लवले देशको पछिल्लो राजनीतिक अवस्था, माओवादी आन्दोलनको समीक्षा, आगामी योजना लगायतका विषयमा विश्लेषण गरेका छन् । प्रस्तुत छ, उहासँग गरिएको कुराकानीको सम्पादित अंश

बिज्ञापन
No data was found

पछिल्लो राजनीतिक घटनाक्रमलाई तपाईंले कसरी नियाल्नुभएको छ ?
नेपालको स्थिति निकै अस्थिर, अराजक खालको छ । र, फेरि अग्रगामी निकासतर्फ पनि सोझिँदै छ ।
कांग्रेस र एमालेको ७ बुँदे सहमतिलाई विपक्षी माओवादीले प्रतिगमनको खतरा देखिरहेको अवस्थामा तपाईं अग्रगमनतर्फ सोझिएको सङ्केत गर्दै हुनुहुन्छ, किन ?
संसदीय व्यवस्था दलाल पुँजीवादमा गइसक्यो । हरेक नागरिकलाई के थाहा छ भने यो व्यवस्थाले नेपाली जनताको आकाङ्क्षा पूरा गर्न सक्दैन । यो स्पष्ट छ । यसैमा घुम्दा एउटा अस्थिरता सिर्जना भएको छ । तर यसले निकास समात्दा पश्चगामीभन्दा अग्रगामीतर्फ जान्छ । समाजवादतर्फ जाने सम्भावना बढेको छ ।

समाजवादमा जान कसरी सम्भव छ ?
चुनौती छन् तर नेपालमा प्रतिगमनको सम्भावना म देख्दिनँ । अग्रगमनतिरै जान्छ । नेपाली जनताको अकाङ्क्षा भनेको अग्रगमन नै हो । अहिलेको व्यवस्था पूरा नभएको कोर्स हो । नेपाली जनताले चाहेको तर अहिलेसम्म प्रयोग नभएको विकल्प छ, त्यो समाजवाद हो । समाजवादमा नगएसम्म नेपाली जनताले आराम गर्दैनन् ।
आम नागरिकले बुझ्ने भाषामा तपाईंले चाहेको के हो ?
पहिलो जनयुद्धले पूर्णता पाएको भए यो समस्या आउने थिएन । दोस्रो कुरा, त्यतिबेला नेकपा माओवादीले नेतृत्व गर्न पाएको भए, साँच्चै नै किसानका निम्ति भूमि, मजुदरका निम्ति उद्योग, विद्यार्थीका लागि शिक्षा, युवाका लागि रोजगारी, उत्पीडित जनजातिका लागि राज्यसत्ता र महिला, जनजाति, दलित, मधेसी, मुस्लिम समुदायको समस्या हल गरी अधिकार सुनिश्चित गरेको भए अहिलेको अराजकता आउँदैनथ्यो ।
यसमा एक प्रकारको सम्झौता भयो । राज्यलाई तदर्थमा छोड्नेखालको स्थिति भयो । के गर्न खोजिएको भन्ने कुरा नै स्पष्ट भएन । त्यसले गर्दा सबै मानिस असन्तुष्ट र आक्रोशित जस्तो भए । जसले अधिकारका लागि लडे, तिनै असन्तुष्ट छन् । मजदुर, युवा, उत्पीडित जनजाति वर्ग असन्तुष्ट छन् । यसले फेरि पछाडि जान होइन, अधिकारको पूर्णता खोजेको छ । यो भनेको सत्तासँग सम्बन्धित छ । दलाल पुँजीवाद सत्ता होइन, नेपाली विशेषताको समाजवादी सत्ता हो । वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा जाने सत्ता खोजेको छ । त्यसकारण त्यो विकल्प नेपालमा प्रयोग भएको छैन । त्यसतर्फ जान्छ र लानुपर्छ भन्ने हाम्रो दृष्टिकोण हो ।
तपाईंले राजकीय सत्ता प्रयोग नगरे पनि राज्य सत्तालाई नजिकबाट नियाल्नुभएको छ । कांग्रेस–एमाले गठबन्धनले मुलुकलाई अग्रगमनतर्फ लैजान्छ वा थप निरंकुशताको खतरा छ ?
सत्तासीन वर्गले निरंकुशद्वारा रक्षा गर्न चाहन्छ । कुनै पनि शासकले सत्ताको नियन्त्रण गुमाउन चाहँदैन । त्यसले अन्तिमसम्म अनेकौँ उपाय प्रयोग गर्ने प्रयत्न गर्छ । अन्तिम अस्त्रहरू प्रयोग गर्छ । नेपाललाई थप निरंकुशतातर्फ फर्काउन खोजियो, संविधान संशोधन गर्न खोजियो भने त्यसले जनतालाई थप आक्रोशित बनाउँछ । यत्तिको लचक, समावेशीभित्र त जनता सन्तुष्ट छैन भने केही मान्छेले कसेर वा आफ्नो मुठ्ठीभित्र पारेर देश चलाउँछु भने कसैले स्वीकार्ने वाला छैन । त्यसकारण संविधानको केही बुँदा सच्याएर या आफ्नो नियन्त्रणभित्र राखेर चलाउँछु भन्ने कसैले सोचेको छ भने त्यो मुर्खता हो । त्यो विनाशको सोच हो ।
यहाँ ठुलो समस्या भनेको नागरिकको जीवनमा परिवर्तन आएन । सुकुमबासी अहिले पनि सुकुमबासी छन् । माओवादी पटकपटक सरकारमा गयो, त्यता कहिल्यै सोचेन । महिला, विद्यार्थी, युवा, शिक्षा, स्वास्थ्यको अवस्था देखेर कोही सन्तुष्ट देखिएका छैनन् । यसको समाधान भनेको योभन्दा पनि अग्रगामी प्रगतिशील, जनवादी, समाजवादी व्यवस्थाले गर्छ । झन् दलाल पुँजीवादबाट फर्काएर कहाँ लाने हो र ? यो त ठाउँ नै छैन ।

अहिले दैनिक रूपमा माओवादीहरू छलफलमा छन् । यो वा त्यो माओवादी होइन । जनयुद्ध लडेर आएका सबै माओवादीबिच यतिसम्म भावना गाँसिएका छन् । उनीहरू भेट्ने बित्तिकै रुवाबासी चल्छ । मान्छे एकदम तरङ्गित छ । हामी ठुलो आदर्श, लक्ष्य र उद्देश्यबाट आएका मान्छेहरू हौँ । हामी कहाँ छौँ भन्नेमा ठुल्ठुला बहस छन् । बहिर व्यक्त गर्न नसक्ला, कार्यकर्तामा त्यो फिलिङ छ ।

हिजो एक छाक खान दिएर सुताएका जनतालाई पनि माओवादीको चिन्ता छ । माओवादी बनोस् भनेर त्यतिबेला सहानुभूति राख्ने बुद्धिजीवी, व्यवसायीलाई चिन्ता छ । त्यसैले के अब रूपान्तरण सम्भव छ ? जनताको विश्वास फेरि आर्जन गर्न सकिन्छ भन्दा यो नै एकमात्र विकल्प हो । कमजोरी करेक्सन गरेर जाने हो भने हाम्रो एकता निकै माथि उठ्छ । जब हामीले आफूलाई बदल्छौँ, तब सबै बदलिन्छ । हामीले जनयुद्धकालमा पनि पार्टी शुद्धीकरण अभियान चलाएका थियौँ । जनताले देख्नेगरी हाम्रो जीवनशैली बदल्यौँ भने विश्वास आर्जन
गर्न सकिन्छ । उनीहरूले खोजेकै त्यही हो । माओवादी सकियो भन्छन्, कहाँ सकिएको छ ? गाउँगाउँ, घरघरमा छन् माओवादी । असन्तुष्टि छ । चित्त बुझेको छैन । कुरा त्यही हो । यसको मतलब अर्को पार्टीमा जाने, त्यो पनि छैन मनस्थिति । जनताले माओवादी एकताबद्ध होस्, जनतासँग प्रत्यक्ष जोडियोस् । नबिग्रियोस् भनिरहेका छन् । पहिलो कुरा यही हो ।

तपाईंले सङ्केत अहिलेको संरचनालाई भत्काएर, संविधान खारेज गरेर जनवादी सत्ता स्थापना गर्नुपर्छ भन्ने हो ?
निश्चय नै, अहिले भएको परिवर्तनका दुई वटा भाग छ । एउटा यसका प्रगतिशील उपलब्धि छन् । त्यसलाई हामीले राम्रोसँग बुझ्नुपर्छ । गणतन्त्र, लोकतन्त्र, समावेशी, समानुपातिक, सङ्घीयता यी कुरा प्रगतिशील नै हुन् । तर देशको स्वाधीनतामा अहिले खतरा छ । अमेरिकी साम्राज्यवादको नेतृत्वमा नेपालमा सैन्य अखडा खोल्दैछ । जनताले पाएका अधिकार पनि कुण्ठित गर्न खोजिँदैछ । सत्तासीन, जसलाई दलाल पुँजीपति वर्ग भनिन्छ, त्यसले आफ्नो नियन्त्रणलाई मजबुत बनाउने कल्पना गरिराखेको छ । त्यो झन् गलत हुन्छ । जनता रोकिँदैनन्, अगाडि बढ्छन् ।
कसरी परिवर्तन गर्ने भन्ने कुरामा हामीले विभिन्न विकल्प अगाडि सारेका छौँ । अहिलेको राज्यसत्तामा मजदुर वर्ग सहभागी छैन । किसान, बुद्धिजीवी, सुरक्षा सेना सहभागी छैन । राज्य एकप्रकारले अपाङ्गता भएको छ ।
दोस्रो, सत्ताले जनताको आधारभूत समस्यालाई समाधान गर्न सकेको छैन । सरकारमा झगडाबाहेक केही छैन । वर्षैपिच्छे सरकार बनाउने र ढलाउने खेल भइरहेको छ । अर्बौं राजस्व स्वाहा पार्नेबाहेक केही भएको छैन । संसद दैनिक झगडाको थलो बनेको छ । लेनिनले गफ गर्ने अखडा भन्नुभएको थियो । यहाँ त बकवास झगडा र लुछाचुँडी गर्ने अखडा बनेको छ । यसबाट जनता दिक्क भएका छन् । जनताका वास्तविक प्रतिनिधि त्यहाँ जान पाइराखेका छैनन् । यसले गर्दा एउटा क्रान्ति आवश्यक छ । एउटा संविधानलाई पूरै परिवर्तन गरेर होस् या जनताले अहिलेसम्म नपाएको जनमत संग्रह गरेर होस् या क्रान्ति गरेर होस यो व्यवस्थामा परिवर्तन आवश्यक छ । समाजवाद आवश्यक छ । त्यहाँ पुग्नु नै अहिलेको विकल्प हो ।

तपाईंले खोजेको समाजवाद कस्तो हो ? समाजवादी क्रान्ति कसको नेतृत्वमा हुन्छ ? नेपालको अहिलेको परिवेशमा त्यो सम्भव छ कि छैन ?
हामीले खोजेको समाजवाद जननाको वास्तविक समाजवादी व्यवस्था हो । राज्य हो । समाजवाद भन्ने बित्तिकै समाज निर्माण, विकासमा निर्णायक भूमिका खेल्ने मानिस श्रमिक, बुद्धिजीवी, युवाहरू हुन् । उनीहरूको सहभागिता सुनिश्चित गर्ने व्यवस्था समाजवाद हो । मुठ्ठीभर मानिसले रातारात अर्बपति–खर्बपति हुने र अरु जनता सडकमा फ्याँकिने अवस्था जो अहिले छ, त्यसको अन्त्य गर्ने हुनुपर्छ । यो सम्भव छ ।
राज्यसत्तामा अहिले हेर्ने हो भने नाम मात्रको सङ्घीयता छ । सङ्घीयताको प्रयोग कतै भएकै छैन । स्वयं प्रदेश सरकार नै एक प्रकारले असन्तुष्ट र आक्रोशित देखिएको छ । यो व्यवस्था रहेसम्म यस्तै हो ।
सबैतिर एउटा लुटेरा र ठग वर्ग हुन्छ । त्यसले सत्तामा प्रभुत्व जमाउँछ । जनतालाई ठग्दै हिँड्छ । अहिलेको व्यवस्थाबाट केही हुँदैन । वास्तविक जनताले प्रतिनिधित्व गर्ने व्यवस्था हामीले ल्याउनुपर्छ । जसले निराश हुन दिँदैन । पलायन हुन दिँदैन । अर्काको गुलामी गर्नुपर्दैन । नेपालमै सम्भव छ । नेपालकै हावापानी, माटो, श्रम र स्रोतलाई प्रयोग गरेर मज्जाले बाँँच्न सक्छौँ ।

०५२ सालमा सशस्त्र विद्रोह गर्नुभयो । तर शान्ति प्रक्रियामा आएको १८ वर्ष पुग्दा पनि आम नागरिक सन्तुष्ट देखिएका छैनन् । माओवादी पटकपटक सत्तामा गएर पनि देश र जनताको अवस्था परिवर्तन नहुँदा जनता तथा कार्यकर्ता निराश देखिएका छन् । अहिलेको स्थिति आउनुमा तपाईंहरूले जिम्मा लिनुपर्दैन ?
हामीले किन लिने ? प्रचण्ड र बाबुरामले लिनुपर्छ । नेतृत्वमा जो हुन्छ, जस र अपजस पनि उसैले पाउँछ । हामीले त ०६४÷०६५ मै भनेका थियौँ । माओवादीले जनताका उपलब्धिलाई सम्झौताको नाममा जसरी छोड्यो, त्यो ठुलो त्रुटि थियो । प्रचण्ड र बाबुराम मिलेर एक रातमा वक्तव्य निकालेर स्वीकार्नुभयो । त्यसले हाम्रो स्कुल, सहकारी, कम्युन, उद्योग, सेवाहरूलाई एउटै वक्तव्यबाट ध्वस्त पारियो । भित्र हामी कार्यकर्तालाई ‘यो बाहिर भन्नेमात्र हो, भित्र चलाउनुपर्छ’ भनियो । तर उहाँहरू सहरमा यसरी हराउनुभयो, त्यो गलत थियो भन्ने सामान्य माओवादी कार्यकर्तालाई पनि राम्रोसँग थाहा छ ।
त्यतिबेला रोल्पा, रुकुमकै अर्थतन्त्र अन्यको तुलनामा माथि गएको थियो । जनताको आयस्रोत बढेको थियो । अर्थशास्त्रीहरूले पनि एउटा विचित्रको तथ्याङ्क सार्वजनिक गरेका थिए । त्यो चिजमा जनता रमाएका थिए । जनसत्ता, जनअदालन थियो । रोल्पा, रुकुममा मुद्दा शून्य थियो । माओवादी आधार इलाकामा मुद्दा थिएन । जनताले सरल र निष्पक्ष तरिकाले न्याय पाउँथे । उपचार पाउँथे । सेवा पाउँथे ।
त्यसलाई केन्द्रीय सत्तासम्म संरक्षण गरेर यहाँसम्म ल्याउन नसके पनि बचाएर अगाडि बढाउनेतिर हामीले सोच्नुपर्थ्यो । हामी ध्वस्त भएको दलाल पुँजीवादी सत्ता स्थापना गर्नतिर गयौँ । त्यसले जनता खुसी भएनन् ।
कतिसम्म भने त्यतिबेला जनअदालतले गरेको फैसला अमान्य घोषणा गर्दा गाउँघरमा काटमारसम्म भयो । लुटतन्त्र फेरि मौलायो । भ्रष्टाचार धेरै बढ्यो । विकास निर्माणका पनि हाम्रा आफ्नै मोडेल थिए । हामी आफैँले गाउँघरमा मोटर बाटो बनाइरहेका थियौँ । उदाहरणका लागि रोल्पा–रुकुमलाई समेटेर सहिदमार्ग बनेका थिए । हेलिकप्टरको आतङ्कमुनि बसेर श्रमिकले खनेका बाटो अहिलेसम्म पूरा भएको छैन । अर्बौं खर्च भइसक्यो । त्यतिबेला औजार किन्न जम्मा ६३ लाख खर्च भएको थियो ।
त्यहीँबाट कति मन्त्री भए । काम केही भएन । भ्रष्टाचारमा माओवादीका एउटा हिस्सा सहभागी भए । त्यो जनताले देखे । त्यसैले उनीहरूमा सबै उस्तै रहेछन् भन्ने परेको छ । जग्गाजमिन बेचेर खानेमा पनि माओवादी संलग्न देखिन्छ । जमिनदारबाट खोसिएका जमिन न जमिनदारको हातमा गयो, न जनतासँग गयो, न त सरकारसमक्ष आयो । माफियामा एउटा हिस्सा संलग्न भयो । ती मानिसलाई जनतामा अनुहार देखाउन पनि गाह्रै छ । त्यतिबेला हाम्रो सत्ता बनेकोमा जनता आनन्दित थियो । रगत बगाउँदा, लड्दा, मर्दा पनि कोही दुःखी थियो ? थिएनन् त ।
आज त खान पाएन र लगाउन पाएन, सिद्धियो भन्ने मात्र सुनिन्छ । माओवादी भनेको त्यो होइन । माओवादी भनेको आफ्नो सत्ताका लागि सम्पूर्ण चिज त्याग्न तयार हुने प्रवृत्ति हो । यसमा समीक्षा गर्नुपर्छ ।
जनताको विश्वास गुमेपछि फेरि फर्किन धेरै समय लाग्छ ।

 जनताको विश्वास जित्ने र समाजवादमा जाने आगामी योजनता तपाईंसँग के–के छन् ?
अहिले दैनिक रूपमा माओवादीहरू छलफलमा छन् । यो वा त्यो माओवादी होइन । जनयुद्ध लडेर आएका सबै माओवादीबिच यतिसम्म भावना गाँसिएका छन् । उनीहरू भेट्ने बित्तिकै रुवाबासी चल्छ । मान्छे एकदम तरङ्गित छ । हामी ठुलो आदर्श, लक्ष्य र उद्देश्यबाट आएका मान्छेहरू हौँ । हामी कहाँ छौँ भन्नेमा ठुल्ठुला बहस छन् । बहिर व्यक्त गर्न नसक्ला, कार्यकर्तामा त्यो फिलिङ छ ।
हिजो एक छाक खान दिएर सुताएका जनतालाई पनि माओवादीको चिन्ता छ । माओवादी बनोस् भनेर त्यतिबेला सहानुभूति राख्ने बुद्धिजीवी, व्यवसायीलाई चिन्ता छ । त्यसैले के अब रूपान्तरण सम्भव छ ? जनताको विश्वास फेरि आर्जन गर्न सकिन्छ भन्दा यो नै एकमात्र विकल्प हो । कमजोरी करेक्सन गरेर जाने हो भने हाम्रो एकता निकै माथि उठ्छ । जब हामीले आफूलाई बदल्छौँ, तब सबै बदलिन्छ । हामीले जनयुद्धकालमा पनि पार्टी शुद्धीकरण अभियान चलाएका थियौँ । जनताले देख्नेगरी हाम्रो जीवनशैली बदल्यौँ भने विश्वास आर्जन
गर्न सकिन्छ । उनीहरूले खोजेकै त्यही हो । माओवादी सकियो भन्छन्, कहाँ सकिएको छ ? गाउँगाउँ, घरघरमा छन् माओवादी । असन्तुष्टि छ । चित्त बुझेको छैन । कुरा त्यही हो । यसको मतलब अर्को पार्टीमा जाने, त्यो पनि छैन मनस्थिति । जनताले माओवादी एकताबद्ध होस्, जनतासँग प्रत्यक्ष जोडियोस् । नबिग्रियोस् भनिरहेका छन् । पहिलो कुरा यही हो ।
दोस्रो कुरा, हामीले राम्रो गर्दा जनताले राम्रै माने । जनतालाई खुसी बनाउँदा खुसी नै भए । देशका लागि लड्दा सबै एकताबद्ध भए । तर हामी आ–आफ्ना तरिकाले चल्न खोज्दा जनता बेखुसी भए । जनता, सहिद, बेपत्ता तथा घाइते अपाङ्गता भएका परिवारको भावना नबुझ्दा बेखुसी भए । अहिले म देशभर गएर बुझ्दा उनीहरूले केवल पैसामात्र माग गरेका छैनन् । देशभर हाम्रो भोलुम छ तर माओवादी केन्द्रको जत्रो त छैन । यद्यपि हामी एकै ठाउँमा छौँ । त्यसैले अगाडि बढ्न सम्भव छ । समाजवाद ल्याउन सम्भव छ । फेरि लड्छौँ ।
आज नेपालमा सुकुमबासीका लागि लड्ने पार्टी भनेको नेकपा छ । त्यो नेकपा पनि हिजोको माओवादीकै धार हो । हामीलाई कहाँ कसले समर्थन गर्छन्, त्यो सरोकार होइन । यो आकाश र धर्तीमा सबैको बराबर अधिकार छ । बर्खामा आएर घर भत्काउन खोज्ने, योभन्दा खराब के हुन्छ ? त्यसमा नेकपा लडिराखेकै छ । काठमाडौँमा दुईचार जना एनजीओका मानिसहरू प्लेकार्ड बोकेर हिँड्नेको कुरा हो ? जनताको वास्तविक जीवनका लागि लड्ने शक्ति को हो, जनताले बुझिराखेका छन् ।
विश्व शक्ति राष्ट्र«बिच चलिरहेको शीतयुद्ध, दक्षिण एशियाली मुलुकमा देखिएका जनताका विद्रोहलाई हेर्दा नेपालमा पनि ठुलो क्रान्तिको आधार बन्न लागेको हो ?
नेपाली जनताले बुझेका छन् । अझै राम्रोसँग बुझ्न जरूरी छ । नेपालमा जनताको व्यवस्था खोस्नका लागि जनताको आकाङ्क्षालाई रोक्नका लागि नेपालका दलालहरू मात्र छैनन् । खासगरी अमेरिकी साम्राज्यवादी शक्ति केन्द्र नेपालमा ठुलै षड्यन्त्र गरिराखेको छ । अमेरिकालाई पनि हामीले चिट्ठी लेखेका छौँ कि तिमीहरूले मित्रता चाहन्छौ भने हस्तक्षेपको नीति त्याग । अतिक्रमण गर्ने नीति त्याग भनेका छौँ । कुनै पनि बहानामा नेपालको धर्तीमा अमेरिकी सेना लिएर आउने कुरा हामीलाई स्वीकार्य छैन । त्यो कुरा अमेरिकाले बुझ्न जरूरी छ ।
अहिले नेपालमा संरक्षण गर्न खोजिएको दलाल पुँजीवाद र नेपाली जनताबिच लडाइँ छ । यसको पछाडि उसको हैकम संसारभरि कमजोर भएर गएको छ । ऊ हार्दैछ । उसको प्रभुत्व सिद्धिँदै छ । त्यसैले छटपटाइराखेको छ । जसरी हुन्छ, अन्तिम प्रयत्न उसले गरिराखेको छ । मध्यपूर्व, युक्रेन, प्यालेस्टाइन, बंगलादेश पनि त्यही हो ।
नेपालमा पनि आर्थिक सहयोग गरेर बसेको अमेरिका अहिले ब्यारेक नै खडा गर्न खोज्दैछ । यो कुरा सबैले बुझ्न जरूरी छ । अमेरिकाको प्रतिद्वन्द्वी शक्तिको रूपमा चीन आइराखेको छ । अमेरिकाले चीनलाई नेपालबाट घेराबन्दी गर्न चाहन्छ । तिब्बत नजिकै रहेको हुनाले त्यसको अन्तरविरोधमा उसले खेल्न चाहन्छ । यस विषयमा चीन र भारतलाई च्याप्न चाहन्छ । त्यसका लागि उसलाई नेपालको भूमि चाहिएको छ ।
अर्को कुरा, नेपालमा कम्युनिस्टहरू फैलिएको उसलाई मन परेको छैन । अहिले रातारात कम्युनिस्ट विरोधी पार्टीहरू जन्माइएका छन् । ती सबै पश्चिमाहरूको डिजाइनमा जन्माइएका हुन् । यहाँ गर्न पनि नदिने । प्रचण्ड कमरेडले अलिअलि सुशासनमा काम गर्न खोज्नुभयो । टिक्नै दिएन । आफैँले पैसा दिने अनि आफैँले बदनाम बनाउने काम गरिराखेको छ । यी सबै उसकै काम हो ।
माओवादीहरूको एउटा हिस्सा लालचले गर्दा दलदलमा डुबेको पनि थाहा पाएन । जनताको सत्ता बन्न नदिने, नेपालमा माओवादीले नेतृत्व ग¥यो भने बर्बाद हुन्छ भनेर सारालाई रातारात जुकाजस्तो जगाउने पनि तिनीहरू नै हो । हुँदै नभएका हल्ला फैलाउने, एनजीओ÷आइएनजीओ रातारात जाग्छन् । फेरि माओवादीले गर्न सकेन भनेर स्याल हुइँया मच्चाउने पनि तिनीहरू नै हुन् । त्यसकारण जनताको सत्ता नभएसम्म आफ्नो रक्षा हुँदैन ।

 

पढ्न छुटाउनु भयाे कि ?

पुण्य गौतममाथि रड प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ पक्राउ पर्नेमा एक नगरिक बचाउ महाअभियानका संयोजक रहेको खुलासा

जनकपुर उड्न तयारी गरिरहेको बुद्ध एयरको एटीआर विमानमा एक यात्रुले आपतकालीन ढोका खोल्दा भयो हंगामा

कुवेतबाट काठमाडौं आएको कुवेत एयरलाइन्सको विमानले यात्रुको लगेज छुटाएपछि यात्रु मर्कामा

भारतिय उद्योगपती रतन टाटाको निधन, राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

नेकपा एमालेको सचिवालय बैठक वस्दै

मातृत्व,पुरुषत्व र पसुत्व बारे विप्लव भन्नुहुन्छ

देशभर बाढी, पहिरो र डुबानका कारण हालसम्म १७० जनाको मृत्यु भएको छ भने ४२ जना बेपत्ता छन- गृह मन्त्रालय

महिला सुरक्षाका चुनौती र समाधान विषयक अन्तरक्रिया सम्पन्न