अहिले कर्मचारीको तलव सुक्को बढाउन सकिँदैन – प्रधानमन्त्री

भदौ २३, काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल कर्मचारीको तलव एक सुक्को पनि वृद्धि गर्नसक्ने अवस्था नरहेको बताएका छन् । शनिबार काठमाडौंमा २१ औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।

बिज्ञापन

प्रधानमन्त्रिले कर्मचारीहरुका समस्याका बारेमा आफू जानकार रहेको भन्दै अहिलेको अर्थतन्त्रले कर्मचारीको तनाखा वृद्धि गर्न नसकिने बताए । उनले अर्थतन्त्र बलियो हुँदा एकैपटक २५ प्रतिशत तनाखा वृद्धि गरिदिएको उल्लेख गर्दै अहिले २५ पैसा पनि वृद्धि गर्नसक्ने अवस्था नरहेको जिकिर गरे । उनले अहिले मनलाई दह्रो बनाइ कठिनाइहरुको सामना गरेर देश र अर्थतन्त्रलाई अघि बढाउनसके पछि पारिश्रमीक र सुविधा पनि बढ्ने बताए ।

बिज्ञापन

उनले नियोजित र प्रायोजित रुपमा सरकारको विरोध गर्नुलाई केही नगरीकनको बहादुरीका रुपमा लिने गरिएको बताए ।
उनले भने, ‘कर्मचारीका समस्या आएका छन् । म त अलिकति पैसा भयो भने २५ प्रतिशत तनाखा वृद्धि गरिदिने मान्छे हुँ । पहिला त एकैचोटी वृद्धि गरिदिएको थिएँ । अहिले त यस्तो स्थिति छ की २५ प्रतिशत होइन, २५ पैसा पनि वृद्धि गर्नसक्ने स्थिति छैन । देशको अर्थतन्त्रले गर्न सम्भव छैन ।
अहिले थुप्रो हल्ला चलेको छ, नियोजित र प्रायोजित हल्लाहरु थुप्रै चलाउने गरिएको छ । सरकारको बिरोध केही नगरीकनको बहादुरी भएको छ । सरकारको बिरोध गर्नु भनेको केही पनि नगरीकन प्राप्त हुने बहादुरी हो ।
हाम्रो संस्कृति, सभ्यता, हाम्रो सामाजिक मूल्यहरु, हाम्रो समाजको कुराहरुलाई कमजोर पार्दै लगिएको छ ।मेरो मनले मात्रै सम्भव हुँदो रहनेछ । अहिले अलिकति हामीले मनलाई दह्रो बनाएर कठिनाइहरु छन्, तिनीहरुको सामना गरेर देश र अर्थतन्त्रलाई अघि बढायौँ भने हाम्रो पारिश्रमीक र सुविधा पनि बढ्छ । सबै चिज बढ्छ । देश जति आर्थिक रुपमा विपन्न हुन्छ, सामाजिक रुपमँ विश्रृंखलित हुँदै जान्छ, राजनीतिक रुपमा अझ भाँडभैलो हुँदै जान्छ त्यसबेला हामी सबै पछि पर्छौं, सबैको स्थिति नराम्रो हुन्छ ।

बिज्ञापन

पढ्न छुटाउनु भयाे कि ?

आमाको नामबाट नागरिकता पाउन दशकदेखि संघर्ष, अदालतकै आदेश पनि सुनुवाइबिहीन

गभर्नर नियुक्तिमा योग्यता होइन, ओली–देउवा सहमति मुख्य आधार

सभामुख र सरकारका प्रवक्ताका विवादास्पद अभिव्यक्तिले आन्दोलनरत शिक्षक थप निराश

आईपीएल २०२५: आज वाङ्खेडे स्टेडियममा मुम्बई र हैदराबाद आमनेसामने

२४ घण्टादेखि विद्युत अवरुद्ध, धनुषा, महोत्तरी र सर्लाहीका बासिन्दा समस्यामा

मन्त्रिपरिषद्को निर्णय: वैशाख १२ गते संसद् अधिवेशन आह्वानको सिफारिस

२५ करोड बराबरको विदेशी मुद्रा बरामद प्रकरण: ट्रक चालक र मालिकविरुद्ध मुद्दा दायर

ललितपुरमा दाइद्वारा बहिनीको हत्या, शव पानीको ट्यांकीमा फेला