अहिले कर्मचारीको तलव सुक्को बढाउन सकिँदैन – प्रधानमन्त्री

भदौ २३, काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल कर्मचारीको तलव एक सुक्को पनि वृद्धि गर्नसक्ने अवस्था नरहेको बताएका छन् । शनिबार काठमाडौंमा २१ औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।

बिज्ञापन
No data was found

प्रधानमन्त्रिले कर्मचारीहरुका समस्याका बारेमा आफू जानकार रहेको भन्दै अहिलेको अर्थतन्त्रले कर्मचारीको तनाखा वृद्धि गर्न नसकिने बताए । उनले अर्थतन्त्र बलियो हुँदा एकैपटक २५ प्रतिशत तनाखा वृद्धि गरिदिएको उल्लेख गर्दै अहिले २५ पैसा पनि वृद्धि गर्नसक्ने अवस्था नरहेको जिकिर गरे । उनले अहिले मनलाई दह्रो बनाइ कठिनाइहरुको सामना गरेर देश र अर्थतन्त्रलाई अघि बढाउनसके पछि पारिश्रमीक र सुविधा पनि बढ्ने बताए ।

बिज्ञापन

उनले नियोजित र प्रायोजित रुपमा सरकारको विरोध गर्नुलाई केही नगरीकनको बहादुरीका रुपमा लिने गरिएको बताए ।
उनले भने, ‘कर्मचारीका समस्या आएका छन् । म त अलिकति पैसा भयो भने २५ प्रतिशत तनाखा वृद्धि गरिदिने मान्छे हुँ । पहिला त एकैचोटी वृद्धि गरिदिएको थिएँ । अहिले त यस्तो स्थिति छ की २५ प्रतिशत होइन, २५ पैसा पनि वृद्धि गर्नसक्ने स्थिति छैन । देशको अर्थतन्त्रले गर्न सम्भव छैन ।
अहिले थुप्रो हल्ला चलेको छ, नियोजित र प्रायोजित हल्लाहरु थुप्रै चलाउने गरिएको छ । सरकारको बिरोध केही नगरीकनको बहादुरी भएको छ । सरकारको बिरोध गर्नु भनेको केही पनि नगरीकन प्राप्त हुने बहादुरी हो ।
हाम्रो संस्कृति, सभ्यता, हाम्रो सामाजिक मूल्यहरु, हाम्रो समाजको कुराहरुलाई कमजोर पार्दै लगिएको छ ।मेरो मनले मात्रै सम्भव हुँदो रहनेछ । अहिले अलिकति हामीले मनलाई दह्रो बनाएर कठिनाइहरु छन्, तिनीहरुको सामना गरेर देश र अर्थतन्त्रलाई अघि बढायौँ भने हाम्रो पारिश्रमीक र सुविधा पनि बढ्छ । सबै चिज बढ्छ । देश जति आर्थिक रुपमा विपन्न हुन्छ, सामाजिक रुपमँ विश्रृंखलित हुँदै जान्छ, राजनीतिक रुपमा अझ भाँडभैलो हुँदै जान्छ त्यसबेला हामी सबै पछि पर्छौं, सबैको स्थिति नराम्रो हुन्छ ।

बिज्ञापन

पढ्न छुटाउनु भयाे कि ?

गोरूझैँ जोतिएर देशको सेवा गर्ने चाहना छ : विप्लव सी 

जेन–जेड आन्दोलनको मागमा विप्लव सीको समर्थन : राजनीतिक संकटको निकास सर्वपक्षीय सरकार

जेनजी आन्दोलनको नाममा आगजनी गर्नेहरूमाथि कारबाही माग

कम्युनिष्ट आन्दोलन समाप्त पार्ने साम्राज्यवादी योजना सक्रिय रहेको विप्लव सीको दावी

रोसिङटनको शतकसँगै पोखराको दोस्रो जित, कर्णाली प्लेअफबाट बाहिर

दैलेखलगायत देशभर नेकपाको मसाल जुलुस सम्पन्न

सुकेधारामा झलनाथ–घनश्याम समूहको छुट्टै भेला, ८४ नेता सहभागी

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे