थारू जातीको अटवारी पर्व: दिदीबहिनीको सम्मानमा व्रत लिएर धुमधाम मनाउँदै

भदौ २३, वर्दिया :  पश्चिम तराईका थारू समुदायले आज अटवारी पर्व धुमधामसँग मनाइरहेका छन्। आइतबारको दिन पर्ने भएकोले यस पर्वलाई ‘अटवारी’ नामले चिनिन्छ। घोडाघोडी नगरपालिकाका प्रमुख भलमन्सा बुधराम चौधरीका अनुसार, यो पर्व महाभारतकालका भीमको बहादुरीको सम्झनामा मनाउन थालिएको हो, जसले वनवासका बेला आफ्नो वीरताको प्रदर्शन गरेका थिए।

बिज्ञापन
No data was found

अटवारी पर्व भाद्र कृष्ण अष्टमीपछिको दोस्रो आइतबार मनाइन्छ। विशेषगरी दुई दिनसम्म मनाइने यो पर्वमा दाजुभाइहरूले दिदीबहिनीको सम्मानमा व्रत बस्ने परम्परा रहेको छ। शनिबारसम्म पर्वको सम्पूर्ण तयारी पूरा हुन्छ, जसमा शनिबारको राति ‘भिन्सर्या’ (दर भात) खाने चलन रहेको छ।

बिज्ञापन

पर्वको पहिलो दिन, आइतबार, दिनभर व्रत बसेर फलफूल र रोटीका परिकार बनाइन्छ भने दोस्रो दिन विभिन्न प्रकारका तरकारी र अन्य परिकारहरू पकाइन्छ। व्रतपछि पूजाको काम सम्पन्न गरेर दिदीबहिनीका लागि छुट्याइएको विशेष परिकार ‘अग्रासन’ भनिन्छ। अग्रासन लिएर दाजुभाइहरू विवाहित दिदीबहिनीको घर पुग्छन् र उनीहरूलाई सम्मानपूर्वक परिकार प्रदान गर्छन्।

बिज्ञापन

थारू अगुवा पञ्चराम चौधरीका अनुसार, अग्रासनलाई दिदीबहिनीले विशेष महत्त्वका साथ लिन्छन्। दाजुभाइहरूले दिदीबहिनीप्रतिको प्रेम र स्नेह व्यक्त गर्ने महत्वपूर्ण अवसर नै अटवारी पर्व हो। अग्रासन दिएपछि यो पर्वको समापन भएको मानिन्छ। साथै, आपसी सद्भाव, एकता, र पारिवारिक सम्बन्धलाई सुदृढ पार्ने पर्वको रूपमा पनि अटवारीलाई लिइन्छ।

पढ्न छुटाउनु भयाे कि ?

गोरूझैँ जोतिएर देशको सेवा गर्ने चाहना छ : विप्लव सी 

जेन–जेड आन्दोलनको मागमा विप्लव सीको समर्थन : राजनीतिक संकटको निकास सर्वपक्षीय सरकार

जेनजी आन्दोलनको नाममा आगजनी गर्नेहरूमाथि कारबाही माग

कम्युनिष्ट आन्दोलन समाप्त पार्ने साम्राज्यवादी योजना सक्रिय रहेको विप्लव सीको दावी

रोसिङटनको शतकसँगै पोखराको दोस्रो जित, कर्णाली प्लेअफबाट बाहिर

दैलेखलगायत देशभर नेकपाको मसाल जुलुस सम्पन्न

सुकेधारामा झलनाथ–घनश्याम समूहको छुट्टै भेला, ८४ नेता सहभागी

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे