भदौ २६, काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले नेपालको अधुरो क्रान्ति नेकपमले पुरा गर्ने दाबी गरेका छन् । मंगलबार सुरु भएको जनवर्गीय संगठनमोर्चा बागमती प्रदेशको प्रथम बैठकको अध्यक्षता गर्दै उनले नेपाल कम्युनिस्ट पार्टी स्थापना भएदेखि हुन नसकेको क्रान्ति नेकपाले पुरा गर्ने दाबी गरेका हुन् ।
पार्टीको बागमती प्रदेश इन्चार्जसमेत रहेका उनले नेपालमा १० बर्ष चलेको जनयुद्धले परिवर्तनको पक्षमा धेरै काम गरेको बताउँदै जनयुद्धले गर्न नसकेका काम एकीकृत जनक्रान्तिले गर्ने बताए ।
“नेपालमा ७५ बर्षमा नभएको काम हामी गर्न सक्छौँ भन्ने छ । हामीले गर्छौं ।”, उनले भने, “नेपालमा जति परिवर्तन भएको छ १० बर्षे जनयुद्धके कारणले भएको हाे। जनयुद्धले समेत गर्न नसकेका काम एकीकृत जनक्रान्तिले गर्नेछ ।”
प्रवक्ता प्रकाण्डले नेपालमा २४० वर्ष पुरानो राजतन्त्रको अन्त्य जनयुद्धले गरेको ठोकुवा गर्दै नेतृत्वले जनयुद्धलाई निर्णयमा पुर्याउन नसकेको बताए । जनयुद्ध निर्णायक बिन्दुमा नपुग्नुमा सिद्धान्तमा कमी भएको उनको भनाई थियो ।
बैठकमा जनवर्गीय संगठनका प्रदेश इन्चार्ज, संयोजक, अध्यक्ष तथा मोर्चाका प्रदेश इन्चार्ज÷अध्यक्षहरूको उपस्थिति रहेको थियो । हिजो पाटन क्याम्पसको हलमा वैठक सुरुभएको र आज विहान ७ वजेदेखि पसुपती क्याम्पस चावेलमा वसिरहेको जानकारी छ । बैठक आज सकिने एक सहभागिने जनाएका छन ।