मकवानपुरमा खहरे खोलाले बगाएर एक बालिकाको मृत्यु

मकवानपुर जिल्लामा एक बालिकाको खहरे खोलाले बगाएर मृत्यु भएको छ। मनहरी गाउँपालिका-८, सिम्पानी गुरुङडाँडाका जितेन्द्र गुरुङकी १४ वर्षीया छोरी रन्जिता गुरुङ (रितिका) को खहरेले बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

बिज्ञापन
No data was found

रन्जिता युनाइटेड बोर्डिङ स्कुलमा अध्ययनरत थिइन् र स्कुलबाट घर फर्किने क्रममा घर नजिकैको मोरङ्गे खहरेले उनलाई बगाएको थियो। प्रहरीका अनुसार उनको शव खोलाबाट करिब २ मिटर तल जनसेवा क्रसर नजिक फेला परेको हो।

बिज्ञापन

प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा पठाएको छ। सोही घटनामा खहरेले बगाएको १७ वर्षीय इशान गुरुङको भने सकुशल उद्धार गरिएको छ। उनी महेन्द्रकिरण माविका विद्यार्थी हुन् र हाल उनको उपचार मनहरी अस्पतालमा भइरहेको प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभएको छ।

बिज्ञापन

पढ्न छुटाउनु भयाे कि ?

दैलेखलगायत देशभर नेकपाको मसाल जुलुस सम्पन्न

सुकेधारामा झलनाथ–घनश्याम समूहको छुट्टै भेला, ८४ नेता सहभागी

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे

बागमती प्रदेश सरकारद्वारा ३ अर्बभन्दा बढी खर्च कटौती गर्ने निर्णय

नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक, डेटा सुरक्षित रहेको काउन्सिलको दाबी

राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभा अध्यक्ष दाहालको भेट, आईपीयू सम्मेलनबारे जानकारी

चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु, २ घाइते

वर्षातले बन्द भएको मेलम्चीको पानी पुनः काठमाडौँमा, तीन दिनको अन्तरमा पानी वितरण