३ असोजदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा आउने

भदौ २८ ,काठमाडौं ः काठमाडौंको सुन्धारामा पुनर्निर्माण गरिएको धरहरा ३ असोजदेखि अस्थायी रुपमा सञ्चालनमा आउने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले संविधान दिवसको अवसर पारेर धरहरा अस्थायी रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो। एक मन्त्रीका अनुसार, धरहराको सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई सुम्पिएको छ।

बिज्ञापन
No data was found

२०७२ सालको भूकम्पले भत्किनुअघि धरहरा काठमाडौं महानगरपालिकाको जिम्मामा थियो, जसले एक निजी कम्पनीलाई सञ्चालनको ठेक्का दिएको थियो। तर, बिहीबारको मन्त्रिपरिषदको निर्णयले धरहरा सञ्चालनसम्बन्धी पूर्वनिर्णयहरू खारेज गर्दै नयाँ व्यवस्थापन प्रणाली लागू गर्ने निर्णय गरेको छ।

नवनिर्मित धरहरा बाहिरबाट पुरानै ११ तलाको डिजाइनमा देखिए पनि यसको भित्री संरचना २२ तलाको बनाइएको छ। धरहराको कुल उचाइ ८३।५८ मिटर रहेको छ, जसमा दुइटा लिफ्टको सुविधा समेत राखिएको छ। साथै, पुरानो धरहराको भग्नावशेष सुरक्षित तरिकाले प्रदर्शनका लागि राखिएको छ। धरहरा परिसरमा तीन तले भूमिगत पार्किङ, प्रशासनिक भवन, र संग्रहालयको पनि निर्माण भइरहेको छ।

धरहरा पुनर्निर्माणले काठमाडौंको ऐतिहासिक धरोहरलाई नयाँ रूप दिएको छ, जसलाई अब अस्थायी रूपमा खुला गरिन लागिएको छ।

 

 

 

 

पढ्न छुटाउनु भयाे कि ?

पुण्य गौतममाथि रड प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ पक्राउ पर्नेमा एक नगरिक बचाउ महाअभियानका संयोजक रहेको खुलासा

जनकपुर उड्न तयारी गरिरहेको बुद्ध एयरको एटीआर विमानमा एक यात्रुले आपतकालीन ढोका खोल्दा भयो हंगामा

कुवेतबाट काठमाडौं आएको कुवेत एयरलाइन्सको विमानले यात्रुको लगेज छुटाएपछि यात्रु मर्कामा

भारतिय उद्योगपती रतन टाटाको निधन, राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

नेकपा एमालेको सचिवालय बैठक वस्दै

मातृत्व,पुरुषत्व र पसुत्व बारे विप्लव भन्नुहुन्छ

देशभर बाढी, पहिरो र डुबानका कारण हालसम्म १७० जनाको मृत्यु भएको छ भने ४२ जना बेपत्ता छन- गृह मन्त्रालय

महिला सुरक्षाका चुनौती र समाधान विषयक अन्तरक्रिया सम्पन्न