सरकारी गाडी दुर्घटना – ३जनाको मृत्यु

बागलुङ: बागलुङमा एक सरकारी सवारी साधन दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। घाइतेलाई थप उपचारका लागि धौलागिरी अस्पताल पठाइएको छ।

बिज्ञापन
No data was found

भदौ २८,बागलुङ मध्यपहाडी लोकमार्ग अन्तर्गत गलकोट नगरपालिका–२ नरेठाँटीको भुंखानीमा रा १ झ २०० नम्बरको बोलेरो जीप दुर्घटना भएको हो। दुर्घटना स्थलमा दुई जना महिला र एक जना पुरुषको शव भेटिएको छ, जसको पुष्टि जिल्ला प्रहरी कार्यालय बागलुङका नायव उपरीक्षक विजय यादवले गरेका छन्।

मृतकमध्ये एक जना रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्र बुढा रहेको प्रहरीको भनाइ छ। दुर्घटनाको समयमा केही खुल्न नसके पनि आज बिहान प्रेम बहादुर कार्कीले घाँस काट्न जाने क्रममा दुर्घटनाग्रस्त जीप र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

पढ्न छुटाउनु भयाे कि ?

पुण्य गौतममाथि रड प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ पक्राउ पर्नेमा एक नगरिक बचाउ महाअभियानका संयोजक रहेको खुलासा

जनकपुर उड्न तयारी गरिरहेको बुद्ध एयरको एटीआर विमानमा एक यात्रुले आपतकालीन ढोका खोल्दा भयो हंगामा

कुवेतबाट काठमाडौं आएको कुवेत एयरलाइन्सको विमानले यात्रुको लगेज छुटाएपछि यात्रु मर्कामा

भारतिय उद्योगपती रतन टाटाको निधन, राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

नेकपा एमालेको सचिवालय बैठक वस्दै

मातृत्व,पुरुषत्व र पसुत्व बारे विप्लव भन्नुहुन्छ

देशभर बाढी, पहिरो र डुबानका कारण हालसम्म १७० जनाको मृत्यु भएको छ भने ४२ जना बेपत्ता छन- गृह मन्त्रालय

महिला सुरक्षाका चुनौती र समाधान विषयक अन्तरक्रिया सम्पन्न