Search
Close this search box.

उनकै प्रदेशमा शेखर कोइरालालाई ‘धक्का’

एसएस सम्वाददाता

बिज्ञापन

असोज १, विराटनगर : कोशी प्रदेशमा आफ्नो प्रभाव बढाउने प्रयासमा लागिरहेका नेपाली कांग्रेसका डा. शेखर कोइरालालाई यो पटक ठुलो धक्का लागेको छ। उनको समूहका पूर्वमुख्यमन्त्री केदार कार्कीले सुरु गरेको आमरण अनशन असफल भएपछि, संसदीय समिति सभापति निर्वाचन र मन्त्री चयन प्रक्रियामा पनि कोइराला समूहको उपस्थिति नगन्य देखिएको छ।

कोइराला समूहले कांग्रेसलाई भागमा परेको ४ मन्त्रालयमध्ये २ मन्त्रालय पाउनुपर्ने अडान राखेको भए पनि सरकारमा उनीहरूलाई समेट्दै नगरी शुक्रबार मन्त्रीमण्डल विस्तार गरियो। हालको मन्त्रीमण्डलमा तीन मन्त्री—भुपेन्द्र राई, सदानन्द मण्डल, खगेनसिंह हाङ्गाम र राज्यमन्त्री भूमिप्रसाद राजवंशीलाई समावेश गरिएको छ। यीमध्ये राई र राजवंशी नेता कृष्ण सिटौला समूहबाट र हाङ्गाम र मण्डल संस्थापन समूहबाट चयन गरिएका हुन्।

संसदीय समितिको सभापतिमा पनि कोइराला समूह शून्य रहेको छ। सात समितिमध्ये कांग्रेसले ३ वटा सभापति पाएकोमा गयानन्द मण्डल (सामाजिक विकास समिति) संस्थापक समूहबाट, खगेश्वरी पौडेल (सुशासन तथा योजना समिति) सिटौला समूहबाट, र विनोद राई (अर्थ समिति) महामन्त्री विश्वप्रकाश शर्मा समूहबाट सभापति बनेका छन्। प्रदेश सभामा कोइराला समूहमा रहेका केदार कार्की, इन्दिरा थापा, गोविन्द गिरी, मानबहादुर लिम्बू, रामकुमार खत्री, शम्शेर राई, सुनिता कुमारी गुरुङ, र लीला कुमारी राईले केदार कार्की मुख्यमन्त्री हुँदा विद्रोह गर्दै उनको समर्थन गरेका थिए।

आमरण अनशनको असफलता

केदार कार्कीले मुख्यमन्त्री हुँदा सुरु गरेका योजनासँग सम्बन्धित ९ वटा माग राख्दै २५ गते आमरण अनशन सुरु गरेका थिए। निषेधित क्षेत्रमा अनशन बसेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो र कार्यकर्तामाथि लाठीचार्ज पनि गरियो। यद्यपि, कार्कीले आफ्ना मागबाट पछि नहट्ने भन्दै अनशनलाई २६ गते पनि निरन्तरता दिए।

कोइराला पक्षका कार्यकर्ताहरूले मागको समर्थन गर्दै अनशनस्थलमा उपस्थिति जनाएका थिए। तर, कांग्रेस दलका नेता उद्धव थापा र प्रमुख सचेतक गोपाल तामाङको पहलमा उधारो सहमति हुँदै कार्कीको अनशन तोडियो। धेरैले कोइराला समूहले यसैको आधारमा दुईवटा मन्त्री पाउने अनुमान गरेका थिए।

तर, संस्थापन पक्षले न संसदीय समिति सभापतिमा भाग दियो न मन्त्रीमण्डलमा सहभागी गरायो। बरु मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग मिलेर संस्थापन पक्षले कोइराला समूहलाई पेल्दै लगेको देखिन्छ। कोइराला समूहका सांसद रामकुमार खत्री भन्छन्, “दुईवटा विभागीय मन्त्री नदिएसम्म हाम्रो समूह सरकारमा सहभागी हुँदैन।”

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भने कांग्रेसका मन्त्रीहरूलाई शपथग्रहण गराएकै दिन सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भनेका थिए, “आउनु भयो भने आउनुहुन्छ, नआए पनि यस्तै चल्छ।”

पढ्न छुटाउनु भयाे कि ?

नेकपा नेतृत्वको ध्रुवीकरण जनताको पक्षमा छ: विप्लव सी

सरकारको आयु धेरै छैन : प्रचण्ड

गगन र विश्वप्रकाशको सत्ता मोह : युवा भए पनि चेतना बुढो

थारू समुदाय माघीको तयारीमा व्यस्त

जलवायु परिवर्तन र व्यापार दीगोपन: साझा पहलमा सम्मेलन सम्पन्न

रवि लामिछाने ६५ लाख धरौटीमा छुटे अदालतको आदेशले: कसुरदार नरहेको प्रमाण देखेन

संसदीय समितिमा प्रेम सुवाल र राजकिशोर यादवबीच विवाद

विध्यालय मर्ज गर्ने नीति विश्व बैंकको शिक्षा सुधार कार्यक्रमसँग जोडिएको छ , जुन असफल सिद्ध भएको छ