मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुँदै

असोज १ चितवन : मनकामना केबलकार आजदेखि नियमित रूपमा पुनः सञ्चालनमा आएको छ। अब यो केबलकार सेवा ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुनेछ।

बिज्ञापन

गत असार ३१ गतेदेखि स्तरोन्नति र मुख्य तार परिवर्तन गर्नका लागि केबलकार सेवा बन्द गरिएको थियो। २६ वर्षदेखि ‘एनालग’ प्रविधिमा सञ्चालन हुँदै आएको केबलकारलाई डिजिटल प्रविधिमा परिवर्तन गरिएको छ। मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले अष्ट्रियाको डोप्पलमेयर कम्पनीका इन्जिनियर तथा प्राविधिकको सुपरिवेक्षणमा यो रूपान्तरण कार्य सम्पन्न भएको जानकारी दिएका छन्।

बिज्ञापन

मनकामना मन्दिरको दर्शनार्थीलाई सहज बनाउन विसं २०५५ मंसिर ८ गतेदेखि यो केबलकार सेवा सञ्चालनमा ल्याइएको थियो। केबलकारको ‘बटम स्टेसन’ चितवनको इच्छाकामना गाउँपालिका–४ चेरेसमा अवस्थित छ।

बिज्ञापन

मनकामना दर्शन प्रालिका अध्यक्ष राजेशबाबु श्रेष्ठका अनुसार, यस आर्थिक वर्षमा करिब १२ लाख यात्रुले केबलकार चढ्ने अनुमान गरिएको छ। भारतीय पर्यटकहरूको संख्यामा पनि उल्लेखनीय वृद्धि भएको छ, जसमा ३ लाखभन्दा बढी भारतीय पर्यटकले यस केबलकारको सेवा लिइसकेका छन्।

मनकामना केबलकारले सञ्चालनको २५ वर्षमा १ करोड ८० लाखभन्दा बढी यात्रुहरूलाई सेवा दिएको छ भने सरकारले यस अवधिमा करिब डेढ अर्ब रुपैयाँ राजस्व बुझाएको छ। चितवनको कोइ ग्रुपद्वारा सञ्चालित केबलकारले झन्डै ५० करोड रुपैयाँको लगानीमा रिसोर्ट निर्माण गरिरहेको छ, जुन एक वर्षभित्र सञ्चालनमा ल्याउने योजना छ। अध्यक्ष श्रेष्ठले आउँदो ९ महिनाभित्र रिसोर्टको सफ्ट लञ्च गर्ने योजना रहेको बताएका छन्।

पढ्न छुटाउनु भयाे कि ?

त्रिवि सिनेटमा प्रतिनिधित्वको माग गर्दै नेविसंघको सडक अवरुद्ध

झ्याप्ले खोलामा पहिरो रोकथाम र सडक पुनर्निर्माण तीव्र, ८० प्रतिशत कालोपत्रे सकियो

भिजिट भिसा प्रकरणमा छानबिन नहुँदा रास्वपा र राप्रपाको प्रतिनिधिसभा बैठक बहिस्कार

त्रिवि सर्भर डाउन : आवेदन दिन नपाएका सेवाग्राही समस्यामा

गुल्मीमा हावाहुरीका कारण विद्युत सेवा अवरुद्ध, जनजीवन प्रभावित

इजरायली आक्रमणमा इरानी राष्ट्रपति मासुद पेजेश्कियन घाइते, खामेनीसमेत लक्षित

सङ्खुवासभाको नुम क्षेत्रमा भारी वर्षा : साना खोलामा आकस्मिक बाढी र पहिरोको उच्च जोखिम

टिकटक लाइभमा गालीगलौज गर्ने युवती पक्राउ : अभद्र व्यवहार मुद्दामा अनुसन्धान जारी