भाइरल राउटे युवक वृषबहादुर शाहीको निधन

एसएस सम्वाददाता

बिज्ञापन

असोज ३ ,सुर्खेत : लोपोन्मुख राउटे समुदायका एक युवक वृषबहादुर शाहीको २२ वर्षको उमेरमा मृत्यु भएको छ। शाहीलाई करिब ६ महिनादेखि बिरामी अवस्थामा रहेका थिए। उनको स्वास्थ्यमा समस्या देखिएपछि भदौ ३१ गते उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पुर्याइएको थियो।

बिज्ञापन

अस्पतालमा जाँच गर्दा उनलाई संक्रामक टिबी भएको पत्ता लागेको थियो। थप उपचारका क्रममा कलेजो र मुटुमा पनि गम्भीर क्षति भइसकेको थाहा भएपछि अस्पतालले उपचार गर्न नसक्ने बताउँदै डिस्चार्ज गरिदिएको थियो।

बिज्ञापन

अस्पतालबाट डिस्चार्ज भएपछि शाहीलाई दैलेखको गुराँस गाउँपालिका-१, सिमेसाल फर्काउने क्रममा सुर्खेतको कल्याण काँधमा बुधबार राति करिब ९ बजे मृत्यु भएको जानकारी राउटे परियोजनामा कार्यरत जोडी शिक्षक लालबहादुर खत्रीले दिए।

खत्रीका अनुसार, सुरुमा राउटे समुदायले शाहीलाई उपचारका लागि अस्पताल लैजान दिएनन्। धेरै प्रयासपछि पनि समयमा अस्पताल लैजान नसकिएको बताए। अन्त्यमा बिरामी शाहीले आफ्ना आमाबुवाको असहमति हुँदाहुँदै पनि उपचारका लागि लैजान अनुरोध गरेपछि मात्र उनलाई अस्पताल लगिएको थियो।

मृतक वृषबहादुर, राउटे समुदायभित्र पर्ने कल्याल जातिका मुखिया वीरबहादुर शाहीका साइँला सन्तान थिए। उनको निधनसँगै राउटे समुदायको जनसंख्या घटेर अब १३४ मा झरेको छ। २०७५ असारदेखि हालसम्म यो समुदायमा ४३ जनाको मृत्यु र ३१ जनाको जन्म भएको छ।

 

पढ्न छुटाउनु भयाे कि ?

आमाको नामबाट नागरिकता पाउन दशकदेखि संघर्ष, अदालतकै आदेश पनि सुनुवाइबिहीन

गभर्नर नियुक्तिमा योग्यता होइन, ओली–देउवा सहमति मुख्य आधार

सभामुख र सरकारका प्रवक्ताका विवादास्पद अभिव्यक्तिले आन्दोलनरत शिक्षक थप निराश

आईपीएल २०२५: आज वाङ्खेडे स्टेडियममा मुम्बई र हैदराबाद आमनेसामने

२४ घण्टादेखि विद्युत अवरुद्ध, धनुषा, महोत्तरी र सर्लाहीका बासिन्दा समस्यामा

मन्त्रिपरिषद्को निर्णय: वैशाख १२ गते संसद् अधिवेशन आह्वानको सिफारिस

२५ करोड बराबरको विदेशी मुद्रा बरामद प्रकरण: ट्रक चालक र मालिकविरुद्ध मुद्दा दायर

ललितपुरमा दाइद्वारा बहिनीको हत्या, शव पानीको ट्यांकीमा फेला