दशैँका लागि अग्रिम टिकट बुकिङ घटस्थापनाको एक हप्ता अघि मात्रै खुल्ने

असोज ५, काठमाण्डौ : आगामी दशैँ पर्वका लागि यातायात सेवा अन्तर्गत अग्रिम टिकट बुकिङ घटस्थापनाभन्दा एक हप्ता अघि खोल्ने तयारी भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज बसेको बैठकमा सरकारी प्रतिनिधि र यातायात व्यवसायीहरूको सहभागितामा उक्त निर्णय गरिएको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाका अनुसार, धेरै ठाउँमा सडक मर्मत कार्य बाँकी रहेकाले मर्मत सम्पन्न भएपछि बुकिङ खुलाउने निर्णय भएको हो।

बिज्ञापन

बैठकमा दशैँ, तिहार र छठ पर्वका लागि यात्रुलाई सहज रुपमा गन्तव्यस्थलसम्म पुर्‍याउनका लागि सडक विभागलाई मर्मतकार्य समयमै सम्पन्न गर्न निर्देशन दिएको छ। साथै, बिपी राजमार्गमा सुरक्षाका लागि निर्धारित नियम अनुसारका मात्र सवारी सञ्चालन गर्ने र रात्रिकालीन यात्रा नगर्न गृह मन्त्रालय र नेपाल प्रहरीलाई अनुरोध गर्ने निर्णय पनि गरिएको छ।

बिज्ञापन

इन्धनको मूल्यबाहेकका कारणले भाडा समायोजनको निर्णय भने छठपछि मात्र गर्ने कुरा बैठकले तय गरेको छ। बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको पनि सहभागिता थियो।

बिज्ञापन

 

पढ्न छुटाउनु भयाे कि ?

आमाको नामबाट नागरिकता पाउन दशकदेखि संघर्ष, अदालतकै आदेश पनि सुनुवाइबिहीन

गभर्नर नियुक्तिमा योग्यता होइन, ओली–देउवा सहमति मुख्य आधार

सभामुख र सरकारका प्रवक्ताका विवादास्पद अभिव्यक्तिले आन्दोलनरत शिक्षक थप निराश

आईपीएल २०२५: आज वाङ्खेडे स्टेडियममा मुम्बई र हैदराबाद आमनेसामने

२४ घण्टादेखि विद्युत अवरुद्ध, धनुषा, महोत्तरी र सर्लाहीका बासिन्दा समस्यामा

मन्त्रिपरिषद्को निर्णय: वैशाख १२ गते संसद् अधिवेशन आह्वानको सिफारिस

२५ करोड बराबरको विदेशी मुद्रा बरामद प्रकरण: ट्रक चालक र मालिकविरुद्ध मुद्दा दायर

ललितपुरमा दाइद्वारा बहिनीको हत्या, शव पानीको ट्यांकीमा फेला