अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले काठमाडौंमा बृहत् अन्तरक्रिया कार्यक्रम गर्दै

अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय समितिले “महिला सुरक्षाका चुनौती र समाधान” विषयक बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागेको छ। यो कार्यक्रम २०८१ असोज १३ गते राष्ट्रिय महिला आयोगको सभा हल, भद्रकाली प्लाजा, काठमाडौंमा गर्ने योजना छ।

बिज्ञापन

कार्यक्रममा प्रमुख वक्ताहरूमा नेकपा महासचिव क. विप्लव सी, नेकपा (एमाले) नेतृ क. विन्दा पाण्डे, वरिष्ठ अधिवक्ता एकराज भण्डारी, नेकपा (माओवादी केन्द्र) महासचिव क. देव गुरुङ, महिला विभाग प्रमुख पुष्पा भुसाल, अन्तर्राष्ट्रिय श्रम विज्ञ प्रकाश शर्मा, तथा सुरक्षा निकायका प्रतिनिधिहरू रहेका छन्। साथै, राष्ट्रिय महिला आयोगका सदस्यहरू पनि कार्यक्रमको प्रमुख सहभागीको रूपमा रहनेछन्।

कार्यक्रमले महिला सुरक्षाका विविध पक्षहरूमा छलफल गर्दै समस्या समाधानका उपायहरू खोज्ने उद्देश्य राखेको छ। महिला सशक्तिकरणको महत्त्व, सुरक्षाका चुनौतीहरू, र समावेशी विकासका उपायहरूबारे व्यापक अन्तरक्रिया हुने अपेक्षा गरिएको छ।

पढ्न छुटाउनु भयाे कि ?

प्रधानमन्त्री ओलीविरुद्धको अदालत अवहेलनासम्बन्धी रिटको सुनुवाइ आज

समाजवादका लागि संविधान संशोधन आवश्यक: महासचिव विप्लव

वेलुन पड्कदा घाइते भएका अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

पश्चिम नेपालमा वर्षा र हिमपात, काठमाडौंमा के होला?

शोरुमबाट चोरी भएको गाडी : पेट्रोल हाल्दै गर्दा पक्राउ

ट्रम्प प्रशासनको आप्रवासन नीति: अमेरिकाबाट थप २० नेपाली डिपोर्

अक्षरारम्भ र बाल मनोविज्ञान: सिकाइको पहिलो पाइला कसरी सकारात्मक बनाउने?

समाजवादी मोर्चाद्वारा चैत्र २४ गते काठमाडौंमा वृहत् आमसभाको घोषणा