असोज १२, काठमाडौं : निरन्तर परेको वर्षाका कारण आएको बाढीले शनिबार बिहान राजधानीमा एउटा ग्यास बुलेट बगाएको छ। भक्तपुरतर्फबाट आएको बुलेट हनुमन्ते नदीमा बगिरहेको अवस्थामा देखिएको हो।
बिज्ञापन



प्रत्यक्षदर्शीका अनुसार बुलेटबाट ग्यास चुहिँदै थियो, जसले गर्दा नदी किनार आसपासका स्थानीय त्रसित बनेका छन्। बुलेट च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकको पुलमा अड्किएको छ। बुलेटबाट निस्केको ग्यासको गन्ध निकै तीव्र भएकोले स्थानीयमा थप डर सिर्जना भएको छ।
बिज्ञापन



प्रहरीले घटनाको जानकारी पाएर थप अनुसन्धान गरिरहेको जनाएको छ। घटना नियन्त्रणका लागि सुरक्षा सतर्कता अपनाइएको छ भने ग्यास चुहावट रोक्न प्रयास भइरहेको छ।
बिज्ञापन


