बाढी, पहिरो पिडितको उद्धारमा सरकार गम्भिर भएर लागेको छ – गृहमन्त्री

असोज १२, काठमाडौं: गृहमन्त्री रमेश लेखकले निरन्तरको वर्षाका कारण उत्पन्न बाढी, पहिरो लगायतका प्राकृतिक विपद्को जोखिममा परेका नागरिकहरूको उद्दार, राहत, र घाइतेहरूको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएर लागेको बताएका छन्। सिंहदरबारस्थित गृहमन्त्रालयमा बसेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्रीले काठमाडौं उपत्यकामा मात्रै नेपाली सेना, नेपाल प्रहरी, र सशस्त्र प्रहरी बलको उद्दार टोलीले ७५० भन्दा बढी नागरिकको सकुशल उद्दार गरेको जानकारी दिए।

बिज्ञापन
No data was found

उक्त बैठकमा मुलुकभर बाढी, पहिरो, र डुबानबाट भएको जनधनको क्षतिको सूचना संकलन गर्ने, उद्दार तथा राहतलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए। गृहमन्त्री लेखकले बाढी, पहिरो लगायतका विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सबै सुरक्षा संयन्त्र परिचालित भएको उल्लेख गरे।

उद्दार तथा राहत कार्यहरूमा सरकारले सक्रियता देखाएको, काठमाडौंका अवरुद्ध सडकहरू खुलाउन पहल भइरहेको, र विपद् व्यवस्थापनको लागि सुरक्षा निकाय तथा अन्य सम्बन्धित निकायहरूलाई २४ घण्टा सक्रिय बनाइएको जानकारी उनले दिएका छन्।

पढ्न छुटाउनु भयाे कि ?

पुण्य गौतममाथि रड प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ पक्राउ पर्नेमा एक नगरिक बचाउ महाअभियानका संयोजक रहेको खुलासा

जनकपुर उड्न तयारी गरिरहेको बुद्ध एयरको एटीआर विमानमा एक यात्रुले आपतकालीन ढोका खोल्दा भयो हंगामा

कुवेतबाट काठमाडौं आएको कुवेत एयरलाइन्सको विमानले यात्रुको लगेज छुटाएपछि यात्रु मर्कामा

भारतिय उद्योगपती रतन टाटाको निधन, राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

नेकपा एमालेको सचिवालय बैठक वस्दै

मातृत्व,पुरुषत्व र पसुत्व बारे विप्लव भन्नुहुन्छ

देशभर बाढी, पहिरो र डुबानका कारण हालसम्म १७० जनाको मृत्यु भएको छ भने ४२ जना बेपत्ता छन- गृह मन्त्रालय

महिला सुरक्षाका चुनौती र समाधान विषयक अन्तरक्रिया सम्पन्न