काठमाडौं उपत्यकामा लगातारको वर्षाका कारण आएको बाढी, पहिरोका कारण अहिलेसम्म २३ को ज्यान गयो

असोज १२, काठमाडौं : काठमाडौं उपत्यकामा लगातारको वर्षाका कारण आएको बाढी, पहिरो, र डुबानले अहिलेसम्म २३ जनाको ज्यान गएको पुष्टि भएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयले दिएको विवरण अनुसार काठमाडौं, ललितपुर, र भक्तपुर जिल्लामा बाढी, पहिरो, र घर भत्कनाका कारण जनधनको क्षति भएको छ।

बिज्ञापन
No data was found

काठमाडौंमा ९, ललितपुरमा ९, र भक्तपुरमा ५ जनाको मृत्यु भएको छ भने विभिन्न अस्पतालमा ११ जना घाइतेको उपचार भइरहेको छ। अझै केही मानिस बेपत्ता रहेको र खोजी कार्य जारी रहेको जानकारी छ।

बिज्ञापन

यसका साथै, बाढीबाट प्रभावित ९१८ जनालाई सुरक्षित स्थानमा उद्धार गरिएको छ। नेपाल प्रहरीको ठूलो संख्यामा परिचालन गरी उद्धार कार्यलाई तीव्र बनाइएको छ।

बिज्ञापन

 

पढ्न छुटाउनु भयाे कि ?

दैलेखलगायत देशभर नेकपाको मसाल जुलुस सम्पन्न

सुकेधारामा झलनाथ–घनश्याम समूहको छुट्टै भेला, ८४ नेता सहभागी

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे

बागमती प्रदेश सरकारद्वारा ३ अर्बभन्दा बढी खर्च कटौती गर्ने निर्णय

नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक, डेटा सुरक्षित रहेको काउन्सिलको दाबी

राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभा अध्यक्ष दाहालको भेट, आईपीयू सम्मेलनबारे जानकारी

चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु, २ घाइते

वर्षातले बन्द भएको मेलम्चीको पानी पुनः काठमाडौँमा, तीन दिनको अन्तरमा पानी वितरण