माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रमा कार्यरत ५ जनाको अवस्था अज्ञात, उद्धारको प्रयास जारी

माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रमा कार्यरत ५ जनाको अवस्था अज्ञात, उद्धारको प्रयास जारी

बिज्ञापन

असोज १२, दोलखा : माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रमा कार्यरत पाँच जनाको अवस्था पहिरोका कारण अज्ञात बनेको छ। केन्द्रका प्रमुख पूर्ण गोपाल रञ्जितले नेपाली सेनाको श्री गरुडदल गणलाई पत्र लेख्दै उनीहरूको अवस्थाबारे जानकारी गराएका छन्।

बिज्ञापन

विगु गाउँपालिका वडा नम्बर १, लामावगरस्थित बाँधस्थलको हेडवर्क्स कन्ट्रोल बिल्डिङमा अविरल वर्षाका कारण आएको पहिरोले ठूलो क्षति पु¥याएको छ। रञ्जितका अनुसार, सो भवनभित्र केन्द्रका दुई जना कर्मचारी, श्री गरुडदल गणका दुई जना जवान र एक जना सुरक्षा गार्ड कार्यरत थिए, तर उनीहरूको हालको अवस्था पत्ता लागेको छैन।

बिज्ञापन

रञ्जितले नेपाली सेनालाई पत्र लेख्दै तत्काल उद्धारको लागि हेलिकोप्टर वा अन्य उपायहरू प्रयोग गर्न आग्रह गरेका छन्। साथै, उद्धार कार्यमा प्रयोग हुने हेलिकोप्टरको सम्पूर्ण खर्च माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले व्यहोर्ने जानकारी पनि पत्रमार्फत दिएका छन्।

 

पढ्न छुटाउनु भयाे कि ?

आमाको नामबाट नागरिकता पाउन दशकदेखि संघर्ष, अदालतकै आदेश पनि सुनुवाइबिहीन

गभर्नर नियुक्तिमा योग्यता होइन, ओली–देउवा सहमति मुख्य आधार

सभामुख र सरकारका प्रवक्ताका विवादास्पद अभिव्यक्तिले आन्दोलनरत शिक्षक थप निराश

आईपीएल २०२५: आज वाङ्खेडे स्टेडियममा मुम्बई र हैदराबाद आमनेसामने

२४ घण्टादेखि विद्युत अवरुद्ध, धनुषा, महोत्तरी र सर्लाहीका बासिन्दा समस्यामा

मन्त्रिपरिषद्को निर्णय: वैशाख १२ गते संसद् अधिवेशन आह्वानको सिफारिस

२५ करोड बराबरको विदेशी मुद्रा बरामद प्रकरण: ट्रक चालक र मालिकविरुद्ध मुद्दा दायर

ललितपुरमा दाइद्वारा बहिनीको हत्या, शव पानीको ट्यांकीमा फेला