काठमाडौँको नयाँ अपडेट – एक गर्भवतीसहित ३४ जनाको मृत्यु

असोज १२, काठमाडौँ : बिहीबार रातिदेखिको अविरल वर्षाले काठमाडौँ उपत्यकामा भीषण बाढीपहिरो निम्त्याएको छ, जसका कारण नौ महिने गर्भवतीसहित ३४ जनाको ज्यान गएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा ५ जनाको मृत्यु भएको पुष्टि गरेको छ।

बिज्ञापन

मृत्यु भएकामध्ये अहिले सम्म २७ जनाको सनाखत भएको छ भने बाँकी ७ जनाको पहिचान हुन बाँकी छ। काठमाडौँको दक्षिणकालीमा ५ जनाको ज्यान गएको छ, जसमा भविन्द्र लिम्बू, कुमार तामाङ, मनु तामाङ, प्रेम बलामी र कान्छा बलामी रहेका छन्। उनीहरू पहिरोले घर पुरिएर ज्यान गुमाएका हुन्।

बिज्ञापन

यस्तै, नागार्जुन, चन्द्रागिरी, र कीर्तिपुरमा पनि जनधनको क्षति भएको छ। कीर्तिपुरमा अजय पाण्डेको मोटरसाइकलमा रुख ढल्दा मृत्यु भएको छ। भक्तपुरको सूर्यविनायकमा बमिला शाहीसहित उनको परिवारका सदस्यहरूको ज्यान गएको छ।

बिज्ञापन

ललितपुरको गोदावरीमा सानु चालिसे, सुशीला लिम्बु, र अन्य व्यक्तिहरूको मृत्यु भएको पुष्टि भएको छ। विपद्का घटनामा १७ जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन्। हालसम्म उपत्यकाका २,२४१ घर डुबानमा परेका छन् भने उद्धार कार्य जारी रहेको छ। उद्धार कार्यमा सुरक्षाकर्मीहरूले सक्रिय रूपमा सहयोग गरिरहेका छन्।

 

पढ्न छुटाउनु भयाे कि ?

आमाको नामबाट नागरिकता पाउन दशकदेखि संघर्ष, अदालतकै आदेश पनि सुनुवाइबिहीन

गभर्नर नियुक्तिमा योग्यता होइन, ओली–देउवा सहमति मुख्य आधार

सभामुख र सरकारका प्रवक्ताका विवादास्पद अभिव्यक्तिले आन्दोलनरत शिक्षक थप निराश

आईपीएल २०२५: आज वाङ्खेडे स्टेडियममा मुम्बई र हैदराबाद आमनेसामने

२४ घण्टादेखि विद्युत अवरुद्ध, धनुषा, महोत्तरी र सर्लाहीका बासिन्दा समस्यामा

मन्त्रिपरिषद्को निर्णय: वैशाख १२ गते संसद् अधिवेशन आह्वानको सिफारिस

२५ करोड बराबरको विदेशी मुद्रा बरामद प्रकरण: ट्रक चालक र मालिकविरुद्ध मुद्दा दायर

ललितपुरमा दाइद्वारा बहिनीको हत्या, शव पानीको ट्यांकीमा फेला