आज बिहान ३ बजे गरिएको मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्चस्तरमा पुगेको छ

असोज १३, सुनसरी : सुनसरी सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्चस्तरमा पुगेको छ। आज बिहान ३ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर सप्तकोशीको पानीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार ५४० क्युसेक पुगेको छ। कोशी ब्यारेज कन्ट्रोल रुमले यो जानकारी दिएको हो।

बिज्ञापन
No data was found

यसअघि सन् १९६८ अक्टोबर ५ मा कोशीमा अहिलेसम्मकै उच्च बहाव प्रतिसेकेन्ड ७ लाख ८८ हजार २०० क्युसेक मापन गरिएको थियो। शनिबार राति १०:२५ बजे सप्तकोशीको पानीको बहाव प्रतिसेकेन्ड ६ लाख २० हजार क्युसेक मापन गरिएको थियो।

बिज्ञापन

कोशी ब्यारेज कन्ट्रोल रुमले राति ११ बजे दिएको जानकारीअनुसार जलसतह खतरा तहभन्दा ११.२६ मिटर माथि पुगेको र अझै बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ। पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेजका सबै ५६ ढोका खोलिएको छ।

बिज्ञापन

सप्तकोशी नदीको जलसतह खतरा तहभन्दा माथि पुगेको र अझै बढ्ने क्रममा रहेकाले उदयपुर, सुनसरी, र सप्तरीका कटान र डुबानको जोखिममा रहेका होचा भूभागका बासिन्दालाई सुरक्षित स्थानतर्फ सर्न सप्तकोशी चतरा जलमापन केन्द्रले सूचना जारी गरेको छ। नदीमा पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेजमा मानिस र सवारीसाधनको आवागमन अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिएका छन्।

शनिबार बिहान ६ बजे मापन गरिएको बहाव प्रतिसेकेन्ड ३ लाख ३६ हजार १० क्युसेक थियो। साँझ ८ बजे प्रतिसेकेन्ड ४ लाख १८ हजार २८५ क्युसेक, राति १२ बजे प्रतिसेकेन्ड ५ लाख ७ हजार ६९० क्युसेक र आज बिहान २ बजे प्रतिसेकेन्ड ६ लाख ३२ हजार २८५ क्युसेक मापन गरिएको थियो।

 

पढ्न छुटाउनु भयाे कि ?

दैलेखलगायत देशभर नेकपाको मसाल जुलुस सम्पन्न

सुकेधारामा झलनाथ–घनश्याम समूहको छुट्टै भेला, ८४ नेता सहभागी

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे

बागमती प्रदेश सरकारद्वारा ३ अर्बभन्दा बढी खर्च कटौती गर्ने निर्णय

नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक, डेटा सुरक्षित रहेको काउन्सिलको दाबी

राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभा अध्यक्ष दाहालको भेट, आईपीयू सम्मेलनबारे जानकारी

चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु, २ घाइते

वर्षातले बन्द भएको मेलम्चीको पानी पुनः काठमाडौँमा, तीन दिनको अन्तरमा पानी वितरण