महिला सुरक्षाका चुनौती र समाधान विषयक अन्तरक्रिया सम्पन्न

असोज १३ काठमाडौ : अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय समितिले “महिला सुरक्षाका चुनौती र समाधान” विषयक अन्तर्क्रिया कार्यक्रम भद्रकालीस्थित राष्ट्रिय महिला आयोगको सभाहलमा भव्य रूपमा सम्पन्न गरेको छ।उक्त कार्यक्रममा प्रमुख अथिति तथा मुख्य वक्ताको रूपमा नेकपा महासचिव क. विप्लव सी, अथिति (महासचिव, नेकपा माओवादी केन्द्र) देव गुरुङ्, (महिला विभाग प्रमुख, नेपाली कांग्रेस ), प्रकाश शर्मा (अन्तर्राष्ट्रिय श्रम वित्ज्ञ ), एकराज भण्डारी (वरिष्ठ अधिवक्ता), नेकपा एमालेकी स्थाईकमिटी सदस्य डक्टर बिन्दा पाण्डेलगाएतका वक्ताहरूले आ-आफ्ना विचार राखेका थिए। वक्ताहरूले महिलाहरूले सामना गरिरहेका सुरक्षा सम्बन्धी चुनौतीहरूको समाधानका विभिन्न उपायहरूबारे गहन छलफल गरेका थिए।

बिज्ञापन
No data was found

प्रमुख अथिति वक्ता विप्लव सीले महिलाहरुको प्रकृतिले दिएको मातृत्वको बिषयमा अनुसन्धान गर्नु पर्छ मातृत्व,पुरुषत्व र पसुत्वको बिषयमा गहन अनुसन्धान गर्नुपर्छ मातृत्व आर्थिक स्वामित्व भन्दा फरक कुरा किनकी बाबुले छोराछोरी च्यापेर कर्णालीमा हाम फालेको समाचार कहिल्यै आउदैन जहापनि महिला नै किन आउछन यो बिषय फरक छ यसको धेरै अनुस्धान गर्नुपर्छ भन्नु भयो ।कार्यक्रममा सहभागी वक्ताहरूले महिलाको सुरक्षा सुनिश्चित गर्न कानून कार्यान्वयनमा रहेका कमजोरीहरूको सुधार र नयाँ नीति निर्माणमा जोड दिएका थिए। कार्यक्रममा उपस्थित महिलाहरूले समेत आफ्ना अनुभवहरू र समस्याहरू राख्दै समाधानका लागि सरकार र सामाजिक संघसंस्थाहरूको समन्वयको आवश्यकता औंल्याए।

बिज्ञापन

कार्यक्रमको अध्यक्षता बन्धु सी ,सन्चालन उपाध्यक्ष भृकुटी सी र स्वागत मन्तव्य राजकुमारी सी ले गरेका छन ।
अन्तमा, आयोजक संस्थाका प्रतिनिधिले कार्यक्रम सफल भएको घोषणा गर्दै सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे।

बिज्ञापन

 

पढ्न छुटाउनु भयाे कि ?

गोरूझैँ जोतिएर देशको सेवा गर्ने चाहना छ : विप्लव सी 

जेन–जेड आन्दोलनको मागमा विप्लव सीको समर्थन : राजनीतिक संकटको निकास सर्वपक्षीय सरकार

जेनजी आन्दोलनको नाममा आगजनी गर्नेहरूमाथि कारबाही माग

कम्युनिष्ट आन्दोलन समाप्त पार्ने साम्राज्यवादी योजना सक्रिय रहेको विप्लव सीको दावी

रोसिङटनको शतकसँगै पोखराको दोस्रो जित, कर्णाली प्लेअफबाट बाहिर

दैलेखलगायत देशभर नेकपाको मसाल जुलुस सम्पन्न

सुकेधारामा झलनाथ–घनश्याम समूहको छुट्टै भेला, ८४ नेता सहभागी

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे